प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 सङ्‌ख्या ३ पृ. ४-५
  • तपाईँको भविष्य वास्तवमा केले निर्धारण गर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईँको भविष्य वास्तवमा केले निर्धारण गर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • थुप्रैले के विश्‍वास गर्छन्‌?
  • नतिजा कस्तो भएको छ?
  • फेङ स्वी—के यो मसीहीहरूका लागि उचित छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • उज्ज्वल भविष्य—सबैको चाहना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • के ज्योतिषविद्याले तपाईंको भविष्य बताउन सक्छ?
    ब्यूँझनुहोस्‌!—२००५
  • के तपाईं पुनर्जन्ममा विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 सङ्‌ख्या ३ पृ. ४-५
तस्बिरहरूको सँगालो: १. भविष्य बताउने एक महिला तास हेरेर ग्राहकको भविष्य बताउँदै छिन्‌। २. फेङ स्वी कम्पास र घरको नक्सा। ३. पितृको लागि खानेकुरा, फूल र धूप चढाउँदै।

तपाईँको भविष्य वास्तवमा केले निर्धारण गर्छ?

केही मानिसहरू आफ्नो भविष्य अदृश्‍य शक्‍तिहरूको नियन्त्रणमा छ भनेर विश्‍वास गर्छन्‌। त्यसैकारण तिनीहरू आफ्नो भविष्य राम्रो बनाउन विभिन्‍न रीतिथितिमा भाग लिन्छन्‌।

थुप्रैले के विश्‍वास गर्छन्‌?

ज्योतिषविद्या: केही मानिसहरू आफ्नो जन्म भएको समयमा ग्रहनक्षत्रहरूको स्थिति कस्तो थियो भन्‍ने कुराले नै तिनीहरूको भविष्य निर्धारण गर्छ भनेर विश्‍वास गर्छन्‌। त्यसैले तिनीहरू आफूमाथि के-कस्ता कुराहरू आइपर्छन्‌ भनेर थाह पाउन, हानिबाट जोगिन वा कुनै काम थाल्नुअघि राशिफल हेर्ने गर्छन्‌।

वास्तुशास्त्र: घर निर्माण गर्दा केही खास कुराहरूमा ध्यान पुऱ्‍यायो भने त्यहाँ बस्ने व्यक्‍तिहरूको जीवन सुखी र संवृद्ध हुन्छ भनेर केही मानिसहरू विश्‍वास गर्छन्‌।a

पितृपूजा: अरू भने सुरक्षा र आशिष्‌ पाउन पितृहरूको वा देवीदेवताको पूजाआजा गर्नुपर्छ भनेर विश्‍वास गर्छन्‌। भियतनाममा बस्ने भानb यसो भन्छिन्‌: “पितृहरूको पूजा गरेँ भने मेरो र छोराछोरीको जीवन अहिले मात्र होइन, भविष्यमा पनि राम्रो हुन्छ भनेर विश्‍वास गर्थेँ।”

पुनर्जन्म: मानिस मरेपछि उसको पुनर्जन्म हुन्छ र यो चक्र चलिरहन्छ भन्‍ने विश्‍वास पनि व्याप्त छ। हामीले जीवनमा भोग्ने राम्रो वा नराम्रो कुरा अघिल्लो जुनीमा गरेको कामको फल हो भनेर पनि मानिसहरू भन्‍ने गर्छन्‌।

हुनत थुप्रैलाई यी कुराहरू अन्धविश्‍वास हो जस्तो लाग्छ। तैपनि तिनीहरू हात हेराउने, राशिफल हेर्ने र चिना हेराउने गर्छन्‌। तिनीहरूलाई यस्ता माध्यमहरूबाट केही हदसम्म भए पनि आफ्नो भविष्य थाह पाउन सकिन्छ जस्तो लाग्छ।

नतिजा कस्तो भएको छ?

के यस्ता कुराहरूमा विश्‍वास गर्ने मानिसको जीवन राम्रो र भविष्य उज्ज्वल भएको छ त?

भियतनाममा बस्ने हाओको अनुभव विचार गर्नुहोस्‌। तिनी ज्योतिषविद्या, फेङ स्वी र पितृपूजाजस्ता कुराहरूमा विश्‍वास गर्थे। तर के यस्ता कुराहरूले तिनको जीवन सफल बनायो? तिनी भन्छन्‌: “मेरो व्यापार चौपट भयो। म ऋणमा डुबेँ र परिवारमा पनि बेमेल भयो। म डिप्रेसनको सिकार भएँ।”

ताइवानका चोमङ्‌ पनि ज्योतिषविद्या, पुनर्जन्म, भाग्य, फेङ स्वी र पितृपूजाजस्ता कुराहरूमा विश्‍वास गर्थे। तर यस्ता कुराहरूलाई राम्ररी केलाएपछि तिनले भने: “यस्ता शिक्षा तथा प्रचलनहरू आपसमा बाझिन्छन्‌ र अस्पष्ट छन्‌ भन्‍ने कुरा मैले थाह पाएँ। ज्योतिषीहरूले भन्‍ने कुरा अक्सर मिल्दैन भनेर पनि बुझेँ। पुनर्जन्मको कुरा गर्ने हो भने यदि हामीलाई अघिल्लो जुनीको कुनै सम्झना नै छैन भने आफ्ना गल्तीहरू सुधारेर असल मानिस बन्‍न सम्भव छ र?”

“यस्ता शिक्षा तथा प्रचलनहरू आपसमा बाझिन्छन्‌ र अस्पष्ट छन्‌ भन्‍ने कुरा मैले थाह पाएँ।”—चोमङ्‌, ताइवान

हाओ, चोमङ्‌ र अरू थुप्रैले हाम्रो भविष्य भाग्य, ग्रहनक्षत्र, पितृहरू वा पुनर्जन्मले निर्धारण गर्दैन भन्‍ने कुरा बुझेका छन्‌। त्यसोभए हाम्रो भविष्य केले निर्धारण गर्छ त?

तपाईँको छनौटले फरक पार्छ

हुनत हामीले जीवनमा भोग्नुपर्ने थुप्रै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। तैपनि हाम्रो भविष्य राम्रो हुने या नहुने, त्यो धेरै हदसम्म हामीले गर्ने छनौटमा निर्भर हुन्छ। उदाहरणको लागि, कोभिड-१९ जस्तो सरुवा रोग फैलिएको बेला हामी किन हात धुन्छौँ र मास्क लगाउँछौँ? किनकि हामीले गर्ने यस्तो छनौटले हाम्रो जीवन बचाउन सक्छ। स्पष्ट छ, तपाईँको छनौटले फरक पार्छ।

हामी राम्रो नतिजा हासिल गर्न चाहन्छौँ भने सही छनौटहरू गर्नुपर्छ। लगभग २,००० वर्षअघि एक जना बुद्धिमान्‌ शिक्षकले यस कुरालाई प्रस्ट पार्दै यसो भने: “मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।”c

थुप्रैलाई चाहिँ उच्च शिक्षा र धनसम्पत्तिले हाम्रो भविष्य उज्ज्वल बनाउँछ जस्तो लाग्छ। तर यस्ता कुराहरूको पछि लाग्दा नतिजा कस्तो भएको छ?

a चीन र अन्य एसियाली मुलुकमा यस्तै किसिमको प्रचलन व्याप्त छ, जसलाई फेङ स्वी भनिन्छ।

b यो र यसपछिका लेखहरूमा केही नाम परिवर्तन गरिएका छन्‌।

c यो भनाइ पवित्र बाइबलको गलाती ६:७ मा पाइन्छ। एसियाली मुलुकहरूमा यस्तै भाव भएको थुप्रै भनाइ प्रचलित छन्‌, जस्तै: ‘धान रोपेर गहुँको आशा गर्न सकिँदैन।’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने