प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 डिसेम्बर p. २
  • डिसेम्बर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
  • उपशीर्षकहरू
  • डिसेम्बर २ मा सुरु हुने हप्ता
  • डिसेम्बर ९ मा सुरु हुने हप्ता
  • डिसेम्बर १६ मा सुरु हुने हप्ता
  • डिसेम्बर २३ मा सुरु हुने हप्ता
  • डिसेम्बर ३० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९६
km96 डिसेम्बर p. २

डिसेम्बर महिनाका लागि सेवा सभाहरू

डिसेम्बर २ मा सुरु हुने हप्ता

गीत १३४ (३३)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। प्रस्तुत गर्नुपर्ने साहित्यहरू बताउनुहोस्‌।

१५ मि: “हाम्रो सन्देश कसले सुन्‍नेछ?” प्रश्‍नोत्तर। हाम्रो सन्देश किन आकर्षक छ भन्‍ने सन्दर्भमा मार्च २२, १९८७ ब्यूँझनुहोस्‌! (अंग्रेजी) पृष्ठ ५ का बुँदाहरू समावेश गर्नुहोस्‌।

२० मि: “बाइबलले आशा तथा डोऱ्‍याइ प्रदान गर्छ।” (अनुच्छेद १-६) अनुच्छेद १-२ बाट परिचय थाल्नुहोस्‌। (तर्क पुस्तक [अंग्रेजी], पृष्ठ ५८-६० का विषयवस्तु समावेश गर्नुहोस्‌ र “बाइबलमा ध्यान दिनुपर्ने कारणहरू”-बारे चार बुँदाहरू छोटकरीमा बताउनुहोस्‌।) दक्ष प्रकाशकहरूलाई अनुच्छेद ३-६ का सुझावित प्रस्तुतिहरू प्रदर्शन गर्न लगाउनुहोस्‌। निम्न बुँदाहरूमा श्रोतागणलाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌ (१) प्रश्‍नले कसरी चासो जगायो, (२) प्रयोग गरिएका शास्त्रपदहरू विषयसित कसरी मेल खाए, (३) प्रारम्भिक भेटपछि पुनःभेटहरू कसरी सजिलै गर्न सकियो र (४) अध्ययन गर्ने प्रस्ताव कसरी राखियो।

गीत ७५ (२१) र समापन प्रार्थना।

डिसेम्बर ९ मा सुरु हुने हप्ता

गीत १०० (५९)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१५ मि: सेवकाईमा भाग लिन वृद्धहरूलाई मदत गर्ने। थुप्रै विश्‍वासी वृद्ध प्रकाशकहरू मण्डलीसित प्रचारकार्यमा भाग लिने तीव्र चाह गर्छन्‌ तर उमेर र अस्वस्थताजस्ता शारीरिक असमर्थताले गर्दा सक्दैनन्‌। सेवा समूहमा सामेल गराउन हामीले तिनीहरूको ख्याल गर्नसक्ने तरिकाहरू छन्‌: यातायातको प्रबन्ध गर्ने प्रस्ताव राख्नुहोस्‌; धेरै खुड्‌किलो चढ्‌नु नपर्ने ठाउँमा प्रचार गर्ने प्रबन्ध मिलाउनुहोस्‌; तिनीहरूको पुनःभेटमा आफू पनि गइदिने प्रस्ताव राख्नुहोस्‌; तिनीहरूलाई थकाइ लागेको महसुस भएपछि घर पुऱ्‍याइदिनुहुनेछ भनी बताउनुहोस्‌। वृद्धहरू मदत पाउँदा कृतज्ञ हुन्छन्‌। तिनीहरूको ख्याल गर्नसक्ने अन्य स्थानीय तरिकाहरू बताउनुहोस्‌। फेब्रुअरी १, १९८६, प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ २८-९ को “हामी वृद्ध जनहरूको मूल्यांकन गर्छौं!” लेखका मुख्य बुँदाहरू पुनरावलोकन गर्नुहोस्‌।

२० मि: “बाइबलले आशा तथा डोऱ्‍याइ प्रदान गर्छ।” (अनुच्छेद ७-९) मे १, १९९३, प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ ३ मा “डोऱ्‍याइको खाँचो” भन्‍ने लेखबाट टिप्पणी गर्नुहोस्‌। उच्च स्रोत अर्थात्‌ परमेश्‍वरको मदत माग्नुपर्ने महत्त्वलाई हाम्रा प्रस्तुतिहरूले किन जोड दिनुपर्छ, बुझाउनुहोस्‌। प्रकाशकलाई अनुच्छेद ७-८ को प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌। हाम्रो लक्ष्य सधैं बाइबल अध्ययन सुरु गर्ने हुनुपर्छ भनी जोड दिनुहोस्‌।

गीत १९७ (५७) र समापन प्रार्थना।

डिसेम्बर १६ मा सुरु हुने हप्ता

गीत २०९ (११)

१० मि: स्थानीय घोषणाहरू। बिदाका शुभकामनाहरूको कौशलतापूर्ण जवाफ कसरी दिने भनी केही सुझाउहरू बताउनुहोस्‌। डिसेम्बर २५ का दिन विशेष क्षेत्र सेवकाईको प्रबन्धबारे बताउनुहोस्‌।

१५ मि: “आफूलाई राजी-खुशीले अर्पण गर्ने।” प्रश्‍नोत्तर। मे १, १९८४, प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ २२ का टिप्पणीहरू समावेश गर्नुहोस्‌।

२० मि: “परमेश्‍वरले गर्नुहुने वृद्धिमा रमाउने।” प्राचीनद्वारा उत्साहवर्धक भाषण। कुनै अनुभव वा उक्‍त लेखमा उल्लिखित देशको वृद्धिबारे हालैको वार्षिक पुस्तक-बाट बताउनुहोस्‌।

गीत ४१ (२२) र समापन प्रार्थना।

डिसेम्बर २३ मा सुरु हुने हप्ता

गीत ९३ (४८)

१० मि: स्थानीय घोषणाहरू। यो हप्ता सेवकाईमा प्रयोग गर्न सकिने केही बुँदाहरू हालैका पत्रिकाहरूबाट औंल्याउनुहोस्‌। जनवरी १ का लागि विशेष क्षेत्र सेवकाईको प्रबन्धबारे बताउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकताहरू। वा प्राचीनले जुलाई १५, १९९६, प्रहरीधरहरा, पृष्ठ २४-५ बाट “अवकाश—ईश्‍वरतान्त्रिक क्रियाकलापको निम्ति एक सुअवसर?” लेखमा आधारित भाषण दिन्छन्‌।—अन्तरदृष्टि (अंग्रेजी) खण्ड २, पृष्ठ ७९४, अनुच्छेद २-३ हेर्नुहोस्‌।

२० मि: “ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा भर्ती।” स्कूल निरीक्षकद्वारा भाषण। भर्ती भएकाहरूको स्थानीय तथ्यांक बताउनुहोस्‌ र भर्ती हुनसक्ने सबैलाई प्रोत्साहन दिनुहोस्‌। “सन्‌ १९९७ का लागि ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला[मा]” दिइएका विद्यार्थी भाषणहरूको निर्देशन पुनरावलोकन गर्नुहोस्‌।

गीत १६६ (९०) र समापन प्रार्थना।

डिसेम्बर ३० मा सुरु हुने हप्ता

गीत २२३ (८१)

१० मि: स्थानीय घोषणाहरू। तपाईंको मण्डलीमा नयाँ वर्षको लागि सभाको समय हेरफेर गर्ने बेला भइसक्यो भने नयाँ समयतालिकाअनुसार आवश्‍यक छाँटकाँट गर्न र सभाहरूमा नियमित तवरमा उपस्थित हुन आग्रह गर्दै सबैलाई मायालु प्रोत्साहन दिनुहोस्‌। अथवा मण्डली पुस्तक अध्ययनलगायत सबै सभाहरूमा नियमित तवरले उपस्थित हुन सामान्य प्रोत्साहन दिनुहोस्‌।

१५ मि: साक्षी दिन अवसरहरू बनाउने। पाठशाला निर्देशन पुस्तक (अंग्रेजी), पृष्ठ ८०-२, अनुच्छेद ११-१६ चलाउँदै अपरिचित व्यक्‍तिहरूसित वार्तालाप थाल्ने सुझाउहरू पुनरावलोकन गर्नुहोस्‌। अग्रिम तयारीले राम्रा परिणामहरू पाउन कसरी मदत गर्छ, देखाउनुहोस्‌। चासो देखाउनेहरूको रिकर्ड राख्न र तिनीहरूसित भेट्‌न कसैको प्रबन्ध मिलाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

२० मि: जनवरीको लागि साहित्य प्रस्तुति पुनरावलोकन गर्नुहोस्‌। सोसाइटीले सूचीबद्ध गरेका कुनै पनि पुराना १९२ पृष्ठ भएका पुस्तकहरू विशेष दरमा प्रस्तुत गर्ने। स्थानीय मण्डलीसित तीमध्ये कुनै पनि स्टकमा छैनन्‌ भने तपाईंको पारिवारिक जीवन सुखी बनाउने (अंग्रेजी) चलाउनुहोस्‌। मण्डलीसित कुन कुन पुस्तक स्टकमा छ, देखाउनुहोस्‌। तपाईंको इलाकामा चलाउन प्रभावकारी हुने दुइ तीनवटा पुस्तक छान्‍नुहोस्‌। तर्क पुस्तक, पृष्ठ ९-१४ चलाउँदै हरेक पुस्तकको लागि छोटो परिचयहरू पुनरावलोकन गर्नुहोस्‌। एक दुइवटा प्रदर्शनहरू देखाउनुहोस्‌।

गीत १३७ (१०५) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने