प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp22 No. १ pp. १४-१५
  • घृणाको जरा सदाका लागि उखेलिनेछ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घृणाको जरा सदाका लागि उखेलिनेछ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरले घृणाका कारक तत्त्वहरू नामेट पार्नुहुनेछ
  • बाइबलले घृणामुक्‍त संसार आउनेछ भनेर प्रतिज्ञा गर्छ
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणामाथि विजय सम्भव छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • के घृणा कहिल्यै अन्त हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
wp22 No. १ pp. १४-१५

घृणाको जरा सदाका लागि उखेलिनेछ!

हामी आफ्नो मनबाट घृणालाई उखेलेर फालौँला तर मनमा घृणा पाल्ने अरू मानिसको व्यवहार र मनोवृत्ति हामी परिवर्तन गर्न सक्दैनौँ। ‘जो सोझो उसको मुखमा घोचो’ भनेझैँ अहिले पनि सोझासीधा मानिसहरू घृणाको सिकार भइरहेका छन्‌। त्यसोभए कसले घृणाको जरा सदाका लागि उखेल्न सक्छ?

यहोवाले मात्र घृणाको जरा पूर्णतया र सदाका लागि उखेल्न सक्नुहुन्छ। उहाँले त्यसै गर्नुहुनेछ भनेर बाइबलमा बताइएको छ।—हितोपदेश २०:२२.

ईश्‍वरले घृणाका कारक तत्त्वहरू नामेट पार्नुहुनेछ

  1. १. सैतान। विद्रोही स्वर्गदूत सैतान नै आज संसारमा घृणा फैलाउने मुख्य व्यक्‍ति हो। ईश्‍वरले सैतानलाई र त्यसको प्रभावमा परेर अरूलाई घृणा गर्ने सबैलाई नाश गर्नुहुनेछ।—भजन ३७:३८; रोमी १६:२०.

  2. २. सैतान अधीनस्थ यो संसार। ईश्‍वरले घृणालाई मलजल गर्ने भ्रष्ट राजनीतिज्ञ र धार्मिक नेतालगायत सबै दुष्ट तत्त्व हटाउनुहुनेछ। भ्रष्टाचार गर्ने अनि मानिसहरूबाट नाजायज फाइदा उठाउने लोभी व्यापारजगत्‌ पनि नाश हुनेछ।—२ पत्रुस ३:१३.

  3. ३. मानिसहरूमा भएको पाप। बाइबलले बताएअनुसार सबै मानिस जन्मजातै पापी छन्‌। त्यसैले हाम्रो सोचाइ, भावना र काम सधैँ सही हुँदैन। (रोमी ५:१२) मनमा घृणा पाल्नु र घृणा झल्किने व्यवहार गर्नु पापी झुकावकै उपज हो। ईश्‍वरले मानिसहरूलाई त्यस्ता सबै पापी झुकावमाथि विजय हासिल गर्न मदत गर्नुहुनेछ। फलस्वरूप पृथ्वीबाट घृणा भन्‍ने कुराको नामोनिसानै मेटिनेछ।—यसैया ५४:१३.

बाइबलले घृणामुक्‍त संसार आउनेछ भनेर प्रतिज्ञा गर्छ

  1. १. कसैले अन्याय भोग्नेछैन। यस पृथ्वीमा ईश्‍वरको राज्यले शासन गर्नेछ। यो स्वर्गमा स्थापना भएको सरकार हो। यसले न्याय कायम गर्नेछ र यो सदासर्वदा रहनेछ। (दानिएल २:४४) त्यहाँ पूर्वाग्रह र भेदभाव हुनेछैन। उहाँले सबै अन्याय सच्याउनुहुनेछ।—लुका १८:७.

  2. २. सबैले शान्ति अनुभव गर्नेछन्‌। कोही पनि हिंसा र युद्धको मारमा पर्नेछैनन्‌। (भजन ४६:९) पृथ्वीमा शान्तिप्रेमी मानिसहरू मात्र बस्नेछन्‌। त्यसैले सबैले सुरक्षित महसुस गर्नेछन्‌।—भजन ७२:७.

  3. ३. सबै जना सुखी भई सधैँभरि बाँच्नेछन्‌। पृथ्वीमा रहने सबैले आफ्ना छिमेकीहरूलाई साँचो प्रेम गर्नेछन्‌। (मत्ति २२:३९) कसैलाई तनाव हुनेछैन। विगतमा आफूले भोग्नुपरेको तीतो अनुभवको याद समेत आउनेछैन। (यसैया ६५:१७) त्यतिबेला कसैको मनमा घृणा हुनेछैन। नतिजास्वरूप सबैले “अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:११.

के तपाईँ त्यस्तो संसारमा जीवन बिताउन चाहनुहुन्छ? आज पनि धेरै मानिसले बाइबल सिद्धान्तहरू लागू गरेर घृणामाथि विजय हासिल गर्न सिकिरहेका छन्‌। (भजन ३७:८) संसारभरि लाखौँ यहोवाका साक्षीहरूले त्यसै गरिरहेका छन्‌। हुनत तिनीहरू विभिन्‍न संस्कृति र पृष्ठभूमिबाट आएका हुन्‌ तर तिनीहरू प्रेम र एकताको बन्धनमा गाँसिएका छन्‌ र एउटै परिवारको भाग भएका छन्‌।—यसैया २:२-४.

प्रेम, शान्ति , धीरज र आत्मसंयमजस्ता असल गुणहरू अनि घृणाजस्तो दुर्गुण देखाइएको सूची।

अन्याय र भेदभावको सामना कसरी गर्ने भन्‍नेबारे आफूले सिकेको कुरा तपाईँसित बाँड्‌न पाउँदा यहोवाका साक्षीहरू खुसी हुनेछन्‌। बाइबलबाट सिकेको कुराले तपाईँलाई मनबाट घृणा हटाउन र प्रेम विकास गर्न मदत गर्नेछ। तपाईँले सबैसित दयालु व्यवहार गर्न सिक्नुहुनेछ, यहाँसम्म कि कृतघ्न र तपाईँलाई घृणा गर्ने व्यक्‍तिहरूलाई समेत। नतिजास्वरूप तपाईँ अहिले पनि अझ खुसी हुन सक्नुहुनेछ र अरूसितको सम्बन्ध सुमधुर हुनेछ। अझ महत्त्वपूर्ण कुरा, तपाईँले ईश्‍वरको राज्यको अधीनमा बस्न सिक्नुहुनेछ, जुन राज्यमा घृणा भन्‍ने कुराको अस्तित्व नै रहनेछैन।—भजन ३७:२९.

थप जानकारीको लागि कुनै एक जना यहोवाको साक्षीसित निश्‍शुल्क बाइबल अध्ययन गर्नुहोस्‌ वा jw.org/ne मा सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका पढ्‌नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने