प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 फेब्रुअरी पृ. १
  • प्रचारकार्यमा सहभागिता बढाउन अहिल्यै योजना बनाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारकार्यमा सहभागिता बढाउन अहिल्यै योजना बनाउनुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थको समयलाई अझै रमाइलो बनाउनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • तपाईं सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१३
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • यहोवालाई धन्यवाद चढाउने थप अवसर
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 फेब्रुअरी पृ. १

प्रचारकार्यमा सहभागिता बढाउन अहिल्यै योजना बनाउनुहोस्‌

१. स्मरणार्थ पर्ने महिनातिर के गर्ने विशेष मौका पाउन सक्छौं र यसको लागि के गर्न सक्छौं?

१ हामी प्रत्येक वर्ष स्मरणार्थ पर्ने महिनातिर अर्थात्‌ मार्च, अप्रिल, मे महिनातिर यहोवा परमेश्‍वरलाई “पूरा धन्यवाद चढाउने” नयाँ मौका पाउँछौं। (भज. १०९:३०) के तपाईं मार्च महिनामा प्रचारकार्यमा अझ धेरै भाग लिएर फिरौतीको प्रबन्ध गर्ने परमेश्‍वरप्रति कृतज्ञता व्यक्‍त गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने अहिलेदेखि नै योजना बनाउन थाल्नुहोस्‌।—हितो. २१:५.

२. गत अप्रिलमा सहायक अग्रगामी सेवा गर्नेहरूले बुझाउनुपर्ने घण्टामा कटौती गरिएको प्रबन्धबारे थाह पाउँदा तपाईंलाई कस्तो लाग्यो र तपाईंहरूले के गर्नुभयो?

२ सहायक अग्रगामी सेवा: गत वर्ष अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्न चाहनेहरूको लागि बुझाउनुपर्ने घण्टामा कटौती गरिएको प्रबन्धबारे थाह पाउँदा भाइबहिनी निकै हौसिएका थिए। एक जना भाइले लेखे: “माध्यामिक तहको विद्यार्थी भएकोले नियमित अग्रगामी सेवा गर्न सकिरहेको थिइनँ। तर अब भने अप्रिलमा सहायक अग्रगामी सेवा गर्छु। फाराममा ३० घण्टा बुझाउनेछु भनेर लेखे तापनि ५० घण्टा पुऱ्‍याउने कोसिस गर्नेछु।” पूर्ण-समय जागिर खानुपर्ने एउटी बहिनीले लेखिन्‌: “ओहो! जम्मा ३० घण्टा! सजिलै पुऱ्‍याउन सक्छु नि!” यस प्रबन्धबारे घोषणा गरिंदा पहिले वर्षौंसम्म अग्रगामी सेवा गरेकी ८० वर्ष पार गरिसकेकी बहिनीले यसो भनिन्‌: “म यही मौका कुरेर बसिरहेकी थिएँ! अग्रगामी सेवा गरेका वर्षहरू मलाई सबैभन्दा रमाइलो लागेको समय थियो भनेर यहोवालाई थाह थियो।” सहायक अग्रगामी सेवा गर्न नसक्ने अरू भाइबहिनीले भने प्रचारमा साबिकभन्दा धेरै समय बिताउने लक्ष्य राखे।

३. मार्च, अप्रिल अनि मे महिनामा सहायक अग्रगामी सेवा गर्ने के-कस्ता कारण पाउनुभयो?

३ यसपालि पनि मार्चमा सहायक अग्रगामी सेवा गर्दा ३० घण्टा बुझाउने कि ५०, रोज्न सक्नुहुन्छ। त्यसैले सहायक अग्रगामी सेवा गर्न मार्च सर्वोत्तम महिना हुनेछ। साथै अप्रिल ५ मा पर्ने स्मरणार्थमा उपस्थित हुन निम्तो दिने विशेष अभियानमा हामी शनिबार, मार्च १७ तारिखदेखि भाग लिनेछौं। यसरी प्रचारकार्यमा अझ धेरै भाग लिन पाएकोमा पक्कै पनि थुप्रैलाई धेरै खुसी लाग्नेछ। त्यसैकारण यी भाइबहिनीले सायद अप्रिलमा अनि मेमा पनि ५० घण्टा बुझाएर सहायक अग्रगामी सेवा गर्न चाहलान्‌।

४. हामी कसरी प्रचारकार्यमा अझ धेरै भाग लिन सक्छौं? यसरी भाग लिंदा परिणाम के हुनेछ?

४ स्मरणार्थ पर्ने महिनातिर परिवारको प्रत्येक सदस्यले प्रचारकार्यमा अझ धेरै समय बिताउन के-के गर्न सक्छन्‌, त्यसबारे अब आउने साँझको पारिवारिक उपासनामा छलफल गर्नुभए कसो होला? (हितो. १५:२२) तपाईंको प्रयास सफल होस्‌ भनेर यहोवासित आशिष्‌ माग्नुहोस्‌। (१ यूह. ३:२२) प्रचारकार्यमा अझ धेरै भाग लिने प्रयास गर्दा तपाईंले यहोवाको प्रशंसा गर्ने प्रशस्तै मौका पाउने मात्र होइन, तपाईं अझै आनन्दित पनि हुन सक्नुहुनेछ।—२ कोरि. ९:६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने