फेब्रुअरी १३ को हप्ताको तालिका
फेब्रुअरी १३ मा सुरु हुने हप्ता
गीत ७ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. १३ अनु. १६-२६, पृ. १७८ को पेटी (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यशैया ५२–५७ (१० मि.)
न. १: यशैया ५६:१-१२ (४ मि. वा कम)
न. २: पत्रुसको वफादारीको उदाहरणबाट हामी कस्तो लाभ उठाउन सक्छौं?—यूह. ६:६८, ६९ (५ मि.)
न. ३: परमेश्वर आफ्ना भविष्यवक्ताहरूमार्फत बोल्नुहुन्छ—bm पृ. १७ भाग १४ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
१० मि: प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने। हाम्रो राज्य सेवकाई, अप्रिल २००५, पृष्ठ ८ मा आधारित प्रश्न-उत्तर। राम्ररी तयार गरिएको एउटा प्रदर्शन प्रस्तुत गर्नुहोस्। उक्त प्रदर्शनमा प्रकाशकले बाइबल विद्यार्थीलाई सभाको महत्त्वमाथि जोड दिंदै सभामा उपस्थित हुनेबारे गम्भीरतासाथ सोच्न प्रोत्साहन दिन्छन्। तिनी आगामी हप्ताको जनभाषणको विषय बताउँछन् र विद्यार्थीलाई सभामा निम्तो दिन्छन्।
१० मि: परमेश्वरले त्यसलाई हुर्काउनुभयो। (१ कोरि. ३:६) वार्षिक पुस्तक २०११ (अङ्ग्रेजी), पृष्ठ ५५ को अनुच्छेद १-२, अनि पृष्ठ १३८ को अनुच्छेद ३-४ मा आधारित छलफल। त्यस लेखबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१० मि: “प्रचारकार्यमा सहभागिता बढाउन अहिल्यै योजना बनाउनुहोस्।” प्रश्न-उत्तर। अनुच्छेद ३ छलफल गर्दा मार्च, अप्रिल र मे महिनामा क्षेत्र सेवाको सभाको लागि कस्तो प्रबन्ध गरिएको छ, बताउन सेवा निरीक्षकलाई आग्रह गर्नुहोस्।
गीत १६ र प्रार्थना