ईश्वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन
ईश्वरतान्त्रिक सेवकाई पाठशालामा सेप्टेम्बर २ देखि डिसेम्बर २३, १९९६ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावलोकन। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावलोकनमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. प्रकाश १३:१ मा उल्लिखित सातवटा शिर र दशवटा सिङ भएको “जनावर” अरू कोही नभई शैतान अर्थात् दियाबल नै हो। [uw-NP पृ. ६३ अनु. ४]
२. सिंगै मानिस निल्नसक्ने “विराट माछा” वास्तवमा छैन। (योना १:१७) [si पृ. १५३ अनु. ४]
३. वर्षौंअघिका मानवहरूले यौनसम्बन्धी बाइबलको दृष्टिकोण विकास गरेका हुन्। [rs पृ. ३७० अनु. १]
४. मीका ३:१२ को भविष्यवाणीले सा.यु.पू. ६०७ मा भएको यरूशलेमको विनाश र उजाडलाई बुझाउँछ। [si पृ. १५६ अनु. ४]
५. सिद्ध मानवबाट भूलै हुँदैन। [rs पृ. ३७२ अनु. १]
६. शैतानले आफूलाई जोतिर्मय स्वर्गदूतको रूपमा परिवर्तन गर्नसक्ने भएकोले प्रेतवादी माध्यमले क्षणिक लाभ पुऱ्याउनसक्ने खालका कुराहरूद्वारा हामी ठगिनु हुँदैन। [rs पृ. ३८६ अनु. ३]
७. होशेको भविष्यवाणीले मुख्यतः यहूदाका दुइ कुलको राज्यलाई देखाउँथ्यो। [si पृ. १४४ अनु. ८]
८. परमेश्वरसित मित्रता गाँस्ने र उहाँको सुरक्षा चाहनेहरूले सबै प्रेतवादी प्रचलनहरूलाई त्याग्नैपर्छ र प्रेरित १९:१९ मा दिइएको उदाहरण अनुसरण गर्नैपर्छ। [rs पृ. ३८९ अनु. २]
९. सपन्याह ३:९ अनुसार परमेश्वरका मानिसहरू नयाँ संसारमा एकताबद्ध हुनेछन् किनभने तिनीहरू सबैले एउटै भाषा हिब्रू बोल्नेछन्। [साप्ताहिक बाइबल पढाइ; w८९ ६/१ पृ. ३० हेर्नुहोस्।]
१०. दानियल १२:१ को भविष्यवाणीको पूर्तिअनुरूप सन् १९१४ मा माइकल परमेश्वरको स्वर्गीय राज्यको राजा हुनुभएदेखि उहाँ ‘खडा’ भइरहनुभएको छ; चाँडै उहाँ एक जना अजेय योद्धा-राजा भएर यहोवाको नाउँमा “देखा पर्नेछन्” र यस दुष्ट रीतिरिवाजलाई नष्ट गर्नुहुनेछ। [साप्ताहिक बाइबल पढाइ; w९३-NP ११/१ पृ. २२ अनु. २३]
निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
११. हाग्गै २:७ मा उल्लिखित “सबै जाति जातिका धन-सम्पत्तिहरू” के हुन् र कुन ती तरिकामा “आउनेछ”? [साप्ताहिक बाइबल पढाइ; w८९ ६/१ पृ. ३१ अनु. ५ हेर्नुहोस्।]
१२. तीन हिब्रूहरूले परमेश्वरप्रति देखाएको आज्ञाकारिता ईश्वरीय सुरक्षा र मुक्तिमा निर्भर थिएन भनेर तिनीहरूकै कुन धर्मशास्त्रीय भनाइले देखाउँछ? (दानियल ३:१६-१८) [si पृ. १४१ अनु. १९]
१३. मसीहको जन्मथलोबारे कुन बाइबल पुस्तक, अध्याय र पदले अगमवाणी गरेको छ? [si पृ. १५६ अनु. ६]
१४. कुनै समय घोर अनैतिक जीवन बिताउनेहरू कसरी परिवर्तन हुन र परमेश्वरसामु शुद्ध हुनसके भनेर १ कोरिन्थी ६:९-११ मा पावलका शब्दहरूले कसरी स्पष्टसित देखाउँछन्? [rs पृ. ३६९ अनु. ३]
१५. हिब्रू धर्मशास्त्रले प्राणबारे बताउने कुरालाई १ कोरिन्थी १५:४५ ले कुन तरिकामा समर्थन गर्छ? [rs पृ. ३७६ अनु. १]
१६. येशूले कराएर “म मेरो आत्मा तपाईंको हातमा जिम्मा दिन्छु,” भनेर आफ्नो पितालाई भन्नुहुँदा कुन कुरालाई उल्लेख गर्दै हुनुहुन्थ्यो? (लूका २३:४६) [rs पृ. ३८३ अनु. २]
१७. व्यक्तिको मृत्यु हुँदा जीवन शक्ति निष्क्रिय हुन्छ भनेर देखाउन भजन १४६:४ मा कुन अभिव्यक्ति चलाइएको छ? [rs पृ. ३८५ अनु. २]
१८. मानवहरू वास्तवमा मर्दैनन् भन्ने धारणा कसले सुरु गऱ्यो र यस झूटो शिक्षासित सम्बन्धित प्रथम झूट बाइबलमा कहाँ पाइन्छ? [rs पृ. ३८५ अनु. ५]
१९. हाग्गै २:९ मा बताइएको ‘पछिको भवन,’ र ‘अघिको भवन’ कुन थियो र ‘अघिको भवनभन्दा’ ‘पछिको भवनको’ महिमा किन ठूलो भयो? [साप्ताहिक बाइबल पढाइ; w८९ ६/१ ३० हेर्नुहोस्।]
२०. होशे १४:२ ले इस्राएलीहरूलाई के गर्न आग्रह गरिरहेको थियो र आज यहोवाका साक्षीहरूले त्यो भविष्यवाणी कसरी पूरा गर्छन्? (हिब्रू १३:१५) [साप्ताहिक बाइबल पढाइ; w-NP९४ ९/१ पृ. १९ अनु. १-२ हेर्नुहोस्।]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. ____________ ले ईश्वरप्रदत्त कार्य पूरा गरेको लगभग २०० वर्षपछि भविष्यवक्ता ____________ ले ____________ लाई रक्तपातको शहर भने। [si पृ. १५४ अनु. १० पृ. १६० अनु. १०]
२२. ____________ इच्छाहरूलाई ____________ ढंगमा पूरा गर्न शैतानले मानिसहरूलाई चलाकीसाथ लोभ्याउँछ। [uw-NP पृ. ६५ अनु. ९]
२३. आध्यात्मिक तवरमा सुरक्षित हुन परमेश्वरको सारा हात-हतियारको कुनै पनि अंशलाई धारण गर्न हेलचक्राइँ गर्नै हुँदैन। त्यसमा “____________,” “____________ छाती-पाता,” “मिलापको ____________ तयारीका जुत्ता,” ____________ ढाल,” ____________ टोप,” र “आत्माको ____________ समावेश छ। [uw-NP पृ. ६८ अनु. १४]
२४. मसीहीजगत्भित्र र बाहिरका परम्परागत धर्महरूलाई समातेर बस्नेहरूको सोचाइअनुसार मानिसमा एउटा ____________ प्राण छ र यसले गर्दा ____________ आवश्यक छैन। [uw-NP पृ. ७१ अनु. ३]
२५. रोमीहरूले ____________ मा यरूशलेमलाई नाश गरेपछि ओबदियाले अगमवाणी गरेझैं ____________ इतिहासबाट लुप्त भए। [si पृ. १५२ अनु. १२]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. मसीही मण्डलीमा गैरइस्राएलीहरू भेला होऊन् भन्ने इच्छा परमेश्वरको थियो भनेर बुझ्न आमोस (८:११; ९:२, ३; ९:११, १२) को समझले प्रथम शताब्दीको परिचालक निकायलाई मदत दियो। (प्रेरित १५:१३-१९) [si पृ. १५० अनु. १६]
२७. (आमोस; योएल; हबकूक) लाई परमेश्वरले बोलाउनुहुँदा तिनी भविष्यवक्ता वा भविष्यवक्ताका छोरा थिएनन् तर भेडा गोठालो तथा (खजूर; नेभारा; जैतून) को खेतीकिसान गर्ने व्यक्ति थिए। [si पृ. १४८ अनु. १]
२८. पवित्र आत्माको सही चिनारीसित (धार्मिक विचारधाराहरू; मसीहीजगत्का परम्पराहरू; सम्पूर्ण धर्मशास्त्र) मिल्नैपर्छ, यसले आत्माको उल्लेख गर्छ र पवित्र आत्मा (व्यक्ति; त्रिएकको भाग; परमेश्वरको सक्रिय शक्ति) हो भनेर तार्किक निष्कर्ष निकाल्छ। [rs पृ. ३८१ अनु. १]
२९. (पत्रुस; यूहन्ना; पावल) ले (प्रेरित २:४०; रोमी १०:१३; १ तिमोथी २:४) मा योएल २:३२ उद्धरण गरे, जहाँ तिनले यहोवाको नाउँ पुकार्नुको महत्त्वलाई जोड दिएका छन्। [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ४/१ पृ. २० अनु. १६ हेर्नुहोस्।]
३०. हामीले परमेश्वरको आत्मा पाएको प्रमाण (धार्मिक आवेशमा चिच्याएर; काँपेर अनि लडीबडी गरेर; जोशका साथ साक्षी दिएर) अनि आत्माका (पाँच; सात; नौ) वटा फलहरू प्रदर्शन गरेर दिन्छौं। [rs पृ. ३८१ अनु. ५—पृ. ३८२ अनु. १]
निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्:
व्यव. १८:१०-१२; होशे १०:१२; सप. २:३; गला. ६:७, ८; १ यूहन्ना ३:४, ८
३१. यौनजन्य रोगहरूको महामारी, पतिपत्नीबीच फाटो भएको परिवार र अन्य त्यस्तै कुराले पापबारे बाइबलमा बताइएको सत्य र त्यसका परिणामहरूको प्रमाण दिन्छ। [rs पृ. ३७३ अनु. २]
३२. हामीले आफ्नो दैनिक जीवनमा जे असल छ त्यही गरेर यहोवाको अनुग्रह प्राप्त गर्नेछौं। [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ३/१५ पृ. २३ अनु. २-३ हेर्नुहोस्।]
३३. सबै प्रकारको जोखना विद्या अशुद्ध आत्माहरूसित सम्पर्क राख्ने निमन्त्रणा हो वा ती तिनीहरूको वशमा हुन्छन् र यस्ता कुराहरूमा सम्मिलित हुनु यहोवाप्रति घोर अविश्वासी हुनु हो। [rs पृ. ३८७ अनु. ४]
३४. जानाजानी पापपूर्ण जीवनपद्धति अपनाएर पाप गर्ने बानी बसाल्नेहरूलाई परमेश्वरले अपराधीको रूपमा हेर्नुहुन्छ। [rs पृ. ३७४ अनु. २]
३५. परमेश्वरको कृपाको हामी अनुचित फाइदा उठाउनसक्दैनौं। [si पृ. १६५ अनु. ११]