अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञान फैलाउने
१ यहोवाले “मानिसलाई ज्ञान” सिकाउनुहुन्छ। (भज. ९४:१०) केही मानिसहरूले उहाँको स्वीकारयोग्य उपासना गर्न जानेका छैनन्। त्यस्ता व्यक्तिहरूलाई परमेश्वरसम्बन्धी जीवनदायी ज्ञान फैलाउन उहाँले हामीलाई प्रयोग गर्नुहुन्छ। ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक एक उत्तम शिक्षण औजार हो। त्यसको सहायताद्वारा इमानदार व्यक्तिहरूले परमेश्वरको लिखित वचन बाइबलबाट उहाँबारे सही समझ प्राप्त गर्नसक्छन्। (१ तिमो. २:३, ४) ज्ञान पुस्तकमा वर्णित स्पष्ट र तर्कसंगत सत्यले मानिसहरूलाई यहोवाले के सिकाउन खोज्नुहुँदैछ, सो बुझ्ने मदत दिनेछ। तसर्थ, क्षेत्र सेवकाईमा जाँदा हामीले यो पुस्तक विभिन्न भाषामा लानुपर्छ। यस महिना हामी मानिसहरूलाई यो पुस्तक पढ्न रुचि जगाउने वार्तालाप गर्न चाहन्छौं। यहाँ केही सुझाउहरू दिइएका छन्। यी सुझाउहरूलाई कण्ठस्थ गर्नु आवश्यक छैन। बरु मुख्य विचारहरूलाई आफ्नै शब्दहरू र स्वाभाविक वार्तालापमा व्यक्त गर्ने चेष्टा गर्नुहोस्।
२ अधिकांश मानिसको प्रियजन मरेको छ। ती व्यक्तिहरूसित वार्तालाप गर्नुहुँदा प्रथमतः यस्तै केही भनेर पुनरुत्थानको आशाबारे बताउन सक्नुहुन्छ:
▪“हामीमध्ये अधिकांशको प्रियजन मरेको छ। ती प्रियजनलाई फेरि भेट्न सकिएला? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरले मानिसको मृत्यु होस् भन्ने मौलिक उद्देश्य राख्नुभएको थिएन। हाम्रा प्रियजनहरू मृत्युबाट मुक्त हुनसक्छन् भनेर येशूले प्रमाणित गर्नुभयो। [यूहन्ना ११:११, २५, ४४ पढ्नुहोस्।] यो घटना शताब्दीयौंअघिको भए तापनि परमेश्वरले हाम्रोलागि गर्नुभएको प्रतिज्ञालाई यसले देखाउँछ। [ज्ञान पुस्तकको पृष्ठ ८५ पल्टाउनुहोस् र चित्रको शीर्षक पढ्नुहोस्। त्यसपछि पृष्ठ ८६ पल्टाएर चित्र देखाउनुहोस् र त्यसबारे टिप्पणी गर्नुहोस्।] तपाईं पुनरुत्थानको सान्त्वनादायी आशाबारे अझ धेरै पढ्न चाहनुहुन्छ भने, तपाईंलाई म यो पुस्तक सहर्ष दिन चाहन्छु।”
३ पुनरुत्थानको आशाबारे प्रारम्भिक वार्तालाप गरिसकेपछि त्यही व्यक्तिसित अर्को वार्तालाप यसरी थाल्न सक्नुहुन्छ:
▪“परमेश्वरले मानिसको मृत्यु होस् भन्ने मौलिक उद्देश्य राख्नुभएको थिएन भनेर मैले भनेको कुरा तपाईंले सम्झनुभएको होला। त्यस्तो उद्देश्य थियो भने हामी किन बूढाबूढी हुन्छौं र मर्छौं? केही कछुवाहरू १०० वर्षभन्दा धेरै बाँच्छन् भने हजारौं वर्ष पुगेका रूखहरू पाइन्छन्। तर मानवहरू चाहिं किन ७० वा ८० वर्षसम्म मात्र बाँच्छन्? [जवाफ दिने मौका दिनुहोस्।] प्रथम दम्पतीले परमेश्वरको आज्ञा उल्लंघन गरेकोले नै हामी मर्छौं।” रोमी ५:१२ पढ्नुहोस्। ज्ञान पुस्तकको पृष्ठ ५३ पल्टाउनुहोस् र अध्यायको शीर्षक पढ्नुहोस्। मुद्रित प्रश्नहरूको जवाफ देखाउँदै प्रथम तीन अनुच्छेद छलफल गर्नुहोस्। बाँकी अध्याय छलफल गर्न पुनःभेटको प्रबन्ध मिलाउनुहोस्। त्यतिञ्जेल त्यो पढी सिध्याउन त्यस व्यक्तिलाई प्रोत्साहन दिनुहोस्।
४ धार्मिक देखिने व्यक्तिसित कुरा गर्नुहुँदा तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“साँच्चै, आज सयकडौं विभिन्न धर्महरू छन्। तिनीहरूले अनेक विसंगतिपूर्ण धारणाहरू सिकाउँछन्। सबै धर्म असल छन् र यसले हाम्रो विश्वासमा कुनै फरक पार्दैन भनेर कोही कोही मानिस भन्ने गर्छन्। तपाईंलाई नि कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] येशूले एउटै मात्र साँचो धर्म छ भन्नुभयो र थुप्रै प्रकारको उपासनालाई परमेश्वरले स्वीकार गर्नुहुन्न भनेर देखाउनुभयो। [मत्ती ७:२१-२३ पढ्नुहोस्।] हामी परमेश्वरलाई खुशी तुल्याउन चाहन्छौं भने, उहाँको इच्छाअनुरूप उहाँलाई उपासना चढाउनुपर्छ।” ज्ञान पुस्तकको अध्याय ५ पल्टाएर शीर्षक पढ्नुहोस् अनि केही उपशीर्षकहरूलाई औंल्याउनुहोस्। यस जानकारीले परमेश्वरलाई कसरी खुशी तुल्याउन सकिन्छ, सो सिक्न मदत दिनेछ भनी बताउनुहोस्। चन्दास्वरूप रु. १५ मा पुस्तक प्रस्तुत गर्नुहोस्।
५ अनेकौं धर्महरूको कारण अन्योलमा परेका मानिसहरूले पुनःभेटको दौडान यस्तो प्रश्नको जवाफलाई मूल्यांकन गर्लान्:
▪“आजका अनेकौं धर्महरूबीच तपाईं कसरी सही धर्म चिन्न सक्नुहुन्छ? साँचो चाहिं कुन हो भनेर तपाईं कसरी छुट्याउनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] येशूले हामीलाई उहाँका साँचो अनुयायीहरू चिन्ने तरिका बताउनुभयो।” यूहन्ना १३:३५ पढ्नुहोस्। ज्ञान पुस्तकको अध्याय ५ बाट अनुच्छेद १८ र १९ छलफल गर्नुहोस्। धर्मशास्त्रीय निर्देशन र झूटो धर्मलाई हटाउँदै लैजाने प्रक्रिया प्रयोग गरेर कसरी व्यक्तिले साँचो धर्म चिन्नसक्छन्, त्यो देखाउनुहोस्। यहोवाका साक्षीहरू सारा संसारमा तिनीहरूको निष्कपट प्रेम र उच्च नैतिक स्तरको कारण परिचित छन् भनेर बताउनुहोस्। ज्ञान पुस्तक चलाएर बाइबल अध्ययन गर्दा परमेश्वरले अनुमोदन गर्नुहुने उपासनालाई कसरी स्पष्ट चिन्न सकिन्छ, बुझाउनुहोस्।
६ छोराछोरी भएको व्यक्तिलाई भेट्नुभयो भने, यसरी कुरा थाल्नु प्रभावशाली हुनसक्छ:
▪“हामी दिनहुँजसो जवानहरूको उपद्रयाइँ आचरणबारे सुन्छौं। तिनीहरूको कुनै नैतिक मूल्य नै नभएको जस्तो देखिन्छ। केही वयस्कहरूले चाहिं स्कूलमा बच्चाहरूलाई असल र खराबबीचको भिन्नताबारे शिक्षा सिकाउँदैन भनेर दोषारोपण गर्छन्। तपाईंको विचारमा यस्तो प्रशिक्षण कसले दिनुपर्छ? [जवाफ दिने मौका दिनुहोस्।] यसबारे बाइबलले के भन्छ, सुन्नुहोस् न। [एफिसी ६:४ पढ्नुहोस्।] छोराछोरीको हृदयमा नैतिक मूल्यको बीजारोपण गर्ने जिम्मेवारी आमाबाबुको हो भनेर यसले बताउँछ।” ज्ञान पुस्तकको पृष्ठ १४५ पल्टाउनुहोस् र अनुच्छेद १६ पढ्नुहोस् अनि पृष्ठ १४७ का चित्रहरूबारे टिप्पणी गर्नुहोस्। त्यो पुस्तक सपरिवारले अध्ययन गरोस् भन्ने हेतुले तयार गरिएको हो भनेर बताउनुहोस्। पृष्ठ १४६ का अनुच्छेद १७ र १८ चलाएर कसरी यस्तो पारिवारिक अध्ययन गर्न सकिन्छ, प्रदर्शन गर्ने प्रस्ताव राख्नुहोस्।
७ तपाईंले प्रारम्भिक भेटमा चिन्तित आमा वा बुबासित अध्ययन थाल्नुभएको थियो भने, पुनःभेटमा यसो भन्दै त्यसलाई कायम राख्न सक्नुहुन्छ:
▪“आजको संसारमा हाम्रा छोराछोरीहरूलाई अलमलाउने अनेकौं प्रलोभनहरू छन्। यसले गर्दा तिनीहरू हुर्कंदै जाँदा ईश्वरभीरु हुन असाध्यै कठिन पर्छ। हामीले अघिल्लो वार्तालापमा दुइटा सिद्धान्तहरू छुट्याएर राखेको तपाईंलाई यादै होला। हामीले ईश्वरभीरु आमाबाबुको हैसियतमा आफ्ना छोराछोरीको लागि उत्तम उदाहरण बसाल्नु आवश्यक छ र तिनीहरूप्रति प्रेमको भाव व्यक्त गर्नुपर्छ। छोराछोरीले आमाबाबुबाट चाहने अर्को कुराबारे पनि बाइबल बताउँछ।” हितोपदेश १:८ पढ्नुहोस्। ज्ञान पुस्तकको पृष्ठ १४८ पल्टाएर अनुच्छेद १९-२३ बाट अध्ययन गर्नुहोस्। पुनः आएर सपरिवारसित अध्याय १ देखि अध्ययन थाल्नेछु भन्नुहोस्।