प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जनवरी p. २
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍नपेटी
    हाम्रो राज्य सेवकाई—२०००
  • तपाईँले यहोवाका साक्षीहरूको सभाबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • पवित्र वाणीमा ध्यान दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२०००
  • सुसमाचार योग्य चालचलन देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 जनवरी p. २

प्रश्‍न पेटी

◼ मण्डलीका सभाहरूमा सिक्ने उपयुक्‍त वातावरण कायम राख्न सबैले कसरी मदत गर्न सक्छन्‌? (व्यव. ३१:१२)

यहोवा र उहाँले प्रबन्ध गर्नुभएको मण्डलीका सभाहरूप्रतिको गहिरो आदरको कारण सबै जनालाई सभा सुरु हुनुभन्दा अघि नै उपस्थित हुन र उहाँबाट सिक्न तयार हुन प्रोत्साहन दिइन्छ। हलको पछिल्तिरका सिट साना बालबच्चा भएका आमाबाबु तथा ढिलो आउन सक्नेहरूका लागि छोडिदिएर अघिल्तिरका सिटहरू ओगट्‌नु मदतकारी हुन्छ। सभा सुरु हुनुअघि नै इलेक्ट्रोनिक सर-सामानलाई श्रोताहरूको ध्यान नखलबलिने तरिकामा मिलाउनुपर्छ। सभाको समयभरि नै उपस्थित सबैले श्रद्धाभाव कायम राखेमा त्यति धेरै खलबल हुन पाउँदैन।—उप. ५:१; फिलि. २:४.

नयाँ व्यक्‍तिहरू सभामा उपस्थित हुन थाल्दा उनीहरूलाई चिन्‍ने मण्डलीका कुनै भाइ वा बहिनी उनीहरूसितै बस्न सक्छन्‌। प्रशिक्षण दिनुपर्ने साना बालबच्चा छन्‌ भने यो झनै मदतकारी हुनेछ। सभामा उपस्थित हुनु उक्‍त परिवारको लागि नयाँ अनुभव हुन सक्छ। त्यसकारण सायद उनीहरूलाई पछाडितिर बस्न सजिलो लाग्न सक्छ जसले गर्दा साना बालबच्चाको हेरविचार गर्न केही समयको लागि हल छोडेर बाहिर जानु परे तापनि अरूको ध्यान त्यति खलबलिन पाउँदैन। (हितो. २२:६, १५) साना बालबच्चा भएका परिवारहरू छुट्टै कोठामा बस्नुहुँदैन। यसरी छुट्टै कोठामा बसेमा बच्चाहरूले हल्ला गर्न स्वतन्त्र भएको महसुस गर्न सक्छन्‌। छोराछोरीलाई अनुशासन दिनुपरेमा वा उनीहरूको अन्य आवश्‍यकता पूरा गर्नुपरेमा हलबाट बाहिर जानु र त्यसपछि उनीहरूसँगै हलमा आउनु आमाबाबुको लागि बेस हो।

परिचारकहरूले उपासनाको घरको लागि उपयुक्‍त वातावरण कायम राख्न सेवा गर्छन्‌। तिनीहरू परिवारहरूलाई सहयोग गर्छन्‌ र ढिलो आउन सक्नेहरूलाई उपयुक्‍त सिटको व्यवस्था मिलाउन मदत गर्छन्‌। उपस्थित भएकाहरूको ध्यान अनावश्‍यक कुराहरूले विकर्षण नगरोस्‌ र उनीहरू आरामसित बस्न सकून्‌ भनेर परिचारकहरूले विवेक र बुद्धि चलाउँछन्‌। अप्रत्याशित रूपमा खलबल हुँदा त्यसलाई सँभाल्न तिनीहरू समझ प्रयोग गर्छन्‌। कुनै बच्चाले अरूको ध्यान खलबलाउने आचरण देखाउँदा परिचारकले दयालु मदत दिन सक्छन्‌।

उपासनाको लागि सभामा उपस्थित सबैले यहोवा र शान्तिमय धार्मिक नयाँ संसारको लागि उहाँले राख्नुभएको उद्देश्‍यबारे सिक्ने उपयुक्‍त वातावरण बनाउन योगदान दिन सक्छन्‌।—हिब्रू १०:२४, २५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने