प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp24 सङ्‌ख्या १ पृ. ६-९
  • सही र गलत: भरपर्दो डोऱ्‍याइ दिने धर्मशास्त्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सही र गलत: भरपर्दो डोऱ्‍याइ दिने धर्मशास्त्र
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरले दिनुहुने डोऱ्‍याइ
  • ईश्‍वरले उहाँको वचनमार्फत डोऱ्‍याउनुहुन्छ
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • सही र गलत: तपाईँले गर्नुपर्ने छनौट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
wp24 सङ्‌ख्या १ पृ. ६-९

सही र गलत: भरपर्दो डोऱ्‍याइ दिने धर्मशास्त्र

हामीले आफ्नो वा अरूको नैतिक मूल्यमान्यतामा भर परेर निर्णय गर्दा सधैँ सफल हुन्छौँ भन्‍ने कुराको कुनै ग्यारेन्टी छैन। त्यसको कारणबारे एउटा पुरानो धर्मशास्त्र बाइबलले बताउँछ। त्यति मात्र होइन, यसले हामीलाई सही र भरपर्दो बाटोमा हिँड्‌न मदत गर्छ। बाइबलले दिने निर्देशनअनुसार चल्दा हामी आनन्दित र सफल हुन सक्नेछौँ।

ईश्‍वरले दिनुहुने डोऱ्‍याइ

यहोवाa हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँसित मात्र हामीलाई डोऱ्‍याउन सक्ने बुद्धि र ज्ञान छ। (भजन १००:३; १०४:२४) उहाँले मानिसहरूलाई डोऱ्‍याउनको लागि बाइबल दिनुभएको छ किनभने उहाँलाई मानिसहरू आफूखुसी चल्दा सफल हुन सक्दैनन्‌ र तिनीहरूलाई डोऱ्‍याइ चाहिन्छ भन्‍ने कुरा थाह छ। (यर्मिया १०:२३) उहाँ मानिसहरूलाई प्रेम गर्नुहुने भएकोले तिनीहरूले गलत निर्णय गरेर दुःखदायी नतिजा भोगेको चाहनुहुन्‍न। (व्यवस्था ५:२९; १ युहन्‍ना ४:८) उहाँ तिनीहरूलाई जीवनका महत्त्वपूर्ण निर्णयहरू सही तरिकामा गर्न मदत गर्नुहुन्छ। तर उहाँ कहिल्यै हामीलाई उहाँको तौरतरिकाअनुसार चल्न जबरजस्ती गर्नुहुन्‍न।

यहोवाले पहिलो मानव दम्पती आदम र हव्वालाई बनाउनुभयो। उहाँले तिनीहरूलाई आनन्दित हुन चाहिने सबै थोक दिनुभयो। (उत्पत्ति १:२८, २९; २:८, १५) उहाँले तिनीहरूलाई सजिलै पालन गर्न सकिने केही निर्देशनहरू पनि दिनुभयो र उहाँ तिनीहरूले ती पालन गरेको चाहनुहुन्थ्यो। तर उहाँले जबरजस्ती भने गर्नुभएन किनभने उहाँले तिनीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको थियो। (उत्पत्ति २:९, १६, १७) दुःखको कुरा, तिनीहरूले सही र गलतसम्बन्धी यहोवाले तोक्नुभएको स्तर पालन गरेनन्‌ बरु आफूखुसी चल्ने छनौट गरे। (उत्पत्ति ३:६) नतिजा कस्तो भयो? मानिसहरू यहोवाको स्तरअनुसार नचल्दा शान्ति र आनन्दसित जीवन बिताउन सक्दैनन्‌ भन्‍ने कुराको इतिहास साक्षी छ।—उपदेशक ८:९.

हामी जुनसुकै पृष्ठभूमिका भए तापनि बाइबलले हाम्रो जीवनलाई सही बाटोमा डोऱ्‍याउन मदत गर्छ। (२ तिमोथि ३:१६, १७; “सबैका लागि लाभदायी किताब” पेटी हेर्नुहोस्‌।) कसरी?

बाइबललाई “परमेश्‍वरको वचन” भन्‍नु किन उपयुक्‍त छ भन्‍नेबारे अझै बुझ्नुहोस्‌।—१ थिस्सलोनिकी २:१३. हाम्रो वेबसाइट jw.org मा बाइबलको वास्तविक लेखक को हो? भिडियो हेर्नुहोस्‌।

सबैका लागि लाभदायी किताब

बाइबल हामीलाई मायालु र बुद्धिमान्‌ सृष्टिकर्ता यहोवाले दिनुभएको किताब हो। उहाँ सबै किसिमका मानिसहरूले यसबाट लाभ उठाएको चाहनुहुन्छ। बाइबलबारे यी तथ्यहरू विचार गर्नुहोस्‌:

विभिन्‍न देशका मानिसहरू बाइबल पढ्‌दै छन्‌। तलतिर छापिएका र डिजिटल फर्म्याटका बाइबलहरू देखाइएका छन्‌।
  • ३,५००+ भाषामा आंशिक वा पूर्ण रूपमा उपलब्ध र संसारकै सबैभन्दा धेरै अनुवाद गरिएको किताब।

  • ५,००,००,००,०००+ प्रति प्रकाशित भएको र आजसम्म सबैभन्दा धेरै वितरण गरिएको किताब।

बाइबल जुनसुकै जात, राष्ट्र, कुल वा संस्कृतिका मानिसहरूले पढ्‌न सक्छन्‌। यो किताब सबैको लागि हो।

हाम्रो वेबसाइट jw.org मा (२५० भन्दा धेरै भाषामा उपलब्ध) अनलाइन बाइबल पढ्‌नुहोस्‌

एक पुरुष औँलाले देखाउँदै बाइबल पढ्‌दै छन्‌।

कसै-कसैले किन बाइबलमाथि भरोसा गर्दैनन्‌?

कसै-कसैको विचारमा बाइबलले नैतिकताको सन्दर्भमा सही डोऱ्‍याइ दिन सक्दैन। तिनीहरू निम्न दाबी गर्छन्‌:

दाबी: “बाइबलको कुरा आपसमा बाझिन्छ।”

तथ्य: बाइबलमा पाइने केही विवरण बाझिएको जस्तो देखिएला। तर ती विवरणहरूको प्रसङ्‌ग, ऐतिहासिक तथ्य, त्यतिबेलाको चलन, लेखकहरूको दृष्टिकोण र अन्य पक्ष राम्ररी विश्‍लेषण गर्दा ती विवरणहरू आपसमा बाझिएका छैनन्‌ भनेर प्रस्ट हुन्छ।

यसका केही उदाहरणबारे जान्‍न jw.org मा “के बाइबलको शिक्षा आपसमा बाझिन्छ?” लेख पढ्‌नुहोस्‌।

दाबी: “बाइबल पढ्‌ने मानिसहरूले नै खराब काम गर्छन्‌। त्यसैले यसले हामीलाई नैतिकतासम्बन्धी सही डोऱ्‍याइ दिन सक्दैन।”

तथ्य: बाइबलअनुसार चलेको दाबी गर्ने धर्मगुरुहरू र अरू मानिसको खराब आचरणको लागि बाइबललाई दोष दिन मिल्दैन। तिनीहरूले बाइबलको स्तरसित मेल नखाने कामहरू गर्नेछन्‌ र यसमा पाइने शिक्षाको “बदनाम हुनेछ” भनेर बाइबलमा पहिल्यै बताइएको थियो।—२ पत्रुस २:१, २.

थुप्रै धर्मगुरुले बाइबलको शिक्षासित मेल नखाने काम गरेको एउटा क्षेत्रबारे बुझ्न jw.org मा “के धर्म पैसा कमाउने माध्यम हो?” लेख पढ्‌नुहोस्‌।

दाबी: “बाइबलले यसको शिक्षाअनुसार नचल्ने मानिसहरूको अनादर गर्न सिकाउँछ।”

तथ्य: बाइबलले अरूसित आदरपूर्ण व्यवहार गर्न सिकाउँछ। यसले निम्न कुराहरू गर्न सिकाउँदैन:

  • आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍न।—फिलिप्पी २:३.

  • आफ्नो भन्दा फरक मूल्यमान्यता वा आस्था भएका मानिसहरूलाई अनादर गर्न।—१ पत्रुस २:१७.

  • अरूमाथि आफ्नो विचारधारा लाद्‌न।—मत्ति १०:१४.

परमेश्‍वर मानिसजातिलाई सधैँ दयालु र न्यायपूर्ण व्यवहार गर्नुहुन्छ अनि हामीले पनि त्यसै गरेको चाहनुहुन्छ भनेर बाइबल सिकाउँछ।—रोमी ९:१४.

थप जानकारीको लागि jw.org मा “सहिष्णुता देखाउन बाइबलले कसरी मदत गर्न सक्छ?” लेख पढ्‌नुहोस्‌।

ईश्‍वरले उहाँको वचनमार्फत डोऱ्‍याउनुहुन्छ

बाइबलमा यहोवाले सुरुदेखि नै मानिसजातिसित कस्तो व्यवहार गर्नुभयो भनेर लेखिएको छ। यसले हामीलाई उहाँको नजरमा के सही र के गलत छ अनि के फाइदाजनक र के हानिकारक छ भनेर बुझ्न मदत गर्छ। (भजन १९:७, ११) बाइबलमा सधैँ उपयोगी हुने सल्लाहहरू पाइन्छ र ती सल्लाहहरूले हामीलाई दैनिक जीवनमा नैतिकताको सन्दर्भमा बुद्धिमानी छनौट गर्न मदत गर्छ।

उदाहरणको लागि, हितोपदेश १३:२० को सल्लाहलाई विचार गर्नुहोस्‌। त्यहाँ यस्तो लेखिएको छ: “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।” यो सल्लाह बाइबल लेखिएको समयमा जत्ति उपयोगी थियो, अहिले पनि उत्तिकै उपयोगी छ। बाइबलमा यस्ता थुप्रै व्यावहारिक र लाभदायी सल्लाह पाइन्छ।—“अहिले पनि उत्तिकै उपयोगी सल्लाहहरू” पेटी हेर्नुहोस्‌।

तर तपाईँलाई लाग्ला, ‘बाइबलले नैतिकताको सन्दर्भमा दिने सल्लाहहरू के अहिले पनि उत्तिकै उपयोगी छन्‌?’ यसपछिको लेखमा भएका वास्तविक अनुभवहरूले यस प्रश्‍नको जवाफ दिन्छ।

a साँचो ईश्‍वरको नाम यहोवा हो।—भजन ८३:१८.

अहिले पनि उत्तिकै उपयोगी सल्लाहहरू

लगभग २,००० वर्षअघि लेखिएको बाइबल अहिले पनि उत्तिकै उपयोगी छ। मानव इतिहासको सुरुदेखि नै मानिसमा सन्तोषजनक र आनन्दित जीवन बिताउने स्वाभाविक चाहना छ। (उपदेशक १:९) बाइबलका सल्लाहहरूले हामीलाई यस्तो जीवन बिताउन मदत गर्छ।

इमानदारी

  • “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौँ।”—हिब्रू १३:१८.

  • “चोर्नेले फेरि नचोरोस्‌ बरु उसले परिश्रम गरोस्‌ र आफ्नै हातले असल काम गरोस्‌।”—एफिसी ४:२८.

अरूसितको सम्बन्ध

  • “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।”—१ कोरिन्थी १०:२४.

  • “एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।”—कलस्सी ३:१३.

निर्णय गर्दा

  • “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितोपदेश १४:१५.

  • “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।”—हितोपदेश २२:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने