प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जून पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२०००
  • उपशीर्षकहरू
  • जून १२ मा सुरु हुने हप्ता
  • जून १९ मा सुरु हुने हप्ता
  • जून २६ मा सुरु हुने हप्ता
  • जुलाई ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०००
km00 जून पृ. २

सेवा सभाको तालिका

जून १२ मा सुरु हुने हप्ता

गीत १३६

८ मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: “तिमीहरूको परिश्रम . . . व्यर्थ हुँदैन।” एक मिनेटभन्दा छोटो परिचयात्मक टिप्पणी र प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌। जून १५, १९९६ को प्रहरीधरहरा, पृष्ठ ३२ मा दिइएको अनुभव पनि उल्लेख गर्नुहोस्‌।

२२ मि: चाहनुहुन्छ पुस्तिकाबाट अध्ययन सुरु गर्ने। अक्टोबर १९९९ को हाम्रो राज्य सेवकाई पृष्ठ ८ मा दिइएको लेखको पुनरावृत्ति भाषण। अनुच्छेद ६ मा दिइएको प्रस्तुतिको प्रदर्शन गर्नुहोस्‌। एक वा दुई जना प्रकाशकहरूले बाइबल अध्ययनहरू कसरी सुरु गरे, भन्‍न लगाउनुहोस्‌। साथै अध्ययन हप्तैपिच्छे कसरी कायम राखे, त्यो पनि बताउन लगाउनुहोस्‌।

गीत २०९ र समापन प्रार्थना।

जून १९ मा सुरु हुने हप्ता

गीत १४

१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट तथा त्रैमासिक लेखा परिक्षणको घोषणा। मण्डलीमा युवा जनहरूका प्रश्‍न अथवा युथ पुस्तक स्टकमा छन्‌ भने आगामी महिना ती पुस्तकहरूको पूरापूर फाइदा उठाउँदै कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शनद्वारा देखाउनुहोस्‌।

८ मि: प्रश्‍न पेटी। प्राचीनद्वारा भाषण।

२५ मि: “कसैले नबताईकन म कसरी . . . ?” सेवा निरीक्षकले प्रश्‍नोत्तरद्वारा छलफल गरेर सञ्चालन गर्नेछन्‌। हरेक अनुच्छेद ठूलो स्वरमा पढ्‌न लगाउनुहोस्‌ र अनुच्छेद ३, ४ र ७ मा दिइएका शास्त्रपदहरू पढाउनुहोस्‌। अनुच्छेद ६ छलफल गर्दा बप्तिस्मा प्राप्तहरूसित पुनः बाइबल अध्ययन सुरु गर्नु हुन्छ कि हुँदैन भन्‍ने विषयमा सेवा निरीक्षकको भूमिका के छ, बताउनुहोस्‌।—नोभेम्बर १९९८ हाम्रो राज्य सेवकाई-को प्रश्‍न पेटी हेर्नुहोस्‌।

गीत ८९ र समापन प्रार्थना।

जून २६ मा सुरु हुने हप्ता

गीत ३९

१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई जून महिनाको क्षेत्र सेवकाई रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। जुलाई महिनामा प्रस्तुत गरिने साहित्यहरूको पुनरावृत्ति गर्नुहोस्‌। उपलब्ध पुराना पुस्तिकाहरू देखाएर हरेकको उद्देश्‍यबारे छोटकरीमा बताउनुहोस्‌। तीमध्ये कुनै एउटा पुस्तिका, सेवकाईमा कसरी प्रस्तुत गर्न सकिन्छ, राम्ररी तयारी गरिएको प्रदर्शनद्वारा देखाउनुहोस्‌।

१८ मि: जवाफ दिने तरिका थाह पाउनुहोस्‌। (कल. ४:६) भाषण तथा श्रोतागणसित छलफल। कुनै व्यक्‍तिले गैरशास्त्रीय विवाद सुरु गर्दा तपाईं के गर्नुहुन्छ? रीजनिङ पुस्तकले व्यवहारिक सल्लाहहरू दिंदै अक्सर हामीलाई होसियारीसाथ जवाफ दिन मदत गर्छ। उदाहरणका लागि, हाम्रो शत्रु, मृत्युमाथि येशू ख्रीष्टको बलिदानद्वारा विजयी हुनसक्छौं भनेर विश्‍वास गरे पनि अरूचाहिं हाम्रो यस भवितव्यलाई कुनै पनि कुराले नामेट पार्न सक्दैन भनेर विश्‍वस्त भएका छन्‌। रीजनिङ पुस्तकको पृष्ठ १०३-४ र ३२१ मा दिइएको भाग “कसैले यसो भन्छ भने—” विषयक उपशीर्षक अन्तर्गत हामीले दिनसक्ने जवाफहरूबारे छलफल गर्नुहोस्‌। सबैलाई यो पुस्तक क्षेत्र सेवकाईमा सँगै लैजान प्रोत्साहन दिनुहोस्‌।

१७ मि: “के तपाईं पनि त्यहाँ उपस्थित हुनुहुनेछ?” भाषण तथा अनुभवहरू प्राचीनद्वारा सञ्चालन गरिनेछ। बाइबलकालीन समयदेखि अहिलेसम्म पनि परमेश्‍वरका जनहरूलाई बलियो बनाउन ठूलठूला जमघटहरूले प्रमुख भूमिका खेलेको छ। (प्रोक्लेमर्स पुस्तकको पृष्ठ २५४, अनुच्छेद १-३ र इन्साइट खण्ड १ पृष्ठ ८२१, अनुच्छेद ५ हेर्नुहोस्‌।) यस वर्षको जिल्ला अधिवेशनमा तीनै दिन उपस्थित हुन अहिलेदेखि नै तैयारी थालिहाल्न सबैलाई प्रोत्साहन दिनुहोस्‌। श्रोताहरूले आफू उपस्थित हुनका लागि गरेको भरमग्दुर प्रयासले विगतमा आध्यात्मिक तवरमा पुरस्कृत भएका अनुभवहरू बताउन लगाउनुहोस्‌।

गीत ४४ र समापन प्रार्थना।

जुलाई ३ मा सुरु हुने हप्ता

गीत २१३

१० मि: स्थानीय घोषणाहरू। चाहनुहुन्छ पुस्तिकाबाट अध्ययन सञ्चालन गरिरहेका प्रकाशकहरूलाई तिनीहरूले कसरी अध्ययन सुरु गर्नसके, भन्‍न आग्रह गर्नुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकताहरू।

२० मि: बाइबलका सिद्धान्तहरू पालन गर्दा पारिवारिक जीवन बलियो हुन्छ। रीजनिङ पुस्तकको पृष्ठ २५३-४ को ८ वटा बुँदाहरूलाई समावेश गर्दै दुई भाइले छलफल गर्नेछन्‌। पारिवारिक आनन्दको रहस्य परमेश्‍वरको वचनका सिद्धान्तहरू बुझ्नु र पालन गर्नुमा भर पर्छ भनेर बाइबल विद्यार्थीहरूलाई सिकाउनु किन महत्त्वपूर्ण छ, बताउनुहोस्‌। चाहनुहुन्छ पुस्तिकाको पाठ ८ चलाउँदै कसरी सिकाउन सकिन्छ, प्रदर्शन गर्नुहोस्‌। बाइबलका सल्लाहहरू पालन गर्ने परिवार घनिष्ठ हुन्छन्‌ र प्रेम अनि एकतामा बढ्‌दै जान्छन्‌। पारिवारिक आनन्द पुस्तकको अध्याय १३, अनुच्छेद १, २१-२ मा उल्लिखित अनुभवहरू पनि बताउनुहोस्‌।

गीत ५१ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने