पुनः भेटमा जानु हुँदा रीʹजनइङ् पुस्तकलाई उपयोग गर्नुहोस्
१ “मैंले रोपें, अपोल्लसले पानी हाले।” प्रेरित पावलले यसप्रकार वयान दिनु भयो। (१ कोरि० ३:६) यी पाँच शब्दहरुले चेला बनाउँनको लागि पहिलो दुइ पाईलाहरु बारे सरल रेखाचित्र उपलब्घ गराउँदछ। पुनः भेटको कार्यलाई प्रायः “पानी हाल्ने कार्य” भनी उल्लेख गरिएको छ। यो कार्य प्रथम सम्पर्क तथा त्यो व्यक्ति विशेषलाई बप्तिस्माप्राप्त चेला हुने बीचको अपरित्यज्य कडी हो। यो पुनः भेटको कार्यले हामीलाई त्यसमा जरा नलागुञ्जेल र बाइबल अध्ययन नथालुञ्जेल चासोको बीऊलाई पोषण दिनको लागि ‘ज्ञान यताउति छर्ने’ सामर्थ्य दिंदछ।—हितो० १५:७ न्यु व०.
२ त्यहाँ गएर के भन्ने होला विषयमा अनिश्चितताले गर्दा कतिपय त चासो देखाएका ठाउँमा फेरि फर्केर जान अनिच्छुक हुन्छन्। यो पानी हाल्ने कार्यमा हाम्रो पुस्तिका रीʹजनइङ् फ्रॅम द स्क्रिपʹट्यूर्स् अत्यन्तै उपयोगी सिद्ध भएको छ। प्रायः नियमित रुपले तालिकाबद्ध बाइबल अध्ययन गर्नको लागि घरपट्टी सहमत हुन अगावै, थोरै थोरै समयको लागि क्रमशः त्यहाँ निकै पटक जानु पर्छ। घरपट्टीसँग छलफल गर्न सकिने शास्त्रीय प्रसङ्गहरुको रेखाचित्रण रीʹजनइङ् पुस्तकले उपलब्ध गराउँदछ। पुनः भेटको लागि रामरी तयारी गर्नु होला, हुन सक्छ भने निम्न सुझावहरुबाट एउटा वा बढी चलाएर:
३ यदि तपाईंले प्रार्थनाको विषय भएको अप्रिल १५, १९९२–को “वॅचटावर”–को प्रति टक्राउँनु भएको छ भने, फर्केर जानु हुँदा तपाईंले यो प्रश्न उठाउँन सक्नु हुन्छ:
▪ “कुन थोकले गर्दा एक जना व्यक्ति विशेषको प्रार्थना परमेश्वरमा अग्रहणीय हुन सक्छ?” प्रत्युत्तर दिनको लागि घरपट्टीलाई समय दिए पछि, आफ्नो रीʹजनइङ् पुस्तक झिक्नु होस् र पृष्ठ २९३ पल्टाउँनु होस्। त्यो प्रसङ्ग अन्तर्गत केही शास्त्रपदहरु तिनीसँग छलफल गर्नु होस्, तिनलाई पुस्तकबाट सोझै पढ्ने प्रोत्साहन दिंदै। यदि तपाईंले चासो पत्ता लगाउनु भयो भने, अभिदानको प्रस्ताव राख्नु होस्।
४ “इज् इट लेटर् द्यान् थिङ्क?” विषय भएको अप्रिल १, १९९२–को जातिय “प्रहरीधरहरा”–को प्रति टक्राउँनु भएको ठाउँमा तपाईं फेरि फर्केर जानु हुँदा
▪ उल्लेख गर्नु होस कि त्यस लेखको अन्तिम अनुच्छेदमा अभिव्यक्त गरिएका विचारहरु माथि घरपट्टीले निसंदेह नै ध्यान दिए होलान्। यसलाई मिलेर एकैसाथ पढ्नु होला। तत्पश्चात रीʹजनइङ् पुस्तकको २३४ पृष्ठमा दिएका “लास्ट डेज्”–को परिभाषा सुनाएर उक्तसँग जोड्नु होस्। समयले दिए अनुसार यसका पहिल्लो भागका केही बुँदाहरुलाई ढाक्नु होस्। यो विषय साम्रगीलाई एकै पटकमा नढाकेर बरु अर्को पाली विचार गर्नको लागि पृष्ठ २३९–बाट केही प्रश्नहरु उठाउँनु होस्।
५ अर्को सन्दर्भमा, हुन सक्छ कि घरपट्टीले “लाइफ्—ह्वट इज् इट्ज् परʹपज्?”–बारे अप्रिल २२, १९९२–को अवेक! लिए होलान्
तसर्थ तपाईं सोध्न सक्नु हुन्छ:
▪ “यसप्रकारको कुनै प्रमाण छ होला कि मानवको शरीर पृथ्वीमा सधैंभरि जीउनको लागि बनिएको हो?” किवा, “तपाईंको विचारमा जीउँदाहरुले के गरिरहेका छन् सो मरी सकेकाहरुलाई थाहा छ होला?” यस्ता प्रश्नहरुले घरपट्टीको मनमा केही चासो फिलुङ्ग्याउँन सक्छन् किनकि यस्ताले तिनीलाई व्यक्तिगत रुपमा प्रभाव पार्छ। उत्तरहरु लिएर फर्किने प्रबन्ध मिलाउँनु होला, जुन उत्तरहरु रीʹजनइङ् पुस्तकको २४७ अनि १०० पृष्ठहरुमा क्रमशः पाइन्छन्।
६ यदि प्रथम छलफल पृथ्वीको भविष्यको सन्दर्भमा गरिएको थियो भने, तपाईं सोध्न सक्नु हुन्छ:
▪ “मानिसलाई यो पृथ्वी कुनै प्रकारले नष्ट गर्ने अनुमति के परमेश्वरले दिनु हुन्छ होला?” तत्पश्चात रीʹजनइङ् पुस्तकको ४४-५ पृष्ठहरु पल्टाउँनु होस् तथा त्यसबारे दिएका शास्त्रीय उत्तरमाथि छलफल गर्नु होस्। किता घरपट्टीले सोध्न सक्छन्: “यदि मरेकाहरु बाट करोडौंको पुनःरुत्थान हुन्छ भने, तिनीहरु सबै कहाँ पो बस्ने होलान्?” यस्को उत्तर, रीʹजनइङ् पुस्तकको पृष्ठ ३४०–मा पाउँन सकिन्छ।
७ एकै पटकमा सबै सत्य घरपट्टीमाथि नवैरिने प्रयत्न गर्नु होला। भविष्यमा जवाफ दिनको लागि पनि केही प्रश्नहरु बाँकी राख्नु होस्। परमेश्वरका सहकर्मीहरुको रुपमा, रीʹजनइङ् पुस्तकलाई असरात्मक ढङ्गमा चलाएर हामीहरु यो रोप्ने तथा पानी हाल्ने कार्यलाई कुशलतापूर्वक सम्पन्न गर्न चाहन्छौं। हामी सुनिश्चित हुन सक्छौं कि परमेश्वरले यसलाई बढ्न लगाउँनु हुने छ।