प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अप्रिल पृ. ८
  • शिक्षणीय व्यक्‍तिहरू खोज्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिक्षणीय व्यक्‍तिहरू खोज्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल अध्ययन सुरु गर्ने लक्ष्य लिएर फर्कने
    हाम्रो राज्य सेवकाई—१९९२
  • उद्देश्‍यसहितका पुनःभेटहरू
    हाम्रो राज्य सेवकाई—१९९५
  • असरदायक पुनःभेटहरु बनाउँनु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • पुनः भेटमा जानु हुँदा रीʹजनइङ्‌ पुस्तकलाई उपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 अप्रिल पृ. ८

शिक्षणीय व्यक्‍तिहरू खोज्नुहोस्‌

१ “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूह. ६:४४) हृदय जाँच्नुहुने यहोवाले शिक्षणीय र आफूले सिकेअनुसार गर्ने व्यक्‍तिहरूलाई इनाम दिनुहुनेछ। (यर्मि. १७:१०; यूह. ६:४५) नयाँ संसारको तिर्सना गर्ने नम्र जनहरू खोज्ने काममा उहाँका सहकर्मीहरू हुने सुअवसर हामीले पाएका छौं।—भजन. ३७:११; १ कोरि. ३:९.

२ येशूले आफ्ना चेलाहरूलाई “मानिसहरूका जलाहारी” भनी वर्णन गर्नुभयो। (मत्ती ४:१९) त्यस्तो काम कहिलेकाहीं थकाइलाग्दो हुन सक्ने भए तापनि राम्रा परिणामहरू निस्कँदा निकै सन्तुष्टि प्राप्त हुन्छ। आफ्नै व्यक्‍तिगत लाभको निम्ति परिश्रम गर्नुको साटो वास्तवमा हामीले एउटा विनाशबाट “माछा[लाई]” बचाइरहेका हौं। माछालाई आकर्षित गर्न के गर्नुपर्छ भनी सफल जलाहारीले थाह पाउनुपर्छ। त्यस्तैगरि श्रोताहरूको चासो जाग्ने किसिमले आकर्षक ढंगमा हामीले राज्य समाचार प्रस्तुत गर्नुपर्छ। यो विशेषगरि पुनः भेटहरू गर्दा सत्य साबित हुन्छ। हामी के भन्‍न सक्छौं?

३ धर्मसित सम्बन्धित “प्रहरीधरहरा[का]” लेखहरूमा धरधनीले चासो देखाएको थियो भने तपाईं यसो भन्‍न सक्नुहुन्छ:

▪“अधिकांश मानिसहरू धर्मबारे कुरा गर्न किन चाहँदैनन्‌ भनी हामीले अघिल्लो पटक छलफल गरेका थियौं। हाम्रा धेरैजसो छिमेकीहरूले आफू धर्मपरायण छु भनी दाबी गर्ने हुनाले के त्यो तपाईंलाई अनौठो लाग्दैन र? धर्म किन त्यस्तो विभाजक र विवादास्पद विषय भएको भनी शायद तपाईं सोच्नुहुन्छ होला।” जवाफ दिने मौका दिनुहोस्‌। रीजनिंग (तर्क) पुस्तकको पृष्ठ ३२२ पल्टाउनुहोस्‌ र “किन यति धेरै धर्महरू छन्‌?” शीर्षकअन्तर्गतका केही बुँदाहरू छलफल गर्नुहोस्‌।

४ धर्मसम्बन्धी विषयमा छलफल सुरु गर्न तपाईंले यस्तै प्रकारको प्रस्तुति चलाउन सक्नुहुन्छ:

▪“हामीसित साँचो धर्म छ भनी पक्का गर्नसक्ने के कुनै तरिका छ? [जवाफ दिने मौका दिनुहोस्‌।] थुप्रै प्रकारका धर्महरू भएकोले धेरै मानिसहरू अन्योलमा र अनिश्‍चित छन्‌।” रीजनिंग (तर्क) पुस्तकको पृष्ठ ३२८-९ पल्टाउनुहोस्‌ जहाँ “एक जना व्यक्‍तिले साँचो धर्म कसरी चिन्‍न सक्छ?” भन्‍ने प्रश्‍न छलफल गरिएको छ। प्रश्‍न ५ माथि छोटो टिप्पणी गर्नुहोस्‌, “के यसका सदस्यहरूले एकअर्कालाई साँच्चै प्रेम गर्छन्‌?” व्यक्‍तिगत बाइबल अध्ययनद्वारा अझ बढी कसरी सिक्न सकिन्छ भनी बुझाउनुहोस्‌।

५ विश्‍व-परिस्थितिबारे घरधनी चिन्तित देखिन्थ्यो भने यो प्रस्तुति प्रयोग गरी हेर्न चाहनुहुन्छ होला:

▪“यस्ता खराब परिस्थितिहरूमा बाँच्नु र परिवार हुर्काउनु पर्दा शायद तपाईं चिन्तित हुनुहुन्छ होला। निकट भविष्यमा परमेश्‍वरले पूरा गर्नुहुने अद्‌भुत प्रतिज्ञा बाइबलले प्रकट गर्छ।” हितोपदेश २:२१, २२ पढ्‌नुहोस्‌ र यहोवाले प्रतिज्ञा गर्नुभएको चिरकालीन शान्तिमय संसारबारे बुझाउनुहोस्‌।

६ राज्य समाचार-को विशेष अभियान सुरु भइसकेपछि पुनः भेटहरू गर्न थाल्नुहुँदा राज्य समाचार नभएका घरधनीहरूलाई त्यसको एक प्रति छोड्‌न नभुल्नुहोस्‌। राज्य समाचार दिनुभएको ठाउँमा पुनः भेट गर्दा के भन्‍ने, त्यस विषयमा हाम्रो राज्य सेवकाई-को मे अंकमा छलफल गरिनेछ।

७ परमेश्‍वरको वचन “प्रबल” भएको हुँदा हामीले आफ्ना प्रस्तुतिहरूमा त्यो प्रयोग गर्ने कोसिस गर्नुपर्छ। (हिब्रू ४:१२) घरधनीलाई पनि बाइबल पढ्‌ने प्रोत्साहन दिन नभुल्नुहोस्‌। (प्रे. १७:११ तुलना गर्नुहोस्‌।) लगनशील भएर हामीले आफ्नो जिम्मेवारी पूरा गऱ्‍यौं भने यहोवाले हाम्रा प्रयासहरूमा आशिष्‌ दिनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने