प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 फेब्रुअरी p. ७
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ विशेष सम्मेलन दिन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—२०००
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
  • सन्‌ २०१० को लागि विशेष सम्मेलन दिन
    हाम्रो राज्य सेवकाई—२००९
  • नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 फेब्रुअरी p. ७

नयाँ विशेष सम्मेलन दिन कार्यक्रम

१ यस महिनादेखि सुरु हुन लागेको नयाँ विशेष सम्मेलन दिन कार्यक्रमको विषय हुनेछ, “यहोवाबाट शिक्षा पाएका मानिसहरू हुनुहोस्‌।” (यूह. ६:४५) यहोवाको ईश्‍वरीय शिक्षाले हामीलाई साँच्चै सन्तोषसँग जीवन बिताउन मदत गर्छ। यो शिक्षाले हाम्रो आध्यात्मिक सम्पत्तिप्रति गहिरो मूल्यांकन बढाउँछ। अरूलाई सुसमाचार सुनाउन मदत गर्ने हाम्रो प्रयासहरूले हामीलाई समाजका उपयोगी सदस्यहरू बनाउँछ। यस विशेष सम्मेलन दिनले यहोवाबाट शिक्षा हासिल गर्ने मानिसहरूले पाएका आशिष्‌हरूलाई विशेष जोड दिनेछ।

२ यस कार्यक्रमले ईश्‍वरीय शिक्षाका फाइदाहरू र सांसारिक पढाइका खतराहरूबीचको फरक देखाउनेछ। यहोवाले सबैभन्दा स्तरीय शिक्षा अर्थात्‌ आफ्नो वचन बाइबलमा आधारित शिक्षाको प्रबन्ध कसरी गर्नुहुन्छ भनी यस सम्मेलनमा हामी अझ प्रष्टसँग सिक्नेछौं। उपासनाका तीन क्षेत्रहरूमा यहोवाबाट शिक्षा पाएर हामी खुशी हुनसक्ने कुरामा यसले जोड दिनेछ। यस अतिरिक्‍त, जवानहरूलाई दाऊद र तिमोथीजस्ता बाइबलका उल्लेखनीय पात्रहरूको देखासिकी गर्न र आध्यात्मिक क्रियाकलापमा बढी समय बिताउन हौसला दिइनेछ। यसो गरेमा हाम्रो वफादारी परिपक्व भाइहरूको जस्तै हुनेछ भन्‍ने कुरामा पनि जोड दिनेछ। हालै समर्पण गरेका व्यक्‍तिहरूले यस सम्मेलनमा बप्तिस्मा लिन सक्नेछन्‌। यसका लागि तिनीहरूले सम्मेलन दिनभन्दा पहिले नै मण्डलीको अध्यक्षलाई आफ्नो इच्छा व्यक्‍त गर्नुपर्छ।

३ विशेष सम्मेलन दिनको भाषणको शीर्षक यो हुनेछ, “यहोवाको इच्छा गर्न उहाँबाट सिकाइएका।” विश्‍वासमा अडिग हुनु, लगातार उन्‍नति गर्नु, अनि सिकिरहनु किन आवश्‍यक छ भनी तर्कसहित पुष्टि दिइनेछ। अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य सिकाएर यहोवाको अनुकरण गर्न यस सम्मेलनले हामीलाई घचघचाउनेछ। यहोवाबाट शिक्षा पाउन धेरैलाई कसरी सोसाइटीका प्रकाशनहरूले सहयोग गरेका छन्‌ भनेर बुझाउन प्रोत्साहनले भरिएका अनुभवहरू समावेश गरिनेछन्‌। यहोवाको विश्‍वव्यापी शैक्षिक कार्यक्रमको असल परिणामहरूबारे प्रकाश पारिनेछ।

४ जसरी हुन्छ, उपस्थित हुने योजना बनाउनुहोस्‌। सबै जिज्ञासुहरूलाई पनि उपस्थित हुन प्रोत्साहित गर्नुहोस्‌। हाम्रो महान्‌ शिक्षकबाट अझ धेरै असल कुराहरू सिक्न प्रतीक्षा गर्नुहोस्‌।—यशै. ३०:२०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने