प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 सेप्टेम्बर p. १
  • चेला बनाउने बाइबल अध्ययनहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चेला बनाउने बाइबल अध्ययनहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • “कसैले नबताईकन म कसरी . . . ?”
    हाम्रो राज्य सेवकाई—२०००
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने
    हाम्रो राज्य सेवकाई—१९९६
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 सेप्टेम्बर p. १

चेला बनाउने बाइबल अध्ययनहरू

१ फिलिपले “येशूको सुसमाचार बताइदिए” पछि एथियोपियाका नपुंसकले “मलाई बप्तिस्मा हुनालाई केले रोक्छ र?” भनेर सोधे। (प्रेरि. ८:२७-३९) त्यस नपुंसकसित परमेश्‍वरको प्रेरित वचनप्रति पहिलेदेखि नै माया थियो। त्यसैले फिलिपबाट आध्यात्मिक मदत पाउने बित्तिकै तिनी चेला हुन तयार भए। तर आफैले धर्मशास्त्र केलाउनुपर्छ भनेर स्वीकार्न सबै राजी हुँदैनन्‌।

२ खुशीको कुरा, यहोवाको संगठनले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका उपलब्ध गराएर बाइबलले आज हाम्रोलागि दिने सन्देश थोरै समयमै जाँच्ने मदत दिएको छ। पढेलेखेका तर बाइबलबारे त्यति ज्ञान नभएका निष्कपट मानिसहरूका लागि यो पुस्तिकामा भएको जानकारी आकर्षक हुनुपर्छ। यो सर्वोत्तम पुस्तिका, मानिसहरूलाई बाइबल जाँच्न उत्प्रेरित गराउने उद्देश्‍यसहित तयार पारिएको हो।

३ बाइबल अध्ययन सुरु गर्दा ज्ञान पुस्तकबाट उन्‍नतशील अध्ययन कसरी सञ्चालन गर्ने, त्यसबारे जून १९९६ को हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका उत्तम सल्लाहहरू पुनरावलोकन गर्नु मदतकारी हुनेछ। विद्यार्थीलाई के-कस्तो थप मदत दिनुपर्ने हो, पक्का गर्न अध्ययनको दौडान विद्यार्थीले गरेको उन्‍नतिलाई विचार गर्नुहोस्‌। विद्यार्थीलाई शास्त्रपदहरू पल्टाउँदै आफ्नो पाठ पहिल्यै तयार गर्ने प्रोत्साहन दिनुहोस्‌। आफ्नै शब्दमा दिइएका टिप्पणीहरूले सत्यप्रतिको तिनको हार्दिक मूल्यांकन जाहेर हुन्छ। विद्यार्थीले यसको अतिरिक्‍त सोसाइटीका अन्य प्रकाशनहरू पढ्‌दा र नियमित तवरले मण्डलीका सभाहरू धाउँदा अक्सर छिटो छिटो प्रगति हुन्छ। आफूले सिकिरहेको कुरा अरूलाई अनौपचारिक तरिकाले भन्‍ने प्रोत्साहन दिनुहोस्‌। आध्यात्मिक उन्‍नति गर्न के के गर्नु आवश्‍यक छन्‌, तिनलाई नम्रतासाथ बताउनुहोस्‌। दोधारमा बसिरहने व्यक्‍तिहरूसित हामीले लामो समयसम्म बाइबल अध्ययन गरिरहनु आवश्‍यक छैन। विद्यार्थीले सत्य सिक्ने, त्यसको पक्षमा दृढ अडान लिने र समर्पण तथा बप्तिस्मा लिन तयार हुने मन गरेको हुनुपर्छ।

४ परिवारका प्रत्येक सदस्यले अलग अलगै अध्ययन गर्ने भएको हुँदा कुनै कुनै परिवारमा एकभन्दा धेरै अध्ययनहरू सञ्चालन भइरहेका छन्‌। तथापि, परिवारका सबैलाई एकसाथ भेला गराएर अध्ययन गर्दा परिवारलाई आध्यात्मिकतामा एकताबद्ध हुन मदत मिल्ने भएकोले प्रायजसो त्यसै गर्नु बेस हुनसक्छ।

५ येशूले हामीलाई गएर चेला बनाउने आज्ञा दिनुभएको छ। (मत्ती २८:१९) यसको लागि विद्यार्थीहरूले “मलाई बप्तिस्मा हुनालाई केले रोक्छ र?” भनेर सोध्ने हदसम्म उन्‍नति हुने गरी हामीले तिनीहरूसित बाइबल अध्ययन गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने