प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 फेब्रुअरी पृ. ३-४
  • “संसारको ज्योतितिर” ध्यान खिच्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “संसारको ज्योतितिर” ध्यान खिच्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • ‘परमेश्‍वरको वचन सम्पूर्ण रूपले प्रचार गर्नुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
  • तपाईं सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 फेब्रुअरी पृ. ३-४

“संसारको ज्योतितिर” ध्यान खिच्नुहोस्‌

१. परमेश्‍वरको वचनमा कुन ठूलो ज्योतिबारे भविष्यवाणी गरिएको थियो र कुन अवसरमा त्यस ज्योतितिर अरूको ध्यान खिच्न हामी मौका पाउँछौं?

१ यहोवाले अगमवक्‍ता यशैयाको मुखबाट यस्तो भविष्यवाणी गर्नुभयो: “अन्धकारमा हिंड्‌ने मानिसहरूले एउटा ठूलो ज्योति देखे, मृत्युको छायाको देशमा बसोबासो गर्नेहरूमाथि ज्योतिको प्रकाश भयो।” (यशै. ९:२) परमेश्‍वरको पुत्र येशू ख्रीष्टको काम र व्यवहारमा त्यो “ठूलो ज्योति” छर्लङ्‌गै देखियो। पृथ्वीमा हुनुहुँदा उहाँको प्रचारकार्य र बलिदानले आध्यात्मिक अन्धकारमा डुबिरहेकाहरूलाई उज्यालो दियो। आजको अन्धकारमा मानिसहरूलाई त्यस्तै ज्योति चाहिएको छ। प्रभुको साँझको भोजले मानिसहरूलाई “संसारको ज्योतितिर” खिच्ने मौका दिन्छ। (यूह. ८:१२) “मेरो सम्झनामा यो गर्नेगर” भन्‍ने येशूको आज्ञा पालन गर्न गत वर्ष हामीसित हातेमालो गरेर लाखौंले आफ्नो विश्‍वास देखाए। (लूका २२:१९) यस वर्षको स्मरणार्थ उत्सव पनि नजिकिंदै छ। यहोवाले चम्काउनुभएको त्यो ठूलो ज्योतितिर अरूको ध्यान खिच्न हामी के गर्न सक्छौं?—फिलि. २:१५.

२. छुडौतीको बलिदानप्रतिको श्रद्धालाई कसरी झन्‌ गहिरो पार्न सक्छौं र परिणाम के हुन्छ?

२ अनमोल ठान्‍नुहोस्‌: छुडौतीको बलिदानको प्रबन्ध गर्नुभएर यहोवा र येशूले मानिसलाई महान्‌ प्रेम देखाउनुभयो। त्यो महान्‌ प्रेममा मनन गर्ने ठूलो मौका कहिले हो? पक्कै पनि स्मरणार्थको बेला नै हो। (यूह. ३:१६; २ कोरि. ५:१४, १५) यसरी मनन गर्दा हाम्रो हृदयमा यो पवित्र उत्सवप्रतिको श्रद्धा झन्‌ गहिरिन्छ। त्यसैले परमेश्‍वरका जन हो, दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकामा दिइएको स्मरणार्थ बाइबल पढाइ पढ्‌न र त्यसमा मनन गर्न नछुटाउनुहोस्‌। छुडौतीको बलिदानमा छर्लङ्‌गै देखिने यहोवाका अतुलनीय गुनहरूमा एकछिन घोरिनुहोस्‌ त! उहाँको जन हुन पाएकोमा हामीलाई कत्ति गर्व लाग्छ! छुडौतीको बलिदानले आफ्नो लागि के अर्थ राख्छ भनी मनन गर्दा परमेश्‍वर र उहाँका पुत्रप्रतिको माया झन्‌ बढ्‌छ र उहाँको इच्छा पूरा गर्न आफूलाई अर्पण गर्छौं।—गला. २:२०.

३. स्मरणार्थ उत्सवलाई गहिरो श्रद्धा गर्छौं भनेर कसरी देखाउने?

३ मुक्‍तिको लागि परमेश्‍वरले गर्नुभएको प्रबन्धप्रति अगाध श्रद्धाले गर्दा बाइबल विद्यार्थी, पुनःभेट, आफन्त, छिमेकी, सहपाठी, सहकर्मी र भेटेजति सबैलाई स्मरणार्थ उत्सवमा निम्त्याउन जोसिन्छौं। (लूका ६:४५) स्मरणार्थको निम्तो दिन तत्पर हुनुहोस्‌। निम्तो-पर्ची पनि दिनुहोस्‌। निम्तो-पर्ची दिंदा निम्तालुहरूले बिर्संदैनन्‌। कसैलाई पनि नछुटाउन के गर्ने? थुप्रैले सधैं बोलाइने निम्तालुहरूको सूची बनाउनु मदतकारी पाएका छन्‌। उनीहरू सूचीमा हरेक वर्ष नयाँ व्यक्‍तिहरूको नाउँ पनि थप्छन्‌। एक जना पनि नछुट्‌ने गरी इच्छुकहरूलाई निम्तो दिनु “बयान गरी नसक्ने वरदानको” लागि यहोवा परमेश्‍वरलाई आभार व्यक्‍त गर्ने एउटा उत्तम तरिका हो।—२ कोरि. ९:१५.

४. मार्च र अप्रिल महिनामा धेरैभन्दा धेरै समय सेवकाईमा बिताउन हामीलाई कुन प्रबन्धले मदत गर्न सक्छ?

४ सेवकाईमा बढी समय बिताउनुहोस्‌: के मार्च र अप्रिलमा सेवकाईमा अझ बढी समय बिताउन तयार हुनुहुन्छ? अरूलाई “[ख्रीष्टको] महिमाको सुसमाचार” बताउँदा परमेश्‍वरबाट अवश्‍यै आशिष्‌ पाउनेछौं। आध्यात्मिक ज्ञानको स्रोत यहोवा यसो भन्‍नुहुन्छ: “अँध्यारोबाट ज्योति चम्कनेछ।” (२ कोरि. ४:४-६) आवश्‍यकताअनुसार प्राचीनहरूले क्षेत्र सेवाका थप प्रबन्धहरू मिलाउनेछन्‌ र यस काममा उनीहरू आफै अगुवाइ लिन्छन्‌। यस प्रबन्धले गर्दा क्षेत्र सेवामा बढी समय बिताउन चाहनेहरूले मनग्गे प्रचार गर्न पाउनेछन्‌। प्रबन्ध कसरी मिलाउने? बिहानै सडक साक्षी दिने, व्यापारिक इलाकामा प्रचार गर्ने र दिउँसो वा साँझ टेलिफोन साक्षी दिने आदि प्रबन्ध मिलाउन सकिन्छ। सेवकाईमा बढी समय बिताउन आफूले गर्नसक्ने जति मात्र समय बिताउने लक्ष्य राख्नुहोस्‌ र यसलाई पूरा गर्न कडा परिश्रम गर्नुहोस्‌। यहोवालाई धेरैभन्दा धेरै सेवा चढाउन थुप्रै मसीहीहरू सहायक अग्रगामी गर्छन्‌।—कल. ३:२३, २४.

५. सहायक अग्रगामीहरूले बुझाउनुपर्ने घण्टा घटाइएपछि थुप्रैले कसरी लाभ उठाइरहेका छन्‌?

५ सहायक अग्रगामी बन्‍ने कि? सहायक अग्रगामीहरूले बुझाउनुपर्ने घण्टा घटाइएको सात वर्ष कटिसक्यो। यो प्रबन्धले गर्दा थुप्रैले सहायक अग्रगामी सेवा गरेर लाभ र आशिष्‌ पाएका छन्‌। के तपाईं पनि सहायक अग्रगामी बन्‍ने जमर्को गर्दै हुनुहुन्छ? कतिले वर्षैपिच्छे गर्ने गर्छन्‌। थुप्रै मण्डलीमा एकैपटक धेरै जना अग्रगामी बन्छन्‌। त्यस बेला मण्डलीको रौनकता नै अर्कै हुन्छ। स्मरणार्थको महिनामा सहायक अग्रगामी सेवा गर्ने योजना बनाउनुभए कसो होला? अप्रिलमा सहायक अग्रगामी सेवा गर्नु सजिलो पनि छ, किनकि यस महिनामा पाँच सप्ताहन्त पर्छ।

६. खुसीको कस्ता प्रबन्धहरू गरिएका छन्‌?

६ के मार्च वा अप्रिलमा तपाईंको मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण हुँदैछ? छ भने, थप सुअवसर पाउनुहुनेछ। पूर्व घोषणाअनुसार, सन्‌ २००६ को सेवा वर्षको दौडान सहायक अग्रगामी सेवा गरिरहेकाहरूले क्षेत्रीय भ्रमणको हप्तामा हुने अग्रगामीहरूको सभाको आधा भागसम्म बस्न पाउनेछन्‌। त्यस सभामा पाइने खँदिलो आध्यात्मिक जानकारीले थुप्रै सहायक अग्रगामीहरूलाई नियमित अग्रगामी बन्‍न मदत गर्नेछ। त्यसबाहेक, मार्च महिनामा बाइबलले वास्तवमा के सिकाउँछ? किताब चलाएर थुप्रैलाई आध्यात्मिक ज्योतिमा लैजाने मौका पाउनेछौं। उसो भए, यस नयाँ किताबबाट बाइबल अध्ययन थाल्ने लक्ष्य किन नराख्ने?

७, ८. (क) सहायक अग्रगामी सेवा गर्नको लागि तालिका बनाउन केले मदत गर्न सक्छ? (ख) परिवारका सबै सदस्यको आपसी सहयोगले कसरी सहायक अग्रगामी गर्न मदत पुग्छ र त्यसले कसरी परिवारलाई फाइदा गर्छ?

७ सहायक अग्रगामीको लागि पुऱ्‍याउनुपर्ने ५० घण्टालाई विचार गर्दै हप्ताको १२ घण्टा सेवकाईमा बिताउने तालिका बनाउनुहोस्‌। यसबारे सहायक अग्रगामीहरू लगायत अरूको पनि राय बुझ्नुहोस्‌। यसो गर्दा तिनीहरू पनि सहायक अग्रगामी बन्‍न उत्प्रेरित हुन सक्छन्‌। राम्रो योजना बनाएमा यो प्रशंसनीय सेवा गर्न गाह्रो हुँदैन भनी थुप्रै जवान तथा पाका प्रकाशकहरूले अनुभव गरेका छन्‌। प्रार्थना गर्नुहोस्‌, राम्रो योजना बनाउनुहोस्‌ र सहायक अग्रगामी सेवाको आनन्द लिनुहोस्‌!—मला. ३:१०.

८ थुप्रै परिवारमा आपसी सहयोगले गर्दा कम्तीमा पनि एक जनाले सहायक अग्रगामी सेवा गर्न सकेका छन्‌। एक परिवारका बप्तिस्माप्राप्त पाँचै जनाले सहायक अग्रगामी बन्‍ने निर्णय गरे। अनि बप्तिस्मा नलिएका दुई जना बच्चाहरूले चाहिं सेवकाईमा बढी समय बिताउने प्रयास गरे। त्यस परिवारले कस्तो लाभ उठाए? तिनीहरूले लेखे: “साँच्चै त्यो महिना आनन्दै-आनन्द महसुस गऱ्‍यौं। पारिवारिक बन्धन बलियो भयो। अद्‌भुत आशिष्‌ दिनुभएकोमा यहोवालाई मुरीमुरी धन्यवाद!”

९. स्मरणार्थको महिनामा हामी कसरी ज्योति चम्काउन सक्छौं?

९ के मार्च र अप्रिलको विशेष सेवकाईले हामीलाई यहोवाको नजिक पुऱ्‍याउनेछ? यो कुरा, परमेश्‍वर र उहाँका पुत्रलाई अझ गहिरो प्रेम गर्ने अनि सेवकाईमा अझ बढी लाग्ने हाम्रो प्रयासमा भर पर्नेछ। हाम्रो संकल्प भजनरचयिताको जस्तै होस्‌। तिनले यसरी गाए: “म मेरो मुखले परमप्रभुमा पूरा धन्यवाद चढाउनेछु, धेरै भीडको बीचमा म उहाँको प्रशंसा गर्नेछु।” (भज. १०९:३०) स्मरणार्थको महिनामा हाम्रो जोसिलो काममा यहोवाले आशिष्‌ दिनुहुनेछ। त्यसैले, थुप्रैलाई अँध्यारोबाट उज्यालोमा निक्लन र “जीवनको ज्योति” पाउन मदत गर्न त्यो ठूलो ज्योति चम्काऔं!—यूह. ८:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने