सेवा सभाको तालिका
सूचना: अधिवेशन हुने महिनाहरूको दौडान प्रत्येक हप्ताको लागि हाम्रो राज्य सेवकाई-मा सेवा सभाको तालिका दिइनेछ। “ईश्वरीय आज्ञाकारिता” विषयको जिल्ला अधिवेशनमा उपस्थित हुनको लागि मण्डलीहरूले आवश्यक छाँटकाँट गर्न सक्छन्। उपयुक्त भएमा, यस महिनाको परिशिष्टमा दिइएका स्थानीय तवरमा लागू हुने सल्लाह तथा सम्झौटाहरू पुनः दोहोऱ्याउनको लागि अधिवेशनअघिको सेवा सभामा १५ मिनेट छुट्याउनुहोस्। अधिवेशन सिद्धिएको एक वा दुई महिनापछि प्रकाशकहरूलाई क्षेत्र सेवकाईमा उपयोगी लागेको अधिवेशनका विशेषताहरू पुनरावलोकन गर्न सेवा सभामा (सम्भवतः स्थानीय आवश्यकताको भाग प्रयोग गरेर) १५ देखि २० मिनेट समय छुट्याउनुहोस्। विशेष सेवा सभाको भागले अधिवेशनमा सिकेका कुराहरू हामीले कसरी प्रयोग गरिरहनुका साथै हाम्रो सेवकाइलाई कसरी अझ प्रभावकारी बनाउन मदत गरेको छ, त्यसबारे बताउने मौका दिनेछ।
अप्रिल ११ मा सुरु हुने हप्ता
गीत २ (१५)
१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अप्रिल १५ को प्रहरीधरहरा र अप्रिल ८ को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्त हुन्छ भने) दिइएका सुझावहरू चलाउनुहोस्। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। एउटा प्रदर्शनमा प्रकाशकले सडक साक्षी दिइरहेको देखाउनुहोस्।
१५ मि: “प्रचारकार्यमा लागिरहनुहोस्।”a समयले भ्याएमा उल्लिखित शास्त्रपदहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
२० मि: “नयाँ पुस्तिका वितरण गर्ने विशेष अभियान।”b यसलाई सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। सुझावित प्रस्तुतिहरू प्रदर्शन गरेर देखाउनुहोस्। एउटा प्रदर्शनमा घरधनीले धर्मशास्त्रीय प्रस्तुतिमा अलि-अलि मात्र चासो देखाउँछन् र तिनलाई पुस्तिकाको सट्टा एउटा पर्चा दिइन्छ।
गीत ६ (४५) र समापन प्रार्थना।
अप्रिल १८ मा सुरु हुने हप्ता
गीत १५ (१२७)
१० मि: स्थानीय घोषणाहरू। नयाँ पुस्तिका वितरण गर्ने विशेष अभियानको लागि गरिएका प्रबन्धहरू संक्षिप्तमा पुनरावृत्ति गर्नुहोस्। नयाँ पुस्तिका प्रस्तुत गरिरहेको देखाउनुहोस् जसले स्थानीय इलाकामा राम्रो परिणाम प्राप्त गरिरहेको छ।
२० मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग ८।”c एक जना प्रकाशकले नयाँ बाइबल विद्यार्थीलाई यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? भन्ने पुस्तिका दिएको एउटा छोटो प्रदर्शन समावेश गर्नुहोस्। प्रकाशकले यस पुस्तिकाको पृष्ठ २० मा भएको चित्रतर्फ ध्यानाकर्षित गरेपछि जन सभाबारे छोटकरीमा बताउँछन्। तिनले आउँदो जनभाषणको विषय बताउनुका साथै विद्यार्थीलाई त्यस जनभाषणमा आमन्त्रित गर्छन्।
१५ मि: स्थानीय अनुभवहरू। नयाँ पुस्तिका वितरण गर्ने विशेष अभियानको दौडान बटुलेका अनुभवहरू बताउन मण्डलीलाई आमन्त्रित गर्नुहोस्। उत्कृष्ट अनुभवहरूलाई पुनःअभिनय गरेर देखाउन अग्रिम प्रबन्ध मिलाउनुहोस्। मण्डलीमा पुस्तिकाहरू कम छन् भने अतिरिक्त प्रतिहरू लिटरेचर काउण्टरमा फर्काउन आग्रह गर्नुहोस्।
गीत १७ (१८७) र समापन प्रार्थना।
अप्रिल २५ मा सुरु हुने हप्ता
गीत ८ (५३)
१५ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र अनुदानको लागि मूल्याङ्कनस्वरूप पठाइने पत्र पढ्नुहोस्। अप्रिल महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्। पृष्ठ ८ मा (तपाईंको मण्डलीको इलाकामा उपयुक्त हुन्छ भने) दिइएका सुझावहरू चलाउँदै मे १ को प्रहरीधरहरा र मे ८ को ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ। एउटा प्रदर्शनमा “मलाई चासो छैन” भन्ने वार्तालाप बाधकलाई कसरी जवाफ दिन सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्। (कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने, पृष्ठ ८ हेर्नुहोस्।) क्षेत्रका मानिसहरूको सजिलै ध्यानाकर्षित गर्ने खालका लेखहरूबारे बताउनुहोस्।
३० मि: “ठूलो समुदायमा यहोवालाई धन्यवाद चढाउनुहोस्।”d यसलाई मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। आफ्नो मण्डलीलाई खटाइएको अधिवेशनबारे बताउनुहोस्। संख्याद्वारा इङ्गित गरिएका अनुच्छेदहरूलाई प्रहरीधरहरा अध्ययनजस्तो गरी छलफल गर्नुहोस्। पढ्न खटाइएको व्यक्तिलाई अनुच्छेदहरू पढ्न लगाउनुहोस्। “जिल्ला अधिवेशनका सम्झौटाहरू” भन्ने पेटी पुनरावलोकन गर्नुहोस्।
गीत १६ (१४३) र समापन प्रार्थना।
मे २ मा सुरु हुने हप्ता
गीत १८ (१६२)
१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ६ मा भएको “जागा रहो! पुस्तिका अध्ययन गर्ने” भन्ने लेख संक्षिप्तमा पुनरावृत्ति गर्नुहोस्। यस विषयवस्तुमा यो पुस्तिका छलफल गर्नको लागि तालिका पनि दिइएको छ भनी बताउनुहोस्। मे २३ को हप्तादेखि सुरु हुने हरेक अध्ययनको लागि राम्रो तयारी गर्न र त्यसमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्।
२० मि: नयाँ पुस्तिका चलाएर चासो जगाउनुहोस्। सेवा निरीक्षकले यसलाई भाषण तथा श्रोताहरूसितको छलफलको रूपमा सञ्चालन गर्नेछन्। जागा रहो! पुस्तिकामा भएका केही पेटीहरूबारे प्रकाश पार्नुहोस् र पुनःभेटमा जाँदा ती कसरी प्रयोग गर्न सकिन्छ छलफल गर्नुहोस्। स्थानीय इलाकाका मानिसहरूलाई कुनचाहिं पेटीका कुराहरूले बढी चासो जगाउलान् जस्तो लाग्छ त्यसबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। कुनै पनि पेटी चलाएर पुनःभेट गरेको एउटा प्रदर्शन देखाउनुहोस्। अर्को चोटि आउँदा छलफल गर्ने पेटीतिर घरधनीको ध्यानाकर्षित गर्दै प्रकाशकले आफ्नो प्रस्तुति टुङ्ग्याउँछन्। पछि हुने सेवा सभामा त्यस भेटबारे प्रदर्शन समावेश गरिनेछ।
१५ मि: “भलाइ गर्नुहोस् र आफूसँग भएका कुरा बाँडचुँड गर्नुहोस्।”e हामीले अरूलाई मदत गर्न सक्ने व्यावहारिक तरिकाहरूबारे बताउँदै विषयवस्तु कसरी स्थानीय तवरमा लागू हुन्छ बताउनुहोस्।
गीत ११ (८५) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।