प्रश्न पेटी
▪ साक्षी कार्यमा हामीले प्रयोग गर्ने साधनहरूलाई कस्तो ध्यान दिनुपर्छ?
१ उपयुक्त शास्त्रीय प्रस्तुति मनमा भए तापनि आफूले प्रयोग गर्ने साधनहरूको सन्दर्भमा भने सुसमाचारको प्रकाशक तयार नभएको हुन सक्छ। ढोकामा प्रस्तुत गर्न ऊसित ताजा साहित्यहरू नहुन सक्छ। झोलाको पत्रिका, पुस्तिका र पर्चाहरू कच्याककुचुक परेको वा च्यातिएको हुन सक्छ। झोला सुव्यवस्थित नहुनाले कलम वा घर-घरको रिकर्ड उसले नभेटाउन सक्छ। क्षेत्र सेवकाईमा भाग लिनअघि तपाईंका साधनहरूलाई होशियारीपूर्वक ध्यान दिनु महत्त्वपूर्ण छ।
२ सुसज्जित साक्षी झोलामा कस्ता सामग्रीहरू हुनुपर्छ? बाइबल अत्यावश्यक छ। थुप्रै क्षेत्रहरूमा तपाईंले प्रयोग गर्ने सम्भावना भएका दुई वा बढी भाषाहरूमा बाइबल लैजानु व्यवहारिक हुन्छ। यथेष्ट घर-घर रिकर्ड कार्ड पनि राख्नुहोस्। त्यो महिना प्रस्तुत गरिने प्रकाशन राख्न नभुल्नुहोस्। पत्रिकाको साथै पर्चा र पुस्तिकाहरूको ताजा अंकहरू पनि शायद थुप्रै भाषाहरूमा चाहिन्छ। रीजनिंग (तर्क) पुस्तक बोक्नुहोस्। हाम्रो राज्य सेवकाई-को नवीनतम अंक छ भने ढोकामा जानुअघि सुझावित प्रस्तुतिहरू पुनरावलोकन गर्ने मौका मिल्नेछ। तपाईंले नजान्ने भाषा बोल्ने मानिसहरू सम्भवतः भेट्नु हुने इलाकामा तपाईं काम गर्दै हुनुहुन्छ भने गुड न्युज फर अल नेशन्स् (सारा राष्ट्रहरूका लागि सुसमाचार) पुस्तिका साथमा लानु बेस हुनेछ। जवानहरूका लागि हाम्रा प्रकाशनहरूको एक प्रति भएमा किशोर-किशोरीहरूसित कुरा गर्न तयार हुन मदत मिल्नेछ।
३ प्रयोग गरिने सबै थोक झोलाभित्र सफासित मिलाइएको हुनुपर्छ। झोला नयाँ नै हुनुपर्छ भनेको होइन तर त्यो सफा र राम्रो अवस्थामा हुनुपर्छ। सुसमाचार घोषणा गर्ने साधनको एउटा भाग तपाईंको साक्षी झोला हो। त्यसलाई राम्रो अवस्थामा राख्नुहोस्।