प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मार्च p. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००८
  • उपशीर्षकहरू
  • मार्च १० मा सुरु हुने हप्ता
  • मार्च १७ मा सुरु हुने हप्ता
  • मार्च २४ मा सुरु हुने हप्ता
  • मार्च ३१ मा सुरु हुने हप्ता
  • अप्रिल ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००८
km08 मार्च p. २

सेवा सभाको तालिका

मार्च १० मा सुरु हुने हप्ता

गीत २२ (१३०)

१० मि: स्थानीय घोषणा। पृष्ठ ८ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर मार्च १ को प्रहरीधरहरा प्रस्तुत गर्ने तरिका देखाउनुहोस्‌। प्रदर्शनीमा स्मरणार्थ उत्सवको निम्तो दिएको पनि समावेश गर्नुहोस्‌।

२० मि: यहोवाले हामीलाई कसरी डोऱ्‍याउँदै हुनुहुन्छ? मार्च १५, २००० को प्रहरीधरहरा पृष्ठ १५-२० मा आधारित भाषण तथा छलफल। कुनै पनि सभा नछुटाएकोले कस्तो लाभ उठाएका छन्‌ र नछुटाईकन सबै सभा जानको लागि झेल्नुपर्ने समस्याहरूको सामना कसरी गर्न सकेका छन्‌, श्रोताहरूलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

१५ मि: “हामी यहोवालाई केही दिन सक्छौं।”a समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोताहरूलाई आग्रह गर्नुहोस्‌।

गीत १६ (१४३)

मार्च १७ मा सुरु हुने हप्ता

गीत ४ (४३)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: प्रश्‍न पेटी। यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। लेख पढेर छलफल गर्नुहोस्‌।

२० मि: “स्मरणार्थमा उपस्थित हुनेहरूलाई हामी कसरी मदत गर्न सक्छौं?”b अनुच्छेद ५ छलफल गर्दा स्मरणार्थमा उपस्थित भएका आगन्तुकसँग कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, छोटो प्रदर्शनी देखाउनुहोस्‌।

गीत २३ (२००)

मार्च २४ मा सुरु हुने हप्ता

गीत ८ (५३)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। पृष्ठ ८ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर अप्रिल १ को प्रहरीधरहरा प्रस्तुत गर्ने तरिका देखाउनुहोस्‌।

२० मि: “क्षेत्रमा हुँदा विवेकी हुने।” स्रोतासित छलफल। यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। लेखलाई स्थानीय परिस्थितिअनुसार लागू गर्नुहोस्‌। क्षेत्र सेवामा विवेकी हुन स्रोताहरूलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: हामी कल्याणको शुभसमाचार ल्याउँछौं। एक मिनेटभन्दा छोटो परिचय दिंदै जुलाई १, २००५ को प्रहरीधरहरा पृष्ठ १८-१९, अनुच्छेद १०-१४ मा आधारित भाषण। यसलाई प्राचीनले प्रस्तुत गर्नुपर्छ। पहिलो पटक राज्य सन्देश सुन्दा कसरी सान्त्वना र आशा पाए, श्रोताहरूलाई सोध्नुहोस्‌।

गीत १८ (१६२)

मार्च ३१ मा सुरु हुने हप्ता

गीत ९ (३७)

१० मि: स्थानीय घोषणा। मार्च महिनाको क्षेत्र सेवा रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌।

२० मि: “परिचालक निकायको पत्र।” भाषण र छलफल।

१५ मि: “प्रचारमा सँगै जाँदा एउटाले अर्कोलाई दह्रिलो पार्नुहोस्‌।”c

गीत ११ (८५)

अप्रिल ७ मा सुरु हुने हप्ता

गीत १७ (१८७)

नोट: अप्रिल ७ को हप्ताभन्दा अघि जिल्ला अधिवेशनसम्बन्धी जानकारीहरू बताउनु हुँदैन। अप्रिल ७ को हप्तामा क्षेत्रीय निरीक्षकको भ्रमण पर्छ भनेमात्र त्यो हप्ताको सेवा सभाको कार्यक्रम अगाडि सार्न सकिन्छ। नत्रभने जस्ताको तस्तै राख्नुपर्छ। आवासको लागि सिफारिस गरिएका होटलहरूको सूची पाउने बित्तिकै सूचना-पाटीमा टाँस्नुपर्छ। क्षेत्रीय सम्मेलन परेकोले अप्रिल ७ को हप्ताको सेवा सभा सञ्चालन गरिएको छैन भने पुस्तक अध्ययन निरीक्षकहरूले आ-आफ्नो समूहमा जिल्ला अधिवेशनको मिति र ठाउँबारे घोषणा गर्नुपर्छ। उपलब्ध छ भने आवासको लागि सिफारिस गरिएका होटलहरूको सूची प्रत्येक पुस्तक अध्ययन निरीक्षकलाई एक-एकप्रति दिनुपर्छ। यसो गर्दा त्यस पुस्तक अध्ययन समूहका सबैले होटल बुकिङ गर्न फोन नम्बर टिप्न सक्छन्‌। तर प्रकाशकहरूलाई भने यो सूचीको प्रति दिन मिल्दैन।

५ मि: स्थानीय घोषणा।

१५ मि: बप्तिस्मा लिन किन ढिला गर्ने? जुलाई १, २००६ को प्रहरीधरहरा पृष्ठ ३०-३१, अनुच्छेद १४-१७ मा आधारित भाषण। यसलाई प्राचीनले प्रस्तुत गर्नुपर्छ। जवान अवस्थामै बप्तिस्मा लिएका एक-दुई जनाको छोटो अन्तरवार्ता लिनुहोस्‌। यति सानो उमेरमै बप्तिस्मा जस्तो महत्त्वपूर्ण कदम चाल्न किन तयार भए? आध्यात्मिक रूपमा परिपक्व हुँदा सुरक्षित भइन्छ। बप्तिस्माले तिनीहरूलाई कसरी आध्यात्मिक रूपमा परिपक्व हुन मदत गऱ्‍यो?

२५ मि: “यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन २००८।”d मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। यो परिशिष्टको लेख छलफल गर्नुअघि फेब्रुअरी १५, २००८ को अधिवेशन असाइनमेन्ट पत्र पढेर सुनाउनुहोस्‌। परिशिष्टको अनुच्छेद ७ छलफल गर्दा पृष्ठ ४ मा भएको “आवाससम्बन्धी निर्देशन” र “होटल बुकिङ गर्ने तरिका” भन्‍ने पेटी पढेर सुनाउनुहोस्‌। यदि तपाईंको मण्डली अधिवेशन हुने सहरमै पर्छ र होटलको आवश्‍यकता छैन भने यो जानकारी पढ्‌नु पर्दैन। अधिवेशनको लागि छिट्टै तयारी गरेकोमा सबैलाई धन्यवाद दिनुहोस्‌।

गीत २८ (२२४)

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने