प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 फेब्रुअरी पृ. ७
  • के तपाईँ दिनहुँ धर्मशास्त्र जाँच्ने पढेर लाभ उठाउँदै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ दिनहुँ धर्मशास्त्र जाँच्ने पढेर लाभ उठाउँदै हुनुहुन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • दैनिक आध्यात्मिक आहारा—कुनै पनि मसीही परिवारको लागि अत्यावश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९२
  • पारिवारिक तालिका—दैनिक पद
    हाम्रो राज्य सेवकाई—२००५
  • परिवारका शिरहरू हो—राम्रो आध्यात्मिक तालिका कायम राख्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • परिवारको लागि व्यावहारिक तालिका बनाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 फेब्रुअरी पृ. ७

ख्रिष्टियन जीवन

के तपाईँ दिनहुँ धर्मशास्त्र जाँच्ने पढेर लाभ उठाउँदै हुनुहुन्छ?

यहोवासित नजिक हुन के तपाईँ दिनहुँ धर्मशास्त्र जाँच्ने-बाट हरेक दिन शास्त्रपद र टिप्पणी पढ्‌ने गर्नुहुन्छ? यदि गर्नुभएको छैन भने पनि आजैबाट आफ्नो तालिकामा समावेश गर्न सक्नुहुन्छ कि? थुप्रैले दैनिक पद बिहानै पढ्‌नु लाभदायी पाएका छन्‌। यसरी बिहानै पढ्‌दा तिनीहरूले पढेको कुरा दिनभरि मनन गर्न सकेका छन्‌। (यहो १:८; भज ११९:९७) दैनिक पदको पढाइबाट तपाईँ कसरी अझै लाभ उठाउन सक्नुहुन्छ? बाइबल पद कुन सन्दर्भमा लेखिएको हो भनेर थाह पाउन त्यसको प्रसङ्‌ग पनि पढ्‌नुहोस्‌। शास्त्रपदमा भएको सिद्धान्तलाई जोड दिने बाइबल विवरण सम्झने प्रयास गर्नुहोस्‌। अनि त्यो सिद्धान्त आफ्नो जीवनमा लागू गर्नुहोस्‌। परमेश्‍वरको वचन लागू गर्दै निर्णयहरू गर्नुभयो भने यसले तपाईँको जीवनलाई सही बाटोतर्फ डोऱ्‍याउनेछ र तपाईँलाई साँच्चै फाइदा पुऱ्‍याउनेछ।—भज ११९:१०५.

संसारभरका बेथेल परिवार बिहान खाजा खाने बेला दिनहुँ धर्मशास्त्र जाँच्ने छलफल गर्छन्‌। हालसालैका वर्षहरूमा दैनिक पद छलफल गरिएका थुप्रै भिडियोहरू JW ब्रोडकास्टिङमा कार्यक्रम तथा घटना अन्तर्गत राखिएका छन्‌। के तपाईँले दैनिक पद छलफल गरिएको भिडियो हालसालै हेर्नुभएको थियो? सायद त्यतिखेर तपाईँलाई चाहिएकै कुनै विषय छलफल गरिएको थियो होला। उदाहरणको लागि, लूतको विवरणले तपाईँले गर्ने निर्णयहरूमा कस्तो प्रभाव पार्छ?

संसारलाई प्रेम नगर्नुहोस्‌ (१यु २:१५) भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • यस बिहानको उपासनामा बाइबलको कुन सिद्धान्तलाई जोड दिएको थियो?

  • लूतको विवरणबाट संसार वा संसारमा भएका थोकहरूलाई प्रेम गर्नुको खतराबारे के सिक्न सक्छौँ?—उत्प १३:१२; १४:१२; १९:३, १२, १३, २४-२६

  • हामी संसार वा संसारमा भएका थोकहरूलाई नभई यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौँ?

चित्र: एक जना भाइ विभिन्‍न समयमा दैनिक पद र टिप्पणीबारे मनन गर्छन्‌। १. दैनिक पद पढ्‌दै गर्दा तिनी स्वर्गदूतले लुत र तिनको परिवारका सदस्यहरूको हात समातेर तिनीहरूलाई सदोमबाट बाहिर निकालेको कल्पना गर्छन्‌। २. काम गर्ने ठाउँमा खाजा खाने बेलामा तिनी बिहान पढेको कुरा कल्पना गर्छन्‌। ३. बेलुकी घरमा लुगा पट्याउँदै गर्दा तिनी बिहान पढेको कुरामा मनन गर्छन्‌।

यहोवाको वचनको मोल गरेको कुरा म आफ्नो दिनभरिको गतिविधिमा कसरी देखाउन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने