सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू
सेप्टेम्बर ७ मा सुरु हुने हप्ता
गीत २८
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। “सुझाउ” पेटी पुनरावलोकन गर्नुहोस्।
१५ मि: “हामी ठूलठूला काम गर्नसक्छौं।” प्रश्नोत्तर। सबैलाई नयाँ सेवा वर्षको लागि व्यवहारिक लक्ष्य बनाउन र त्यसलाई पूरा गर्न कडा परिश्रम गर्न प्रोत्साहन दिनुहोस्।—हाम्रो सेवकाई (अंग्रेजी), पृष्ठ ११६-१८ हेर्नुहोस्।
२० मि: “अग्रगामीहरू अरूलाई मदत गर्छन्।” ईश्वरतान्त्रिक सेवकाई पाठशालामा दिइने प्रशिक्षणको अलावा अग्रगामीहरूले अरूलाई सेवकाईको काममा व्यक्तिगत तवरमा मदत गर्ने प्रबन्ध मिलाइएको छ भनेर प्राचीनले बताउँछन्। तिनी लेखमा आधारित प्रश्नहरू सोध्छन् अनि विशेषगरि कार्यक्रममा भाग लिने अग्रगामी र प्रकाशकहरूलाई टिप्पणी गर्न आमन्त्रित गर्छन्। यस कार्यक्रमबाट कसरी धेरैभन्दा धेरै फाइदा उठाउन सकिन्छ, छलफल गर्नुहोस्। अग्रगामीहरूले अरूलाई मदत गरेर कसरी आनन्द र फाइदा उठाएका छन्, बताउनसक्छन्। मदत पाउने प्रकाशकहरूले यस मायालु प्रबन्धको कसरी मूल्यांकन गर्छन् अनि कुन कुराले सेवकाईमा धेरै सफलता र आनन्द प्राप्त गर्न मदत गऱ्यो भनेर बताउनसक्छन्।
गीत १७२ र समापन प्रार्थना।
सेप्टेम्बर १४ मा सुरु हुने हप्ता
गीत १६०
५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
१० मि: परमेश्वर हामीबाट के चाहनुहुन्छ? भाषण। हामी अर्को हप्तादेखि पुस्तक अध्ययनमा यस पुस्तिका अध्ययन गर्नेछौं। यस पुस्तिकासँग परिचित हुन अनि यसबाट अरूसँग अध्ययन गर्ने तरिका सिक्न सबैलाई पूर्वतयारी गर्ने र हरेक अध्ययनमा उपस्थित हुन प्रोत्साहन दिनुहोस्। “यो पुस्तिका कसरी प्रयोग गर्ने” भन्ने अनुच्छेद पढ्नुहोस्। पुस्तिकाका प्रश्न, शास्त्रपद र चित्रहरू प्रयोग गरेर सिकाउनुपर्ने कुरामा जोड दिन जनवरी १५, १९९७ को प्रहरीधरहरा, पृष्ठ १६-१७ मा दिएका सामग्रीहरू चलाउनुहोस्। पुस्तक अध्ययन सञ्चालकहरूले लम्बाइचौडाइ कुरा नगरेर अनि नभएका कुरा थपथाप नगरेर गृह बाइबल अध्ययन सञ्चालन गर्नेहरूको निम्ति असल उदाहरण कायम गर्नुपर्छ।—जून १९९६ को हाम्रो राज्य सेवकाई, पृष्ठ ३, अनुच्छेद ५ हेर्नुहोस्।
१० मि: हामीले गत वर्ष कस्तो गऱ्यौं? सचिव र सेवा निरीक्षकले मण्डलीको गत वर्षको सेवा रिपोर्ट र सभाको उपस्थिति संख्या पुनरावलोकन गर्छन्। तिनीहरू रिपोर्टका प्रोत्साहनजनक पक्षहरू औंल्याउँछन् र उन्नति गर्नुपर्ने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्छन्। के अगस्त महिनामा सबै प्रकाशकहरूले सेवामा भाग लिए? प्राचीनहरूले आउँदा महिनाहरूमा सबैलाई नियमित प्रकाशक बन्न मदत दिनुका साथै अरू के कस्ता लक्ष्यहरू राखेका छन्, मोटामोटी रूपमा बताउनुहोस्। क्षेत्रीय निरीक्षकको अघिल्लो रिपोर्टबाट उपयुक्त बुँदाहरू बताउनुहोस्।
२० मि: “१९९८ ‘परमेश्वरले चाहनुहुने जीवनशैली’ जिल्ला अधिवेशन।” (अनुच्छेद १-१६) प्रश्नोत्तर। अनुच्छेद १० र ११ पढ्नुहोस्। हाम्रो मसीही मर्यादा अनि आचरणलाई होसियारीसाथ कायम राख्नु र छोराछोरीलाई निगरानीमा राख्नु धर्मशास्त्रीय महत्त्वको कुरा हो भनेर जोड दिनुहोस्।
गीत १४४ र समापन प्रार्थना।
सेप्टेम्बर २१ मा सुरु हुने हप्ता
गीत १२२
५ मि: स्थानीय घोषणाहरू।
२० मि: “भाइबहिनीहरूलाई राम्ररी चिन्नुहोस्।” प्रश्नोत्तर। अक्टोबर १, १९८८ को प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ १०-११ बाट टिप्पणीहरू समावेश गर्नुहोस्। सबैलाई एकअर्कासँग राम्ररी परिचित हुने कदम चाल्न प्रोत्साहन दिनुहोस्।
२० मि: “१९९८ ‘परमेश्वरले चाहनुहुने जीवनशैली’ जिल्ला अधिवेशन।” (अनुच्छेद १७-२२) प्रश्नोत्तर। अनुच्छेद १७ र उद्धृत शास्त्रपद पढ्नुहोस्। विशेषगरि बस्ने ठाउँ लथालिंग नगर्न तथा अरूको ख्याल राख्न जोड दिनुहोस्। “अधिवेशनका सम्झौटाहरू” छोटकरीमा पुनरावलोकन गर्दै भाषण टुंग्याउनुहोस्।
गीत ३४ र समापन प्रार्थना।
सेप्टेम्बर २८ मा सुरु हुने हप्ता
गीत १७
१२ मि: स्थानीय घोषणाहरू। सबैलाई सेप्टेम्बर महिनाको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्। सबैलाई अझ बढी पत्रिका वितरण गर्न अक्टोबर महिनामा साबिकभन्दा बढी घर-घरको सेवकाईमा भाग लिने योजना बनाउन प्रोत्साहन दिनुहोस्। प्रस्तुति तयार पार्ने सुझाउहरूको निम्ति अक्टोबर १९९६ को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्न सकिन्छ भनेर बताउनुहोस्। ताजा पत्रिका दिएको प्रस्तुति देखाउनुहोस्।
२० मि: “निरीक्षकहरू अगुवाइ लिन्छन्—सेवा निरीक्षक।” सेवा निरीक्षकद्वारा भाषण। तिनले आफ्नो जिम्मेवारीहरू पुनरावलोकन गरिसकेपछि स्थानीय तवरमा सेवकाईलाई विस्तृत र प्रभावशाली बनाउन मण्डलीले सहयोग गर्नसक्ने विशेष तरिकाहरू बताउँछन्।
१३ मि: मण्डलीको असल प्रकाशक बन्न कुन कुरा आवश्यक छ? भाषणको साथमा केही श्रोताहरूको टिप्पणी। विशिष्ट योग्यता वा बुद्धि हुनुपर्छ भन्ने छैन। बरु, हामी प्रत्येकसँग प्रेम, नम्रता, जोस र मूल्यांकन झल्काउने इच्छुक मनोवृत्ति हुनुपर्छ। निम्न कुराहरू किन मनोरम छन् भनेर श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्: (१) हँसिलो अनुहार, (२) सभाहरूमा नियमित उपस्थित हुनु तथा भाग लिनु, (३) कार्यभार वहन गर्ने र पूरा गर्ने इच्छुकता, (४) प्राचीनहरू र मण्डलीको निम्ति मिलाइएका प्रबन्धहरूमा सहयोग गर्ने, (५) अरूलाई सहयोग गर्ने निष्कपट चासो र (६) क्षेत्र सेवकाईमा नियमित तवरमा भाग लिने र महिना मर्नासाथ रिपोर्ट खसाल्ने।
गीत २५ र समापन प्रार्थना।