समयको अभावलाई बुझेर सुसमाचार प्रस्तुत गर्ने
१ तनमनले मसीही सेवकाईमा भाग लिएर हामी परमेश्वरको राज्यले पूरा गर्ने प्रतिज्ञाहरूप्रति गहिरो मूल्यांकन व्यक्त गर्छौं। समयको अभावलाई ध्यानमा राख्दै हामीले यस काममा भाग लिनुपर्छ। किन? किनभने खेतालाहरू थोरै छन् र यो दुष्ट रीतिरिवाजको अन्त झन् झन् नजीक आउँदैछ। जसले गर्दा, हाम्रो इलाकाका मानिसहरूको ज्यान खतरामा छ। (इज. ३:१९; मत्ती ९:३७, ३८) यस्तो गम्भीर जिम्मेवारीले गर्दा हामीले सेवकाईमा सकेजति प्रयत्न गर्नु आवश्यक छ। क्षेत्र सेवकाईको सन्दर्भमा हामीले समयको अभावलाई बुझेका छौं भनेर कसरी देखाउनसक्छौं? पहिल्यै राम्रो प्रस्तुति तयार पारेर, लगनशील भएर मानिसहरूको खोजी गरेर, चासो देखाउनेजतिको रेकर्ड राख्दै तुरुन्तै पुनःभेट गरेर अनि मानिसहरूको जीवन खतरामा परेको छ भन्ने कुरा मनमा राख्दै आफ्नो सेवकाईलाई गम्भीरतापूर्वक लिएर। समयको अभावलाई ध्यानमा राख्दै फेब्रुअरी महिनाभरि सुसमाचार प्रस्तुत गर्न हामीलाई निम्न सुझाउहरूले मदत गर्नसक्छन्। यस पटक हामी पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ, वा तपाईंको पारिवारिक जीवन सुखी बनाउने, (अंग्रेजी) वा दुवै पुस्तक प्रस्तुत गर्नेछौं।
२ छरछिमेकले भोगिरहेका केही समस्याहरूबारे छोटकरीमा कुरा गरिसकेपछि यसो भन्दै तपाईंले कुराकानी थाल्न सक्नुहुन्छ:
▪ “धेरैजसो मानिसहरू परमेश्वर हुनुहुन्छ भनेर विश्वास त गर्छन् तर ‘उहाँले हाम्रो भविष्य कस्तो होस् भनेर चाहनुहुन्छ?’ भनी अक्सर सोच्ने गर्छन्। तपाईं यो प्रश्नको जवाफ कसरी दिनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] मानवजातिका लागि परमेश्वरको इच्छा के हो र त्यो इच्छा पूरा गर्न उहाँले के गर्दै हुनुहुन्छ, त्यसबारे बाइबलले बताउँछ भनेर के तपाईंलाई थाह छ?” प्रकाश २१:४ पढ्नुहोस् अनि सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तकको पृष्ठ ११ को चित्रसँग कुरा जोड्नुहोस्। त्यसपछि पृष्ठ १२-१३ को चित्र देखाएर भविष्यमा हामीले के के पाउनेछौं, देखाउनुहोस्। अनुच्छेद १२ बाट यशैया ११:६-९ पनि पढ्नुहोस्। त्यसपछि पुस्तक दिनुहोस्। अर्को पाली छलफल गर्न उपयुक्त समय मिलाउनुहोस्।
३ अघिल्लो भेटमा प्रकाश २१:४ बाट गर्नुभएको छलफललाई तपाईं यो छोटो प्रस्तुतिद्वारा अगाडि बढाउन सक्नुहुन्छ:
▪ “मानवजातिको लागि नयाँ पार्थिव समाज तयार पार्ने परमेश्वरको प्रतिज्ञाबारे हामीले अघिल्लो भेटमा कुरा गरेका थियौं। [ सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तकको पृष्ठ १२-१३ देखाएर फेरि तिनको ध्यानाकर्षण गर्नुहोस्।] के तपाईंको परिवार पनि यस्तै वातावरणमा बसेको मन पर्छ? [जवाफ दिने मौका दिनुहोस्।] तर प्रश्न उठ्छ, परमेश्वरका प्रतिज्ञाहरू कत्तिको भरपर्दा छन्? कृपया यहाँ हेर्नुहोस्, उहाँ आफैले के भन्नुहुन्छ।” तीतस १:२ र पृष्ठ ५६ को अनुच्छेद २८ पढ्नुहोस्। अनुच्छेद २८ को प्रश्न (क) सोध्नुहोस्। त्यसपछि त्यसको जवाफ अनि अनुच्छेदको अन्तिम हरफतिर तिनको ध्यान खिच्नुहोस्। निश्शुल्क बाइबल अध्ययनबारे जानकारी दिनुहोस्। अर्को भेटमा बाइबल अध्ययन गर्ने तरिका देखाउने प्रबन्ध मिलाउनुहोस्।
४ बढ्दो पारिवारिक समस्याहरूले गर्दा थुप्रै मानिसहरू चिन्तित छन्। त्यसकारण, पहिलो भेटमा तपाईंले यहाँ दिइएजस्तै केही भन्न सक्नुहुन्छ:
▪ “मैले भेटेका प्रायजसो व्यक्तिहरू अहिलेका परिवारले भोगिरहेका समस्याहरूदेखि चिन्तित छन्। [स्कूल तथा कलेजहरूमा देखा परेको लागू पदार्थको समस्या अनि जागिरदार पत्नीहरूले घरधन्दा र केटाकेटीको समेत हेरचाह गर्नुपर्दा भोग्ने समस्याजस्ता एक दुइटा समस्याहरू बताउनुहोस्।] मानव सल्लाहकारहरूले यी विषयहरूमा सल्लाह दिएको र मानिसहरूले सुन्दै आएको दशकौं भइसक्यो। तैपनि, तपाईंको विचारमा परिस्थिति झन् झन् किन बिग्रेको होला? [जवाफ दिने मौका दिनुहोस्।] बाइबलले यस विषयमा सल्लाह दिन्छ, जसलाई केही मानिसहरूले पुरानो विचारधारा ठाने तापनि सधैं व्यवहारिक साबित भएको छ।” उदाहरणस्वरूप, पारिवारिक जीवन पुस्तकको पृष्ठ ३९ बाट हितोपदेश १०:१९ पढ्नुहोस्। पृष्ठ ३९ र त्यसअघिका पृष्ठमा दिइएका अन्य शास्त्रपदहरू पनि देखाउनुहोस् र हर बखत हर समय काम लाग्ने बाइबलका बुद्धिमत्तापूर्ण वचनहरूलाई त्यस पुस्तकले कसरी व्यवहारिक ढंगमा प्रयोग गरेको छ, वर्णन गर्नुहोस्। पारिवारिक जीवन कसरी उकास्न सकिन्छ, त्यसबारे छलफल गर्न फेरि भेट्ने योजना बनाउनुहोस्।
५ परिवारलाई अझ सुखी कसरी बनाउने भन्नेबारे छलफल गर्न फेरि फर्कने वचन दिनुभएको थियो भने, तपाईं यसो भन्न सक्नुहुन्छ:
▪ “पारिवारिक जीवन कसरी उकास्न सकिन्छ भन्नेबारे तपाईंसित हाम्रो छलफल अझ अगाडि बढाउन मैले विशेष प्रयत्न गर्नुपऱ्यो। पारिवारिक जीवन उकास्ने क्षेत्रमा बाइबलले राम्रा सल्लाहहरू दिन्छ भन्नेबारे हामीले अघिल्लो भेटमा छलफल गरेका थियौं।” पारिवारिक जीवन पुस्तकको ‘विषयसूची’ पल्टाउनुहोस् र घरधनीलाई सबैभन्दा चासो लाग्ने विषय छान्न लगाउनुहोस्। पुस्तकमा हरेक पृष्ठको तल्लो भागमा दिइएका प्रश्नहरू पढ्दै विषयवस्तु अध्ययन गर्दा कसरी धेरै लाभ उठाउन सकिन्छ भनी देखाउनुहोस्। बाइबल अध्ययन गर्ने प्रस्ताव राख्नुहोस् अनि उत्तिन खेरै अध्ययन थालिहाल्ने जमर्को गर्नुहोस्।
६ वातावरणबारे थुप्रै मानिसहरूले चासो लिने हुँदा तपाईंले यस्तै केही भनेर कुराकानी सुरु गर्न सक्नुहुन्छ:
▪ “प्रायजसो सबै मानिस हावा, पानी र भोजनको प्रदूषणले गर्दा चिन्तित भएको हामीले पायौं। कुनै कुनै देशको वातावरण यत्ति बिग्रिसक्यो, त्यसले जनजीवनलाई नै अस्तव्यस्त पारिसकेको छ। तपाईंको विचारमा, परमेश्वर पृथ्वीको सृष्टिकर्ता हुनुभएकोले उहाँले यो समस्यालाई के गर्नुहोला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] हामीले प्राकृतिक सम्पत्तिको दुरुपयोग गरेकोले परमेश्वरले त्यसको लेखा लिनुहुनेछ भनी बाइबल बताउँछ। [प्रकाश ११:१८ख पढ्नुहोस् ] सबै प्रकारको प्रदूषणबाट मुक्त पृथ्वीमा जीवन बिताइरहेको कल्पना गर्नुहोस् त!” परमेश्वरले प्रमोदवनबारे गर्नुभएको प्रतिज्ञातर्फ ध्यानाकर्षण गर्नुहोस्। प्रकाश २१:३, ४ मा हामी त्यस्तै एउटा प्रतिज्ञालाई संकेत गरेको पाउँछौं। सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तकको पृष्ठ १५३ को अन्तिम चित्र देखाउनुहोस् र त्यसलाई पृष्ठ १५६ देखि १५८ का चित्रहरूसित दाँज्नुहोस्। पुस्तक दिनुहोस् र पुनःभेटको प्रबन्ध मिलाउनुहोस्।
७ प्रमोदवनरूपी पृथ्वीमा चासो देखाउने व्यक्तिकहाँ फर्कनुहुँदा तपाईं यस्तै केही भन्न सक्नुहुन्छ:
▪ “प्रदूषित पृथ्वीको समस्या समाधान गर्न परमेश्वरले हस्तक्षेप गर्नुपर्नेछ भनेर अघिल्लो भेटमा हामी दुवै सहमत भएका थियौं। तर यो प्रश्न उठ्छ, परमेश्वरले बनाउन लाग्नुभएको धार्मिक नयाँ संसारमा हामी कसरी प्रवेश गर्ने?” यूहन्ना १७:३ पढ्नुहोस्। निश्शुल्क बाइबल अध्ययनको फाइदा उठाएर यो विशेष ज्ञान हासिल गर्न घरधनीलाई आग्रह गर्नुहोस्।
८ आधुनिक समयको खेतालाको रूपमा काम गर्न पाउनु अनि जीवनदायी प्रचार कार्यमा भाग लिन पाउनु, कत्ति ठूलो सुअवसर! समयको अभावलाई ध्यानमा राख्दै हामी सबै सुसमाचार प्रस्तुत गर्न व्यस्त होऔं र ‘हाम्रो परिश्रम प्रभुमा व्यर्थ हुँदैन’ भनेर कहिल्यै नभुलौं।—१ कोरि. १५:५८.