मार्च ४ को हप्ताको तालिका
मार्च ४ मा सुरु हुने हप्ता
गीत ६२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ७८, ७९ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: मर्कूस ९-१२ (१० मि.)
न. १: मर्कूस ११:१९–१२:११ (४ मि. वा कम)
न. २: येशूले तिर्नुभएको फिरौतीको बलिदानद्वारा परमेश्वरले उद्धार गर्नुहुन्छ—td ४क (५ मि.)
न. ३: परमेश्वरलाई आफ्नो जीवन समर्पण गर्दा किन आनन्दित हुन सकिन्छ?—प्रेषित २०:३५ (५ मि.)
□ सेवा सभा:
१० मि: मार्च महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। निम्न प्रश्नहरूको जवाफ सोध्नुहोस्: सप्ताहन्तमा निम्तोपर्ची वितरण गर्दा कस्तो अवस्थामा पत्रिकाहरू पनि प्रस्तुत गर्न सक्नुहुन्छ? निम्तोपर्ची दिएपछि पत्रिकाहरू प्रस्तुत गर्ने बाटो खोल्न तपाईं कसरी कुरा मोड्न सक्नुहुन्छ? ‘कुराकानी थाल्ने उदाहरण’-मा एउटा प्रश्न र बाइबल पद दिइएको छ। तर तपाईं आफ्नो प्रस्तुति कसरी छोट्याउन सक्नुहुन्छ? निम्तोपर्चीसँगै प्रहरीधरहरा वा ब्यूँझनुहोस्! पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, दुइटा छुट्टाछुट्टै प्रदर्शन गर्न लगाउनुहोस्।
१० मि: दिनहुँ धर्मशास्त्र जाँच्ने—२०१३ बाट लाभ उठाउनुहोस्। छलफल। पृष्ठ ३-४ मा दिइएको वार्षिक पद र पृष्ठ ५ को “यो सानो पुस्तिका प्रयोग गर्ने तरिका” छोटकरीमा छलफल गर्नुहोस्। त्यसपछि, दैनिक पद पढ्न कुन समय छुट्याएका छन् र यसबाट कस्तो लाभ उठाएका छन्, त्यसबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्। सबैलाई हरेक दिन दैनिक पद पढ्न प्रोत्साहन दिएर टुङ्ग्याउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
गीत ११९ र प्रार्थना