प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 डिसेम्बर p. ८
  • बाइबलले आशा तथा डोऱ्‍याइ प्रदान गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले आशा तथा डोऱ्‍याइ प्रदान गर्छ
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल—परमेश्‍वरले सबैका लागि दिनुभएको निर्देशन पुस्तक
    हाम्रो राज्य सेवकाई—१९९७
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • अन्तरदृष्टिसहित प्रचार गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 डिसेम्बर p. ८

बाइबलले आशा तथा डोऱ्‍याइ प्रदान गर्छ

१ “पृथवीमा आनन्द—अल्प मात्र पनि अनुभव गर्न सम्भव छैन जस्तो लाग्छ। बिमारी, बृद्धावस्था, भोक, अपराध—यस्ता केही समस्याहरू छन्‌—जसले गर्दा जीवनलाई दुःखमय बनाइ दिन्छन्‌। त्यसकारण, तपाईं भन्‍नुहोला, एउटा प्रमोदबनमा अनन्त जीवन लिएर बाँच्ने कुरा गर्नु, वास्तविकता प्रति आँखा चिम्लिनु हो। तपाईं सोंच्नुहोला, अनन्त जीवन एउटा सपना मात्र हो र यसवारे कुरा गर्नु समय खेर फाल्नु हो।”

२ ती हुन्‌, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको सुरुका वाक्यांशहरू। चौध वर्षअघि यो पुस्तक प्रकाशित भएको समयमा भन्दा उक्‍त परिचय आज झन्‌ सान्दर्भिक भएको छ। बाइबलले डोऱ्‍याइको साथै आफूलाई पिरोल्ने सबै समस्याहरूको समाधान प्रदान गर्छ भनी मानिसहरूले थाह पाउनु खाँचो छ। डिसेम्बरमा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गरेर हामी मानिसहरूलाई मदत गर्ने प्रयास गर्नेछौं। निस्सन्देह, कुनै व्यक्‍तिसित प्रकाशन छाड्‌दैमा तिनले परमेश्‍वरको राज्य आशा स्वीकार्नेछन्‌ भन्‍ने ग्यारेन्टी हुँदैन। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर हामीले पुनःभेटहरू गर्नैपर्छ। त्यस्तो प्रयास गऱ्‍यौं भने, मदत पाउनेछौं भनी आश्‍वस्त हुनसक्छौं। (मत्ती २८:१९, २०) केही सुझावित प्रस्तुतिहरू यसप्रकार छन्‌:

३ पाको उमेरको व्यक्‍ति भेट्‌नुहुँदा यसरी कुरा थाल्न सक्नुहुन्छ:

▪“म एउटा प्रश्‍न सोधुँ: तपाईं जवान हुनुहुँदा आफ्नो समुदायका मानिसहरू एकअर्काप्रति कस्तो व्यवहार गर्थे? [जवाफ दिने मौका दिनुहोस्‌।] अहिले आकाश जमीनको फरक भइसकेको छ, छैन र? तपाईंको विचारमा यसो हुनुको कारण के होला? [जवाफ दिने मौका दिनुहोस्‌।] वास्तवमा अहिले जेजति भइरहेका छन्‌, बाइबलको भविष्यवाणीको पूर्तिअनुरूप भइरहेका हुन्‌। [२ तिमोथी ३:१-५ पढ्‌नुहोस्‌।] बाइबलले वर्तमान संसारको परिस्थितिको सही वर्णन गर्नुको अलावा निकट भविष्यमा उत्तम संसारबारे पनि प्रतिज्ञा गर्छ। बाइबलका थुप्रै भविष्यवाणीहरू पूरा भइसकेको हुँदा भविष्यबारे यसले बताउने कुरा पनि पूरा हुनेछ भन्‍ने विश्‍वास हामी गर्छौं। बाइबलमा गरिएको त्यस्तै एउटा प्रतिज्ञा, परमेश्‍वरको निर्देशनमा चल्ने विश्‍व सरकार हो।” सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ ११२ पल्टाउनुहोस्‌ र अनुच्छेद २ पढ्‌नुहोस्‌। बाइबलले भविष्यबारे बताउने आशाको अध्ययन गर्न घरधनीलाई उक्‍त पुस्तक लिने प्रोत्साहन दिनुहोस्‌।

४ “सधैंभरि बाँच्न सक्नुहुन्छ” पुस्तक लिने पाको उमेरको व्यक्‍तिकहाँ पुनः जानुहुँदा यसो भन्‍न सक्नुहुन्छ:

▪“गत केही वर्षहरूको तुलनामा आधुनिक समाज झन्‌ झन्‌ बिग्रँदै गइरहेको छ भनी अस्तिको कुराकानीमा हामी दुवै सहमत भएका थियौं। तथापि, बाइबलले भविष्यमा उत्तम संसारका निकै प्रत्याशाहरू दिन्छ भनी देखाउन म फेरि आएको हुँ। [प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌।] हामी सबै उत्तम परिस्थितिमा बाँच्न चाहन्छौं, अतः यस विषयमा बाइबलले अरू के भन्छ, जान्‍नु खाँचो छ।” सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको अध्याय १९ पल्टाएर अनुच्छेद १-३ पढ्‌नुहोस्‌। निश्‍शुल्क गृह बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌।

५ कम उमेरको व्यक्‍तिसित कुराकानी थाल्दा यसो भन्‍न सक्नुहुन्छ:

▪“म तपाईंलाई एउटा प्रश्‍न सोध्न चाहन्छु: जवान व्यक्‍तिको हैसियतमा के तपाईंलाई भविष्यबारे आशावादी हुने कुनै कारण छ जस्तो लाग्छ? तपाईंलाई भविष्य कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] खुशीको कुरा, भविष्यप्रति आशावादी हुने ठोस कारण छ। [भजन ३७:१०, ११ पढ्‌नुहोस्‌।] बाइबल र यसको विषयवस्तुबारे मानिसहरूको आफ्नै धारणा भएको हुँदा हामीले पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रकाशित गरेका हौं। बाइबलमा विश्‍वास गर्न यसले दिने कारणहरूमा ध्यान दिनुहोस्‌। [पृष्ठ ५६ को अनुच्छेद २७ को सुरुका तीन वाक्यहरू र अनुच्छेद २८ चाहिं पूरै पढ्‌नुहोस्‌।] बाइबलको कुरामा विश्‍वस्त भएपछि हामीले भविष्यको निश्‍चित आशा पाउनसक्छौं। तपाईं यो एउटा पुस्तक लिएर पढ्‌नुहोस्‌ भन्‍ने म चाहन्छु।”

६ “सधैंभरि बाँच्न सक्नु हुन्छ” पुस्तक स्वीकार्ने जवान व्यक्‍तिसित कुरा गर्न फर्कनुहुँदा यसरी कुरा थाल्न सक्नुहुन्छ:

▪“तपाईं भविष्यबारे कत्तिको चासो राख्नुहुन्छ भनी बुझ्न पाउँदा खुशी लाग्यो। हामीलाई आनन्दित तथा सुरक्षित भविष्य प्रतिज्ञा गर्ने बाइबल पद मैले तपाईंलाई देखाएको त बिर्सनुभएको छैन होला। यहाँ अर्को पद पनि छ। [प्रकाश २१:३, ४ पढ्‌नुहोस्‌।] मैले तपाईंलाई दिएको पुस्तकले बाइबल, ईश्‍वरप्रेरित पवित्र पुस्तक हो भन्‍ने जोडदार प्रमाण दिन्छ। उक्‍त तथ्यको गहिरो महत्त्व छ। त्यसको अर्थ, बाइबलले परमेश्‍वरबारे बताउने कुराहरू हामी स्वीकार्नसक्छौं। [पृष्ठ ४७ को अनुच्छेद १-२ पढ्‌नुहोस्‌।] तपाईं चाहनुहुन्छ भने, तपाईंसित निश्‍शुल्क बाइबल अध्ययन गर्न म खुशी हुनेछु।” अध्ययन गर्ने प्रस्ताव स्वीकारेमा तिनीसित बाइबल छ कि छैन सोध्नुहोस्‌। छैन भने नयाँ विश्‍व अनुवाद (अंग्रेजी) वा तिनले चाहेको भाषामा बाइबल ल्याउने प्रस्ताव पनि राख्नुहोस्‌।

७ जीवनका समस्याहरूसित जुझ्ने डोऱ्‍याइ कहाँ खोज्ने भनी थाह नभएको व्यक्‍तिलाई यो प्रस्तुति मन पर्ला:

▪“सबैजसो मानिसहरूले गम्भीर समस्याहरू सामना गरिरहेको समयमा हामी बाँचिरहेका छौं। धेरैले अनेकन्‌ सल्लाहकारहरूको मदत खोज्छन्‌। कसै कसैले मनोचिकित्सकको मदत लिन्छन्‌। तपाईंको विचारमा हाम्रो लाभ हुने स्वास्थ्यकर सल्लाह कहाँ पाउन सकिन्छ होला? [जवाफ दिने मौका दिनुहोस्‌।] हामी सबैले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण तथ्य बाइबलले बताउँछ।” यर्मिया १०:२३ पढ्‌नुहोस्‌। पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको अध्याय २९ पल्टाएर अनुच्छेद ३ पढ्‌नुहोस्‌। “बाइबलका सिद्धान्तहरू पालन गर्दा अहिले हाम्रो जीवनस्तर उकासिन्छ भनी बुझ्न यस पुस्तकले मदत दिनेछ र परमेश्‍वरको राज्यअन्तर्गत हाम्रा समस्याहरू कसरी समाधान हुनेछन्‌, त्यो पनि बताउँछ। के तपाईं यो पढ्‌न चाहनुहुन्छ?” पुस्तक प्रस्तुत गर्नुहोस्‌।

८ मानिसलाई डोऱ्‍याइको खाँचोबारे प्रारम्भिक भेटमा कुरा गर्नुभएको थियो भने पुनःभेटमा यसप्रकार कुरा अघि बढाउन सक्नुहुन्छ:

▪“जीवनका समस्याहरूसित सफलतापूर्वक जुझ्न परमेश्‍वरको डोऱ्‍याइ चाहिन्छ भन्‍ने विषयमा हामी पहिलो चोटि भेट्‌दा सहमत भएका थियौं। त्यस विषयमा मैले तपाईंलाई दिएको पुस्तकका अन्तिम टिप्पणीहरू मूल्यांकन गर्नुहुनेछ होला। [सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ २५५ का अनुच्छेद १४-१५ पढ्‌नुहोस्‌।] म तपाईंसित निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न खुशी हुनेछु र त्यसो गर्ने तरिका म तपाईंलाई अहिल्यै देखाउन तयार छु।”

९ जवान होस्‌ या वृद्ध, हामीले सबैलाई परमेश्‍वरको वचनको महत्त्व तथा त्यसले हाम्रो जीवनमा प्रदान गर्ने डोऱ्‍याइको मूल्यांकन गर्ने मदत दिंदा यहोवाले हाम्रा प्रयासहरूमा आशिष्‌ दिनुहुनेछ।—भज. ११९:१०५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने