पत्रिकाबारे के भन्ने
प्रहरीधरहरा जनवरी-मार्च
“वैवाहिक जीवनमा छाँटकाँट गर्नु थुप्रैलाई चुनौतीपूर्ण लाग्छ। भर्खरै विवाह गरेकाहरूलाई जीवनमा छाँटकाँट गर्न कुन कुराले मदत दिन्छ होला? [जवाफ दिने मौका दिनुहोस् ] थुप्रै विवाहित जोडीहरूलाई मदत गरेको बाइबलको सल्लाह म तपाईंलाई देखाऊँ कि? [घरधनीले चासो देखाए भने फिलिप्पी २:३, ४ पढ्नुहोस्। पृष्ठ २४ को लेख देखाउनुहोस् ] वैवाहिक जीवनमा आउने थुप्रै चुनौती दम्पतीले कसरी सामना गर्न सक्छन् भनेर यस लेखमा बताइएको छ।”
प्रहरीधरहरा अप्रिल-जून
“परमेश्वरलाई हाम्रो चिन्ता वा दुःखबारे चासो छ र भनेर धेरै जना शङ्का गर्छन्। तपाईंलाई चाहिं कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस् ] यसबारे पवित्र शास्त्रमा दिइएको आश्वासन तपाईंलाई देखाऊँ कि? [घरधनीले हुन्छ भनेमा भजन ३४:१८ पढ्नुहोस् ] यस पत्रिकाको पृष्ठ २५ देखि सुरु भएको लेखमा अयोग्य महसुस गर्ने, अत्यधिक उदास हुने र चाहिनेभन्दा बढी दोषी ठान्ने जस्ता हामीसँग भएका नकारात्मक भावनाहरूसित लड्न परमेश्वर हामीलाई कसरी मदत गर्नुहुन्छ भन्ने विषयमा छलफल गरिएको छ।”