बीस हजार!
भारतमा यो सेवा वर्षको अन्तसम्म रिपोर्ट दिने प्रकाशहरूको संख्या त्यति पुगेको हामी हेर्न चाहन्छौं। के यो सम्भव छ? अवश्य! भारतमा अगस्त १९९७ को अन्तमा मण्डलीहरूमा गरिएको गणनाले देखाएअनुसार कुल प्रकाशकहरू १८,७८१ जना थिए। तथापि, त्यस महिनासम्मको सबैभन्दा नयाँ शिखर १७,५३४ थियो। यसको अर्थ, गत सेवा वर्षको दौडान कुनै महिनामा १,२४७ जना अनियमित प्रकाशकहरू थिए! क्षेत्रीय निरीक्षकको रिपोर्टअनुसार, धेरैजसो मण्डलीहरूमा अनियमित प्रकाशकहरूको संख्या थोरै मात्र छ। प्रत्येक प्रकाशकले वर्षा यामको दौडान सेवकाईमा भाग लिन सुनिश्चित प्रबन्धहरू मिलाएमा र त्यस क्रियाकलापको रिपोर्ट तुरुन्तै बुझाएमा २०,००० पुऱ्याउने लक्ष्यमा अवश्य पुग्न सकिन्छ। त्यस महिनाको सुरु सुरुतिरै प्रचारकार्यमा समय बिताउने चाँजो मिलायौं भने साक्षीकार्यमा हामीले केही न केही योगदान पुऱ्याउनेछौं। पुस्तक अध्ययन सञ्चालकहरूले समूहका अनियमित प्रकाशकहरूलाई मदत दिन हर प्रयास गर्नुपर्छ। विगत महिनाहरूमा तपाईं अनियमित प्रकाशक हुनुभएको थियो भने पुस्तक अध्ययन संचालकको मदत लिन हामी तपाईंलाई प्रोत्साहित गर्छौं, तिनले खुसीसाथ तपाईंलाई साक्षीकार्यको लागि साथी मिलाइदिनेछन्। एकजूट भई प्रयास गऱ्यौं भने भारतमा अघि कहिल्यै नभएको प्रकाशकहरूको सबैभन्दा नयाँ शिखर २०,००० नाघेको देख्न पाउनेछौं। यहोवाको कत्ति धेरै प्रशंसा हुनेछ!—भज. ४७:१.