प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 मे पृ. ८
  • छिमेकीलाई सत्यबारे बताउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छिमेकीलाई सत्यबारे बताउनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • सही मनोवृत्ति भएकाहरूलाई खोज्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • प्रहरीधरहरा र अवेक! —सत्यका समयसापेक्ष पत्रिकाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 मे पृ. ८

छिमेकीलाई सत्यबारे बताउनुहोस्‌

१ दुइटा महान्‌ आज्ञाहरूमध्ये एउटा हो: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) त्यस्तो प्रेमले आफूसित भएको सर्वोत्तम कुरा अर्थात्‌ परमेश्‍वरको वचनमा पाएका सत्य कुराहरू छिमेकीलाई बताउन तम्सिनेछौं। प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाहरूले बाइबलको सत्य सन्देशलाई अझ प्रभावकारी बनाउने भएकोले ‘छिमेकीसित सत्य बोल्ने’ एउटा तरिका मे महिनामा यी पत्रिकाहरूको ग्राहक बन्‍ने प्रस्ताव राख्नु हो।—एफि. ४:२५.

२ अप्रिल २२ को “ब्यूँझनुहोस्‌!” (अंग्रेजी) पत्रिका सबै नसकिएसम्म त्यही प्रस्तुत गर्नुपर्छ। यस्तो प्रश्‍न गरेर आफ्नो प्रस्तुति थाल्न सक्नुहुन्छ:

▪“तपाईंको विचारमा युद्धरहित संसार कस्तो होला? [जवाफ दिने मौका दिनुहोस्‌।] वास्तवमा संसारका धर्महरूले युद्ध तथा मारकाट गर्न उस्काउँछन्‌ भनेर के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्‌।] त्यसको ठीक विपरीत, परमेश्‍वरका साँचो उपासकहरूको कार्यबारे बाइबलले के भन्छ, हेर्नुहोस्‌।” पत्रिकामा पृष्ठ ४ को सुरुमा उद्धरित यशैया २:२-४ पढ्‌नुहोस्‌ र त्यसपछि पृष्ठ १० पल्टाएर “शान्तिप्रेमीहरूका लागि आह्वान” उपशीर्षकमुनिको पहिलो अनुच्छेद पढ्‌नुहोस्‌। अनि सोध्नुहोस्‌: “परमेश्‍वरले त्यो कसरी गर्नुहुनेछ, के तपाईंलाई थाह छ? त्यसको जवाफ यो पत्रिकामा पाइन्छ।” ग्राहक बन्‍ने प्रस्ताव राख्नुहोस्‌। अस्वीकार गरेमा केही प्रति पत्रिकाहरू लिने प्रस्ताव राख्नुहोस्‌।

३ ग्राहक बन्‍ने प्रस्ताव राख्न मे १५ को “प्रहरीधरहरा” प्रस्तुत गर्नुहुँदा मानिसहरूलाई असुरक्षित महसुस गराएको हालैका समाचारहरू बताउनुहोस्‌ अनि सोध्नुहोस्‌:

▪“तपाईंको विचारमा अहिलेको जीवनमा साँच्चै सुरक्षित महसुस गर्न हामीलाई के चाहिन्छ होला? [जवाफ दिने मौका दिनुहोस्‌।] स्पष्ट भन्‍ने हो भने, मानिसजातिले भोग्ने समस्याहरू समाधान गर्न मानवहरूमै भरोसा राख्नु के व्यवहारिक होला? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि भजन १४६:३ पढ्‌नुहोस्‌।] भजनरचयिताले हामीलाई भविष्यबारे आशावादी हुने कारण दिन्छन्‌। [भजन १४६:५, ६ पढ्‌नुहोस्‌।] पृथ्वीमा उत्तम परिस्थितिहरू ल्याउन यहोवा परमेश्‍वरमा किन भरोसा राख्नसक्छौं भनेर ‘साँचो सुरक्षा, अहिले र सधैंभरि’ भन्‍ने यो लेखले बताउँछ।” ग्राहक बन्‍ने प्रस्ताव राख्नुहोस्‌ र अहिले नै सुरक्षित जीवनको आनन्द उठाउन कसरी सम्भव छ भनी छलफल गर्न फेरि आउने प्रबन्ध मिलाउनुहोस्‌।

४ मे २२ “ब्यूँझनुहोस्‌!”-को (अंग्रेजी) मुख्य लेखले घर-घर तथा व्यापार इलाकाका मानिसहरूको ध्यानाकर्षण गर्नुपर्ने हो। तपाईंले यो प्रश्‍न सोधेर प्रस्तुति थाल्न सक्नुहुन्छ:

▪“कार्यस्थलमा अश्‍लील व्यवहार गरेर हैरान पारिएका धेरै स्त्रीहरूले अनुभव गरेका छन्‌। यो परिस्थिति असाध्यै गम्भीर भएको हुँदा अदालतहरूले अपराधीहरूलाई दण्ड र त्यसरी हैरान पारिएकाहरूलाई क्षतिपूर्ति दिन थालेका छन्‌। सामुदायिक सेवाको हैसियतमा हामीले यो प्रतिवेदन प्रकाशित गरेका छौं र यसले उक्‍त विषयसम्बन्धी सामान्यतया मिथ्याहरूलाई हटाउँछ। साथै, यसले अश्‍लील व्यवहारबाट हैरान हुन वा अपराधीको आरोप लागिनदेखि जोगिन स्त्री तथा पुरुषहरूलाई व्यवहारिक मदत प्रदान गर्छ। तपाईंले यो व्यवहारिक पत्रिका नियमित तवरमा प्राप्त गर्नुभएको म चाहन्छु।” ब्यूँझनुहोस्‌!-को (अंग्रेजी) ग्राहक बन्‍ने प्रस्ताव राख्नुहोस्‌। अस्वीकार गरेमा ब्यूँझनुहोस्‌! र प्रहरीधरहरा-का केही प्रतिहरू लिने प्रस्ताव राख्नुहोस्‌।

५ छोटो प्रस्तुति मन पराउनुहुन्छ भने यसो भन्‍नुभए कसो होला:

▪“थुप्रै मानिसहरू आजकलको अधिकांश लोकप्रिय पत्रिकाहरूले अत्यधिक मात्रामा व्यापार प्रवर्धन गर्नुको साथै यौन र हिंसा प्रस्तुत गरेको महसुस गर्छन्‌। [प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! देखाउनुहोस्‌।] हामीले बाइबलमा आधारित यी स्वस्थकर पत्रिकाहरू वितरण गरिरहेका छौं। यी पत्रिकाहरू असाध्यै शिक्षाप्रद छन्‌ र हामीलाई परमेश्‍वरको उपासना गर्न, आफ्नो छिमेकीलाई प्रेम गर्न र नैतिक आचरण कायम गर्न सिकाउँछ। यस्ता कुराहरू पढ्‌न मन पराउनुहुन्छ भने तपाईंले यी अंकहरूबाट अवश्‍य आनन्द उठाउनुहुनेछ।”

६ छिमेकीलाई सत्यबारे बताउन हामी जोशिला भयौं भने हामीले अरू थुप्रैलाई निकै आनन्द दिनसक्नेछौं।—प्रे. ८:४, ८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने