प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 फेब्रुअरी p. २
  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
  • उपशीर्षकहरू
  • फेब्रुअरी ३ मा सुरु हुने हप्ता
  • फेब्रुअरी १० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९७
km97 फेब्रुअरी p. २

फेब्रुअरी महिनाका लागि सेवा सभाहरू

फेब्रुअरी ३ मा सुरु हुने हप्ता

गीत २७ (७)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। श्रोतागणसित “नयाँ विशेष सम्मेलन दिन कार्यक्रम” छलफल गर्नुहोस्‌।

१५ मि: “फेरि कहिल्यै नदोहरिने काममा भाग लिनुहोस्‌।” प्रश्‍नोत्तर। समय बाँकी रह्‍यो भने, उद्‌घोषकहरू (अंग्रेजी) पुस्तकको पृष्ठ ७१४-१५ बाट “चनाखो भइरहने—कसरी?” उपशीर्षकका बुँदाहरू समावेश गर्नुहोस्‌।

२० मि: “समयको अभावलाई बुझेर सुसमाचार प्रस्तुत गर्ने।” (अनुच्छेद १-५) अनुच्छेद १ बाट छोटकरीमा टिप्पणी गरिसकेपछि वक्‍ताले अनुच्छेद २-५ दुइ तीन जना प्रकाशकहरूसँग छलफल गर्छन्‌। तिनीहरूले सुझावित प्रस्तुतिका मुख्य मुख्य बुँदाहरू प्रकाश पार्छन्‌ र स्थानीय प्रचार क्षेत्रमा यस्ता प्रस्तुतिहरू कसरी प्रभावकारी हुनसक्छन्‌ भन्‍ने कुरा पनि प्रष्ट पार्छन्‌। प्रकाशकहरूले पालैपालो प्रस्तुति प्रस्तुत गर्छन्‌। वक्‍ताले त्यस प्रस्तुतिबारे सराहना गर्छन्‌, अझ प्रभावशाली बनाउन के गर्नुपर्छ, सल्लाह दिन्छन्‌। त्यसपछि उनले श्रोतागणलाई अध्ययन सुरु गर्ने लक्ष्य हासिल गर्न के के गर्न सकिन्छ भनी सोध्छन्‌। पछि गएर ज्ञान पुस्तकबाट कसरी अध्ययन गर्ने हो, त्यसको लागि विशेष किसिमका जुक्‍तिहरू बताउँछन्‌।

गीत ३४ (८) र समापन प्रार्थना।

फेब्रुअरी १० मा सुरु हुने हप्ता

गीत २९ (११)

५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१० मि: “समयको अभावलाई बुझेर सुसमाचार प्रस्तुत गर्ने।” (अनुच्छेद ६-८) अनुच्छेद ६-७ बाट प्रस्तुतिहरू देखाउनुहोस्‌। चासो देखाएकाहरूलाई पुनःभेट गर्नुपर्ने आवश्‍यकतामा जोड दिनुहोस्‌।

३० मि: “४,००० सहायक अग्रगामीहरू चाहियो।” सेवा निरीक्षकद्वारा प्रश्‍नोत्तर छलफल। पृष्ठ ३ को पेटी छलफल गर्नुहोस्‌। पृष्ठ ६ मा भएको नमुना तालिका पुनरावृत्ति गर्नुहोस्‌। प्रत्येक बप्तिस्माप्राप्त प्रकाशकले एक महिना अथवा त्योभन्दा बढी सहायक अग्रगामी गर्नसक्छन्‌ कि भनेर प्रार्थनापूर्वक विचार गर्नुपर्ने हो। बप्तिस्मा अप्राप्त प्रकाशकहरूले पनि सेवकाईमा बढी समय बिताउन प्रत्येक महिनाको लागि ‘यति घण्टा प्रचार गर्छु’ भनेर लक्ष्य राख्नसक्छन्‌।

गीत ४३ (४) र समापन प्रार्थना।

फेब्रुअरी १७ मा सुरु हुने हप्ता

गीत ३० (५८)

१० मि: स्थानीय घोषणाहरू। हालैका पत्रिकाहरूबाट यस हप्ताको प्रचार कार्यमा कुराकानी गर्न सकिने बुँदाहरू उल्लेख गर्नुहोस्‌।

१३ मि: “स्मरणार्थ—अति महत्त्वपूर्ण घडी।” प्रश्‍नोत्तर। मार्च महिनाभरि सहायक अग्रगामी गरेर यसलाई विशेष महिना बनाउन प्रोत्साहन दिनुहोस्‌। स्मरणार्थ उत्सवका निमन्त्रणा पुर्जीहरूको प्रयोग गर्नुपर्ने महत्त्वमाथि प्रकाश पार्नुहोस्‌।

२२ मि: गृह बाइबल अध्ययनहरू सुरु गर्ने। गत महिनाहरूमा सयौं हजारौं पुस्तकहरू वितरण गरिए। यसले अरू धेरै गृह बाइबल अध्ययन सुरु गर्न मदत गर्छ। स्थानीय इलाकामा के कति पुस्तक र साहित्य वितरण भए र त्यसबाट प्राप्त परिणाम बताउनुहोस्‌। चासो देखाउनेहरू सबैलाई लगातार भेटिरहन प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌। गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयत्न गर्नु आवश्‍यक छ भनी अध्ययन थाल्न सफल भएका केही प्रकाशकहरूलाई बताउन लगाउनुहोस्‌। हाम्रो सबैभन्दा महत्त्वपूर्ण काम नै चेला बनाउने हो भन्‍ने कुरामा जोड दिनुहोस्‌। (मत्ती २८:१९, २०) जून १९९६, हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएको सल्लाहलाई चलाउने प्रयत्न गऱ्‍यौं भने यो काम प्रभावकारी ढंगमा गर्नसक्छौं।

गीत ४७ (२१) र समापन प्रार्थना।

फेब्रुअरी २४ मा सुरु हुने हप्ता

गीत ३२ (१०)

१८ मि: स्थानीय घोषणाहरू। मार्च महिनामा सहायक अग्रगामी गर्नेहरूको नाउँ सुनाउनुहोस्‌। निवेदन दिन अझै ढिला भैसकेको छैन भनेर बताउनुहोस्‌। मार्च १ शनिबारका दिन सबैलाई क्षेत्र सेवकाईमा भाग लिन हौसला दिनुहोस्‌। यस महिनामा स्थानीय तवरमा क्षेत्र सेवकाईको लागि हुने सभाहरूबारे बताउनुहोस्‌। “चाहिएकै बेलामा मदत।” प्रश्‍नोत्तर छलफल गर्नुहोस्‌। प्रत्येक नयाँ प्रकाशनहरूबाट महत्त्वपूर्ण बुँदाहरूबारे टिप्पणी गर्नुहोस्‌।

१२ मि: “तपाईंका नातेदारहरू नि?” पतिपत्नी बसेर यो लेख छलफल गर्नेछन्‌ र भिन्‍नै विश्‍वास भएका नातेदारलाई कसरी सुसमाचार सुनाउने भनेर निधो गर्नेछन्‌।—फेब्रुअरी १५, १९९० को प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ २५-७ हेर्नुहोस्‌।

१५ मि: मार्च महिनामा प्रस्तुत गरिने साहित्य—पारिवारिक आनन्दको रहस्य पुनरावलोकन गर्नुहोस्‌। आधुनिक समाजमा परिवार टुक्रिनुका कारणहरू छोटकरीमा छलफल गर्नुहोस्‌। (अक्टोबर १५, १९९२, प्रहरीधरहरा [अंग्रेजी] पृष्ठ ४-७ हेर्नुहोस्‌।) पुस्तकको पृष्ठ ३ मा भएको विषयसूची पुनरावृत्ति गर्नुहोस्‌। प्रस्तुतिमा चलाउन सकिने अध्यायहरू छान्‍न श्रोताहरूलाई अनुरोध गर्नुहोस्‌। प्रत्येक अध्यायको अन्तमा भएको मदतकारी शिक्षण पेटीबारे बताउनुहोस्‌। एक दक्ष प्रकाशकलाई पुस्तक प्रस्तुत गर्न सकिने तरिका प्रदर्शन गर्न लगाउनुहोस्‌। यो हप्ताको अन्तमा क्षेत्र सेवकाईमा चलाउन यो पुस्तक लिन सबैलाई सम्झाउनुहोस्‌ र स्थानीय इलाकामा भेट हुने विभिन्‍न भाषाभाषीहरूलाई दिन विभिन्‍न भाषाहरूमा उक्‍त पुस्तक बोक्न प्रोत्साहित गर्नुहोस्‌।

गीत ४८ (२८) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने