अक्टोबर १४ को हप्ताको तालिका
अक्टोबर १४ मा सुरु हुने हप्ता
गीत ३२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. १३१, १३२ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: फिलिप्पी १–कलस्सी ४ (१० मि.)
न. १: फिलिप्पी ३:१७–४:९ (४ मि. वा कम)
न. २: झूटो सिद्धान्तको निन्दा गर्नु ठीक हो—td १६ख (५ मि.)
न. ३: प्रलोभनहरूको सामना गर्न प्रार्थनाले कसरी मदत गर्छ?—लूका ११:९-१३; याकू. १:५ (५ मि.)
□ सेवा सभा:
१५ मि: हाम्रो अन्तरराष्ट्रिय एकताले यहोवाको आदर गर्छ। हाम्रो राज्य सेवकाई, सेप्टेम्बर २००७, पृष्ठ ४, अनुच्छेद २ देखि पृष्ठ ५, अनुच्छेद ३ सम्म (व्यवस्थित किताब [अङ्ग्रेजी], पृष्ठ १६५ अनुच्छेद २ देखि पृष्ठ १६८ को उपशीर्षकसम्म) आधारित भाषण। यहोवाका साक्षीहरूमाझ छाएको एकता र प्रेम देखेर साक्षी दिने मौका मिलेको अनुभवहरू बताउन श्रोतालाई आग्रह गर्नुहोस्। ती अनुभवहरू हाम्रा प्रकाशनहरूमा छापिएका हुनुपर्छ।
१५ मि: “डिसेम्बरमा राज्य समाचार न. ३८ वितरण!” प्रश्न-उत्तर। उपस्थित सबैलाई एक-एकवटा राज्य समाचार न. ३८ दिनुहोस्। पूरा इलाका ढाक्न मण्डलीले के-कस्तो योजना बनाएको छ, त्यसबारे सेवा निरीक्षकलाई बताउन लगाउनुहोस्। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण चलाएर राज्य समाचार कसरी प्रस्तुत गर्न सक्नुहुन्छ, प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ५३ र प्रार्थना