प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जनवरी पृ. १
  • बुद्धिमानीसाथ मुक्का हान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धिमानीसाथ मुक्का हान्‍नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं व्यक्‍तिगत इलाका लिएर प्रचार गर्न चाहनुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१३
  • के तपाईंको व्यक्‍तिगत इलाका छ?
    हाम्रो राज्य सेवकाई—२००६
  • तपाईंको सेवकाईमा प्रभावकारी हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९८
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 जनवरी पृ. १

बुद्धिमानीसाथ मुक्का हान्‍नुहोस्‌

१. प्रचारकार्यमा १कोरिन्थी ९:२६ कसरी लागू गर्न सक्छौं?

१ “म अन्धाधुन्ध दौडिन्‍नँ अनि जथाभावी हावामा मुक्का हान्दिनँ” भनी प्रेषित पावलले लेखे। (१ कोरि. ९:२६) हुन त पावल यहोवालाई अझ राम्ररी सेवा गर्ने लक्ष्य हासिल गर्न एकचित्तको हुनेबारे सङ्‌केत गरिरहेका थिए। तर यो सिद्धान्त हाम्रो प्रचारकार्यमा पनि लागू हुन्छ। सकेसम्म राम्रो नतिजा हासिल गर्न सकियोस्‌ भनेर हामी बुद्धिमानीसाथ “मुक्का” हान्छौं अर्थात्‌ प्रयास गर्छौं। हामी कसरी त्यसो गर्न सक्छौं?

२. कहिले र कहाँ प्रचार गर्ने भन्‍ने सन्दर्भमा हामी कसरी पावल र प्रथम शताब्दीका अरू प्रचारकको अनुकरण गर्न सक्छौं?

२ मानिसहरू भेटिने ठाउँमा जानुहोस्‌: पावललगायत प्रथम शताब्दीका अरू प्रचारक मानिसहरू भेटिने ठाउँमा प्रचार गर्थे। (प्रेषि. ५:४२; १६:१३; १७:१७) त्यसकारण साँझको समय हाम्रो इलाकाका प्रायः मानिस घरमै हुन्छन्‌ भने त्यही समय घर-घरको प्रचार गर्नु उपयुक्‍त हुन सक्छ। मानिसहरू बिहान काममा जाँदा वा बेलुकी घर फर्कंदा बस पार्कमा मानिसहरूको घुइँचो लाग्छ कि? तपाईंको इलाकामा पर्ने बजारमा मानिसहरू कतिखेर किनमेल गर्न आउँछन्‌? यी समयमा सडक साक्षी दिनु अझ फलदायी हुन्छ।

३. इलाका ढाक्ने सम्बन्धमा हामी कसरी बुद्धिमानीसाथ मुक्का हान्‍न सक्छौं?

३ इलाकामा काम गर्दा बुद्धिमान्‌ हुनुहोस्‌: इलाका ढाक्ने सम्बन्धमा पनि हामीले बुद्धिमानीसाथ मुक्का हान्‍नुपर्छ। जस्तै, एउटै इलाकामा ठूलो समूह बनाएर जाँदा समूहलाई व्यवस्थित गर्न र प्रचारको लागि इलाका बाँड्‌न धेरै समय दिनुपर्ने र प्रयास गर्नुपर्ने हुँदा सानो-सानो समूह बनाउनु उपयुक्‍त हुन्छ। त्यसैगरि, टाढाको इलाकामा प्रचार गर्न जाँदा पनि हाम्रो समूह सानो छ भने छिटो-छिटो इलाका ढाक्नेछौं र सकेसम्म धेरै जनासित कुरा गर्न पाउनेछौं। यात्रामा धेरै समय खर्च गर्न नपरोस्‌ भनेर आफ्नै घर वरपर व्यक्‍तिगत इलाका लिन सक्छौ कि?

४. के गऱ्‍यौं भने हामी “मानिसहरूको जलारी”-को रूपमा सफल हुन सक्छौं?

४ येशूले प्रचारकहरूलाई “मानिसहरूको जलारी” भन्‍नुभयो। (मर्कू. १:१७) जलारीको उद्देश्‍य जाल हान्‍नु मात्र होइन माछा पक्रनु पनि हो। त्यसैकारण, कुन ठाउँमा र कतिखेर धेरै माछा पक्रन सकिन्छ, सफल जलारी त्यहीं जान्छ र त्यतिखेरै माछा पक्रन थालिहाल्छ। हो, तिनीहरू बुद्धिमानीसाथ प्रयास गर्छन्‌। हामीले पनि प्रचारकार्यमा यसरी नै कडा प्रयत्न गर्न सकौं।—हिब्रू ६:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने