प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 फेब्रुअरी पृ. ३-४
  • यहोवाको नाउँ अनि कार्यहरूबारे प्रचार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको नाउँ अनि कार्यहरूबारे प्रचार गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • ‘परमेश्‍वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
  • ‘सुसमाचारको साक्षी दिनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००८
  • यहोवाको उदेकका कार्यहरूबारे घोषणा गरिरहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००४
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 फेब्रुअरी पृ. ३-४

यहोवाको नाउँ अनि कार्यहरूबारे प्रचार गर्नुहोस्‌

१ “परमप्रभुमा धन्यवाद चढ़ाओ, उहाँको नाउँमा पुकारा गर। देश देशका मानिसहरूलाई उहाँका कार्यहरू प्रचार गर। . . . परमप्रभुलाई खोज्नेहरूको हृदय आनन्दित होस्‌।” (भज. १०५:१, ३) ती शब्दहरू लेख्ने भजनरचयिताले अरूलाई यहोवा र उहाँका “कार्यहरू[बारे]” बताउँदा असीम आनन्द पाउँथे। तर कस्ता कार्यहरू? ती पक्कै पनि परमेश्‍वरको महिमित राज्य तथा “उहाँले दिनुभएको उद्धार[सित]” सम्बन्धित कार्यहरू हुनुपर्छ।—भज. ९६:२, ३; १४५:११, १२.

२ सन्‌ २००१ मा सम्पन्‍न हुने स्मरणार्थ महिनातर्फ नजिकिंदै जाँदा हाम्रोलागि यहोवाले गर्नुभएका कार्यहरूमा रमाउने हामी थुप्रै कारण पाउने छौं। कसरी? प्रभुको साँझको भोज सबै साँचो मसीहीहरूका लागि यस वर्षको महान्‌ उत्सव हो भन्‍ने कुरामा कुनै सन्देह छैन। महत्त्व, उद्देश्‍य अथवा कार्यसिद्धिको दृष्टिकोणले योजस्तो अवसर अरू कुनै पनि छैन। यो, हाम्रो मुक्‍तिको निम्ति यहोवा र येशूले गर्नुभएका कार्यहरू सम्झने समय हो। तसर्थ, स्मरणार्थ उत्सवको दौडान हामीबाट “मुक्‍तिको सुसमाचार” अरूलाई प्रचार गरेर क्षेत्र सेवकाईमा अझ बढी भाग लिएको आशा गरिनु अव्यावहारिक नहोला!

३ के तपाईंले हायक अग्रगामी र्नुहुनेछ? गतवर्षको अप्रिल महिनामा ३,२८७ जनाले सहायक अग्रगामी गरे। कतै यस वर्षको मार्च र अप्रिललाई पनि सेवकाईमा अझ बढी भाग लिने विशेष महिनाहरू बनाउन सकिन्छ कि? मार्चमा पाँचवटा शनिबार पर्छन्‌ भने अप्रिलमा पाँचवटा आइतबार। सप्ताहन्तका सबै दिन सेवकाईमा बिताउने योजना बनाएर पूर्ण-समय जागिर खाने थुप्रै प्रकाशकले सहायक अग्रगामी गर्न सकिने रहेछ भनेर अनुभव गरेका छन्‌। महिनाको ५० घण्टा पुऱ्‍याउन सहायक अग्रगामीले हरेक हप्ता औसत १२ घण्टा प्रचार गर्नुपर्छ। पृष्ठ ४ मा दिइएको तालिकालाई राम्ररी ध्यान दिनुहोस्‌। यीमध्ये कुनै तालिका तपाईंको लागि उपयुक्‍त हुनसक्छ कि? सक्नुहुन्‍न भने, मार्च र अप्रिलको लागि तपाईंले आफूलाई मिल्ने खालको सहायक अग्रगामीको तालिका बनाउन सक्नुहुन्छहोला।

४ प्राचीनहरूले अहिलेदेखि नै सबैलाई सेवकाईमा अझ बढी भाग लिन उत्साहित गर्न र मदत दिन तयारी गर्न थाल्नुपर्छ। गतवर्ष सम्पूर्ण प्राचीन तथा सेवकाई सेवकहरूले सहायक अग्रगामीको काम गर्दा एउटा मण्डलीमा १२१ प्रकाशकमध्ये अप्रिलमा ६४ जना अग्रगामी भए! साथै, मार्च र अप्रिलमा छ जना बप्तिस्मा अप्राप्त प्रकाशकहरूले पनि रिपोर्ट खसालेको थाह पाउँदा त्यो मण्डली आनन्दले रमायो। साँच्चै, केटाकेटी तथा नयाँ व्यक्‍तिहरूले आफू पनि जन साक्षी दिने कार्यमा भाग लिन योग्य भए नभएको कुरा थाह पाउन प्राचीनहरूसित सोधपुछ गर्ने राम्रो मौका पनि यही हो।

५ अलि बढी यास गर्दा आशिष्‌ बर्सन्छ: विशेष लक्ष्य राख्ने र त्यसको लागि थप प्रयास गर्ने मण्डलीहरूमा आशिष्‌ बर्सनेछ। साक्षी दिने वैकल्पिक उपायहरू खोजेर, घरमा नभेटिनेहरू र हामी जान नसक्ने ठाउँका बासिन्दाहरूसित कुरा गर्न टेलिफोन चलाएर साक्षी दिने जस्ता प्रभावकारी माध्यम खोजेर केही मण्डलीहरूले कहिल्यै प्रचार नगरिएका क्षेत्रहरू ढाक्नेतर्फ जोड देलान्‌।

६ के अस्वस्थता अथवा वृद्धावस्थाले सेवकाईमा लाग्नदेखि बाधा पुऱ्‍याउनसक्छ? पुऱ्‍याउँछै भन्‍ने छैन। उदाहरणका लागि, ८६ वर्षीया क्यान्सरकी रोगी बहिनीले आफ्नो खुट्टा सुन्‍निएको भए तापनि अप्रिलमा सहायक अग्रगामी गरिन्‌। टेलिफोन साक्षी दिएर तिनले सेवकाईमा पूर्णतया भाग लिइन्‌ र यहोवाको अझ बढी प्रशंसा गरिन्‌। यसले गर्दा तिनी र तिनको मण्डलीमा एकदमै राम्रो प्रभाव पऱ्‍यो।

७ स्मरणार्थको लागि राम्रो तयारी गर्नुहोस्‌: यस वर्षको स्मरणार्थ अप्रिल ८ मा पर्छ। यो आइतबारको दिन परेकोले धेरै जना भेला हुन सक्नुपर्ने हो। हामीले (१) आफू उपस्थित भएर अनि (२) अरूलाई पनि स्मरणार्थमा आमन्त्रित गरेर आफ्नो दायित्व पूरा गऱ्‍यौं भने यो विशाल जमघट अद्‌भुतपूर्ण हुनसक्छ। हामी क-कसलाई बोलाउन सक्छौं?

८ तपाईंको व्यक्‍तिगत क्षेत्र सेवकाई रेकर्डमा हेर्नुहोस्‌ र सच्चाइमा अलिकता मात्र भए पनि चासो देखाएको तर नियमित तवरमा त्यति पुनःभेट नगरिएका व्यक्‍तिहरूको नाउँ टिप्नुहोस्‌। तिनीहरूलाई स्मरणार्थको दुई वा तीन हप्ताअगाडिदेखि नै स्मरणार्थमा उपस्थित हुन निमन्त्रणा दिनजानेतर्फ विशेष ध्यान दिनुहोस्‌। तपाईंको परिस्थितिले दिन्छ भने उपस्थित हुन इच्छुक व्यक्‍तिहरूको लागि यातायातको प्रबन्ध गरिदिने प्रस्ताव राख्नुहोस्‌।

९ केही मण्डलीहरूमा सम्पूर्ण स्मरणार्थ निमन्त्रणा पर्चीहरूको प्रयोग गरिसकिएको हुँदैन। मण्डलीका सचिवहरूले निमन्त्रणा पर्चीहरू सबै वितरण गरी सिध्याउन मिल्ने गरी ठीक समयमा उपलब्ध गराउनुपर्छ। तपाईं ती निमन्त्रणा पर्चीहरूको मुन्तिर स्मरणार्थ हुने स्थान र समय टाइप गर्न वा सफासित लेख्न चाहनुहुन्छ होला। अथवा स्मरणार्थ उत्सव राज्यभवनमै मनाउने हो भने राज्यभवनको ठेगाना छापिएको ह्‍याण्डबिल त्यससित समावेश गर्न सक्नुहुन्छ। एउटा कुरा नबिर्सनुहोस्‌, स्मरणार्थको निमन्त्रणा पर्ची घरधनीलाई व्यक्‍तिगत तवरमै भेटेर दिनुहोस्‌।

१० निष्क्रिय प्रकाशकहरूलाई बिर्सनुहस्‌: बाइबल विद्यार्थीले आफूलाई यहोवामा समर्पण गरेर बप्तिस्मा लिनु साँच्चै आनन्दको कुरा हो। तथापि, हरेक वर्ष कोही कोही हामीसित संगत गर्न छाड्‌छन्‌ र यहोवाको नाउँ र उहाँका कार्यहरूबारे अरूलाई बताउन छाड्‌छन्‌। त्यतिबेला हामी चिन्तित हुनु जायजै हो। प्रायजसो निष्क्रिय प्रकाशकहरूले सच्चाइलाई पूर्णतया त्यागिसकेका हुँदैनन्‌ बरु, निरुत्साहित भएकाले व्यक्‍तिगत समस्या वा जीवनका अन्य फिक्रीहरूका कारण प्रचार गर्न छाडेका हुनसक्छन्‌। (मत्ती १३:२०-२२) ती आध्यात्मिक तवरमा कमजोर भएका व्यक्‍तिहरूलाई शैतानले आफ्नो आहारा बनाउनुअघि नै मण्डलीमा फर्काउन मदत गर्नुपर्छ। (१ पत्रु. ५:८) यस स्मरणार्थ महिनामा सम्पूर्ण योग्य निष्क्रिय प्रकाशकहरूलाई फेरि सुसमाचार प्रचार कार्यमा सहभागी गराउन हामी विशेष परिश्रम गर्नेछौं।

११ मण्डलीका सचिवहरूले मण्डली पुस्तक अध्ययन समूहका सञ्चालकलाई तिनको समूहको कुनै व्यक्‍ति निष्क्रिय हुने बित्तिकै सजग गराउनुपर्छ। मण्डलीको सेवा समितिले सम्पूर्ण निष्क्रिय प्रकाशकहरूकहाँ गोठालो भेट गर्न जाने प्रबन्ध मिलाउनेछन्‌। उक्‍त व्यक्‍तिले व्यक्‍तिगत बाइबल अध्ययनबाट फाइदा उठाउला जस्तो लागेमा कसलाई अध्ययन सञ्चालन गर्न लगाउँदा बेस होला भनेर सेवा समितिका अन्य सदस्यहरूसित सल्लाह गरिसकेपछि सेवा निरीक्षकले मदतको प्रबन्ध मिलाउनेछन्‌। उक्‍त अध्ययन लामो अवधिसम्म गरिरहनु नपर्ने भए तापनि अध्ययन गर्न खटाइएको भाइ वा बहिनीले समय, पुनःभेट तथा बाइबल अध्ययनको रिपोर्ट खसाल्न सक्छन्‌।

१२ गत अप्रिलमा घर घरको प्रचार कार्य गरिरहेकी बहिनीले एक जना युवकलाई बाटोमा पत्रिका दिइन्‌। उनकी श्रीमती एक जना निष्क्रिय साक्षी हुन्‌ भनेर उनले बताए। साथै राज्य भवन कहाँ पर्छ भनेर सोधे र उक्‍त बहिनीलाई आफू र आफ्नो श्रीमतीसित भेटघाट गर्न आउन आग्रह गरे। परिणामस्वरूप, ती दम्पती अर्को सभामा भेला भए र बाइबल अध्ययन गर्न राजी भए।

१३ थप क्रियाकलापको लागि तयार हुनुहोस्‌! यहोवाको नाउँ र उहाँका कार्यहरूबारे हामीले अरूलाई प्रचार गर्नुपर्छ भनेर बताउने भजनरचयिताले अझ यसो भने: “उहाँको निम्ति गाओ, उहाँको निम्ति स्तुति गाओ। उहाँको सबै आश्‍चर्यकाममा ध्यान देओ। उहाँकै पवित्र नाउँमा तिमीहरू घमण्ड गर।” (भज. १०५:२, ३) आउनुहोस्‌, हामी सेवकाईमा अझ परिश्रम गरौं अनि यस स्मरणार्थ महिनालाई अहिलेसम्मको सबैभन्दा ठूलो उत्सव बनाएर यहोवाको महान्‌ नाउँ र उहाँका “आश्‍चर्यकाम[हरूमा]” ध्यान देऔं!

[पृष्ठ ४-मा भएको पेटी]

सहायक अग्रगामी हुन हप्तामा १२ घण्टा प्रचार गर्न तालिका मिलाउने विभिन्‍न तरिका

दिन घण्टा

सोमबार १ २ — —

मंगलबार १ — ३ —

बुधबार  १ २ — ५

बिहिबार  १ — ३ —

शुक्रबार १ २ — —

शनिबार ५ ४ ३ ५

आइतबार २ २ ३ २

जम्मा: १२ १२ १२ १२

के यीमध्ये कुनै तालिका तपाईंको लागि उपयुक्‍त छ? छैन भने, आफ्नै तालिका बनाए कसो होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने