“सबै भाइहरूलाई प्रेम गर”
यी प्रेरित शब्दहरू लगभग २,००० वर्षअघि लेखिएका थिए। (१ पत्रु. २:१७) तर यो सल्लाह अहिले पनि उत्तिकै अर्थपूर्ण छन्। हामी विश्वभरिका भाइबहिनीलाई कसरी माया देखाउन सक्छौं? यस निर्दयी संसारमा भाइबहिनीप्रतिको मायालाई बलियो बनाइरहन हामी के गर्न सक्छौं? (मत्ती २४:१२) विश्वभरिका हाम्रा भाइबहिनी (अङ्ग्रेजी) भिडियो हेर्दा तल सोधिएका प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ कि सक्नुहुन्न, हेर्नुहोस्।
(१) कहिले हामी औपचारिक रूपमा विश्वभरिका भाइबहिनीमध्ये एक भयौं? (२) विश्वभरिका सबै भाइबहिनीले कुन तीनवटा गतिविधिमा भाग लिन्छन्? (३) हाम्रा भाइहरूले प्रचार गर्ने सङ्कल्प कसरी देखाइरहेका छन्: (क) अलास्काको निर्जन भूमिमा, (ख) युरोपको विशाल बन्दरगाहमा अनि (ग) पेरूको घना जङ्गलहरूमा? (४) हामीले किन प्रचारकार्यलाई कहिल्यै साधारण काम ठान्नु हुँदैन? (५) यहोवाका साक्षीहरूले कसरी एक-अर्कालाई सान्त्वना दिएका र सहायता गरेका छन्, उदाहरण दिनुहोस्: (क) भूकम्पको बेला, (ख) आँधीबेहरी जाँदा अनि (ग) गृहयुद्ध हुँदा? (६) ख्रीष्टियन भ्रातृत्वको मुख्य चिनारी हामी सबैले कस्ता व्यावहारिक ढङ्गमा देखाउन सक्छौं? (यूह. १३:३५) (७) राज्यभवनहरू बनाउन सँगै मिलेर काम गर्दा कस्ता लाभ उठाउन सक्छौं? (८) प्रतिबन्ध लागेको समयमा पूर्वीय युरोप र रूसका भाइहरू कसरी यहोवासित नजिक भइरहे? (९) अधिवेशनहरूमा उपस्थित हुन थुप्रै साक्षीले कस्ता उल्लेखनीय प्रयास गर्छन् र किन? (१०) यस भिडियोले निम्न अवस्थामा तपाईंको सङ्कल्पलाई कसरी बलियो बनाएको छ: (क) ख्रीष्टियन सभामा भाइबहिनीसित एकतामा रहेर यहोवाको उपासना गर्न, (ख) खाँचोमा परेकाहरूलाई मदत गर्न अनि (ग) जहाँसुकै अनि जस्तोसुकै तरिकामा वफादार भई प्रचार गर्न? (११) यो भिडियो प्रचारकार्यमा कसरी अनि कहिले प्रयोग गर्न सक्छौं?
यहोवाप्रतिको प्रेमले गर्दा नै हामी ख्रीष्टियन भ्रातृत्वको भाग भएका हौं। त्यसैले यहोवाबारे सिक्न अनि उहाँबारे अरूलाई बताउन पाउँदा हामी खुसी हुन्छौं। यहोवाले जसलाई प्रेम गर्नुहुन्छ, हामी पनि तिनीहरूलाई प्रेम गर्छौं। तिनीहरू खाँचोमा पर्दा हामी मदत गर्छौं तर त्यसो गर्दा यहोवाबाट धन्यवादको आशा गर्दैनौं। बरु ख्रीष्टियन भ्रातृत्व यहोवाले दिनुभएको उपहार ठानेर उहाँलाई धन्यवाद दिन्छौं। यस निर्दयी संसारको अन्त नजिकिंदै जाँदा सबै भाइहरूलाई प्रेम गरिरहौं!