प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 सेप्टेम्बर p. १
  • बढ्‌ता महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बढ्‌ता महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • परिवारका शिरहरू हो—राम्रो आध्यात्मिक तालिका कायम राख्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईंको बानी कस्तो छ?
    हाम्रो राज्य सेवकाई—२००१
  • परिवारहरू हो, परमेश्‍वरको मण्डलीको भागको हैसियतमा उहाँको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 सेप्टेम्बर p. १

बढ्‌ता महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिनुहोस्‌

१ हाम्रो आध्यात्मिक सुस्वास्थ्यको लागि नभई नहुने केही महत्त्वपूर्ण कुराहरू के हुन्‌? यिनमा पक्कै पनि व्यक्‍तिगत अध्ययन गर्नु, सभामा उपस्थित हुनु, प्रार्थनामा लागिरहनु, स्वास्थ्यकर संगति राख्नु तथा मसीही सेवकाईमा भाग लिनु आदि समावेश छन्‌। जीवनमा महत्त्वपूर्ण कुराहरूलाई पहिलो स्थान नदिइकन हामी आध्यात्मिक सुस्वास्थ्य कायम गर्न सक्दैनौं।

२ तथापि, हामीहरू सबै आफ्ना शारीरिक अभिलाषाहरू विरुद्ध लड्‌छौं र हामीहरू सबै अनुशासनमा बस्नु आवश्‍यक छ। (गला. ५:१७) आफ्ना स्वार्थी इच्छाहरू पूरा गर्दा हामीलाई धेरै फाइदा हुन्छ भनेर कहिल्यै ठान्‍नु हुँदैन। (यर्मि. १७:९) अतः, आफ्नो हृदयलाई जोगाउन र नठगिन नियमित तवरमा आत्मपरीक्षण गर्नु नितान्त आवश्‍यक छ।—हितो. ४:२३; २ कोरि. १३:५.

३ आफ्नो हृदय जाँच्नुहोस्‌: आफूलाई यस्ता केही सुस्पष्ट प्रश्‍नहरू सोधेर तपाईं आफ्नो हृदय जाँच्न सक्नुहुन्छ: के ममा परमेश्‍वरको वचन पढ्‌ने तीव्र इच्छा छ? (१ पत्रु. २:२) के म सबै सभाहरूमा उपस्थित हुनु महत्त्वपूर्ण छ भनेर ठान्छु? (हिब्रू १०:२४, २५) के म प्रार्थनामा लागिरहन्छु? (रोमी १२:१२) के म आध्यात्मिक झुकाउ भएका मानिसहरूको संगति मन पराउँछु? (रोमी १:११, १२) सुसमाचार घोषणा गर्ने कामलाई के म व्यक्‍तिगत दायित्व ठान्छु? (१ कोरि. ९:१६) जवाफ सकारात्मक छन्‌ भने, तपाईं बढ्‌ता महत्त्वपूर्ण कुरालाई पहिलो स्थान दिन इच्छुक हुनुहुन्छ भनेर थाह हुनेछ।

४ आफ्नो दैनिक तालिका जाँच्नुहोस्‌: हृदय जाँचिसकेपछि तपाईंले कुन समयमा के गर्ने भनेर प्राथमिकता निर्धारण गर्नु आवश्‍यक छ। यसमा बाइबललगायत प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-का प्रत्येक अंक अध्ययन गर्न र सभाहरूका लागि तयारी गर्न नियमित तवरले समय मिलाउनु समावेश छन्‌। परिवारसित मिलेर अध्ययन गर्न र प्रार्थना गर्न पनि समय मिलाउनुपर्छ। टिभी हेर्नमा वा मनोरञ्जन गर्ने अन्य तरिकाहरूमा कति समय लगाउने हो, सीमा तोक्नुहोस्‌। मण्डलीका सम्पूर्ण सभाहरूमा उपस्थित हुने निधो गर्नुहोस्‌ र सभामा उपस्थित हुनुलाई प्राथमिकता दिंदै आफ्नो कामकुरामा काँटछाँट गर्नुहोस्‌। हरेक हप्ता पूरै परिवारले क्षेत्र सेवकाईमा भाग लिन योजना बनाउनुहोस्‌।

५ बढ्‌ता महत्त्वपूर्ण कुरालाई जीवनमा पहिलो स्थान दिनु आनन्दको स्रोत हुनेछ र यसमा दुइ मत छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने