असरदायक पुनःभेटहरु बनाउँनु होस्
१ “परमेश्वरका सहकर्मी”-हरुको रुपमा पुनःभेटमा जाने कार्य हाम्रो सेवाको एउटा महत्त्वपूर्ण अङ्ग हो। (१ कोरि० ३:६-९) घरपट्टीको प्रतिक्रियावारे हामीलाई सशंकित हुने खाँचो छैन, किनकि हामी त्यो व्यक्तिकहाँ जाँदै छौं जसले सत्यबारे चासो अघि नै प्रकट गरि सकेका छन्। जसै हामी कुनै चित्ताकर्षक बाइबल विषयमाथि छलफल गर्ने छौं, हामीले गरेका राम्रो तयारीले गर्दा भेट्न गएको व्यक्तिप्रति हाम्रो निष्कपट चासोलाई हामीले प्रतिबिम्ब गरि रहेका हुनेछौं ।
२ तपाईंको कुरो सुस्पष्ट हुनु पर्छ; युक्तिकौशल चलाएर प्रश्नहरु सोध्नु होला।
प्रथम भेटबारे लिनु भएको टिपोटबाट, तपाईंले सोद्धन सक्नु हुन्छ:
“परमेश्वरले धार्मिकतासाथ पृथ्वीमा शासन गर्नु हुनेछ भन्ने विषयमा उहाँले गर्नुभएका प्रतिज्ञावारे के तपाईंले अरु थप विचार गर्नु भएको छ?”
अर्को प्रश्न यो हुन सक्छ:
▪ “पछिल्लो साता हामीले गरेका बाइबल छलफल देखिन् यसो आउन लागेको परमेश्वरको राज्य सम्बन्धी तपाईंको प्रार्थना निकै अर्थमय भएको के तपाईंलाई लाग्यो?”
यसता प्रश्नहरु सोद्धाखेरि अनुहारको मित्रैलो अभिव्यक्ती एवं बोल्ने विधिले हाम्रो निष्कपट चासोलाई प्रदर्शित गर्नमा धेरै कार्य गर्न सक्छन्।
३ हतार हतार नगर्नु होला; घरपट्टीले भन्नु भएका कुरोहरु सुनि दिनु होला। यदि घरपट्टीले भन्नु भएका कुरोहरुलाई हामीले सुनि दिन्छौं र जवाफ दिन अगावै गम्भीरतापूर्वक विचार गर्ने गर्छौं भने, एउटा व्यक्ति विशेषको रुपमा तिनीबारे हाम्रो सक्कली चासो प्रत्यक्ष हुने छ। उहाँले भन्नु भएका कुरोहरुको आधारमा, प्रथम भेट सम्बन्धी कुनै एउटा शास्त्रीय विचार तपाईंले टक्रयाउँन सक्नु हुन्छ। जत्ति पटक तपाईं त्यहाँ जानु हुन्छ उत्ति पटक त्यो घरपट्टीलाई केहि न केहि सिकाउँनको निमित्त तयार बस्नु होला। यदि तिनले कुनै अप्रत्याशित विषय खडा गरे भने, चाहिएको जानकारीलाई प्राप्त गर्न त्यो अवसरलाई रीʹजनइङ पुस्तक झिक्नको लागि प्रयोग गर्नु होस्।
४ यदि तपाईंले मे १, १९९१-को “वॅचटावर्” टक्रयाउँनु भएको छ भने, तपाईं भन्नु सक्नु हुन्छ:
◼ “पछिल्लो पाली, हामीले सन् १९१४ सालको विषयवारे कुराकानी गऱ्यौं । त्यस वर्षमा शुरु भएका युद्धहरुले कैयन् सरकारहरुमा परिवर्तन ल्यायो। र त्यो समयदेखि यसो नित्य परिवर्तनहरु भइनै रहेका छन्। तर के वास्तवमा यी मध्ये कुनै एउटा वा यी सबै परिवर्तनहरुले मानिसहरुका खाँचोहरुलाई परितुष्ट गर्न सकेका छन् त, किवा स्थायी शान्तिबारे तिनीहरुले सुनिश्चितता दिन सक्छन् होला? [टिप्पणी दिनको लागि समय दिनु होला।] हाल हामीले सामना गर्नु परि रहेका बडेमान समस्याहरुको समाधान गर्न सक्ने एउटा सरकारको लागि प्रार्थना गर्न येशूले आफ्नो अनुयायीहरुलाई कसरी सिकाउनु भयो विषयमाथि ध्यान दिनु होला। [मत्ती ६:९, १० पढी दिनु होला।] तपाईंको विचारमा परमेश्वरको राज्यले के सम्पन्न गर्ने छ होला? [उहाँलाई टिप्पणी गर्ने समय दिनु होला।] यसबारे बाइबलको विवरण अत्यन्तै चाखलाग्दो छ।” तत्पश्चात दानियल २:४४ पढि दिनु होला। साथै परमेश्वरको राज्य अन्तर्गत ककस्तो अवस्थाहरुको आशा गर्न सकिन्छ विषयलाई देखाउँनका लागि लीभ् फʹरेभर पुस्तकका पृष्ट १२ अनि १३-मा दिइएका चित्रणलाई उपयोग गर्न तपाईं चाहनु हुन्छ होला।
५ यदि तपाईंले मे १, १९९२, “प्रहरीधरहरा”-को जातीय संस्करण टक्रयाउँनु भएको छ भने, तपाईं भन्न सक्नु हुन्छ:
◼ “पछिल्लो पटक मैलै तपाईंलाई भेट्दा खेरि, परिवारको जीवनलाई कसरी सुधार्न सक्छौं विषयमा हामीले कुराकानी गऱ्यौं । यो यस्तो थोक हो जसलाई वास्तवमा हामी सबैले मूल्याङ्कन गर्छौं, किनकि हामी यस्तो समयमा बाँचि रहेको छौं जुन समयमा परिवारमाथि अनेकन् दवावहरु बढ्दै गएको छ। तपाईंको विचारमा पारिवारिक जीवनको गुणस्तरमा सुधार ल्याउँने मद्दत पाएको खण्डमा सबै जनाले नै यसको स्वागत गर्ने थिए होलान्, हैन र?” उहाँले दिएका उत्तरको आधारमा, तपाईंले “पुट् गॅड् फर्स्ट् इन् य्योर् फ्याʹमिलि लाइफ्” लेखलाई उल्लेख गर्न सक्नु हुन्छ, प्रथमतया उपशीर्षकहरु माथि ध्यान तान्दै र त्यसउप्रान्त प्रत्येक शीर्षक अन्तर्गतको मुख्य विचारहरुलाई छोट्करीमा दिंदै। यू० १७:३ तथा प्रकाश २१:३, ४-लाई पनि अन्तमा पढ्न सकिन्छ।
६ व्यक्तिगत चासोलाई हामीले प्रदर्शन गरि रहौं तथा छलफल गर्नका लागि मनमा सदैव चित्ताकर्षक बाइबल विषयलाई राख्ने गरौं जसद्वारा हाम्रा पुनःभेटहरु सफल हुने छन्।