प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article २२
  • परमेश्‍वरको राज्य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्य के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • परमेश्‍वरको राज्यबारे सत्य कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • परमेश्‍वरको राज्य के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • नजिकै छ बगैंचारूपी पृथ्वी!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • वफादार भई राजा येशू ख्रीष्टको सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article २२
परमेश्‍वरको राज्यको राजा येशू सिंहासनमा विराजमान

परमेश्‍वरको राज्य के हो?

बाइबलको जवाफ

परमेश्‍वरको राज्य भनेको यहोवा परमेश्‍वरले स्थापना गर्नुभएको वास्तविक सरकार हो। ‘परमेश्‍वरको राज्यले’ स्वर्गबाट शासन गर्ने भएकोले बाइबलमा यसलाई “स्वर्गको राज्य” पनि भनिएको छ। (मर्कूस १:१४, १५; मत्ती ४:१७) मानव सरकारको जस्तै यस सरकारको पनि विभिन्‍न पक्षहरू छन्‌ तर सबै पक्षमा परमेश्‍वरको राज्य उत्कृष्ट छ।

  • शासकहरू। परमेश्‍वरले येशूलाई यस राज्यको राजा नियुक्‍त गर्नुभएको छ र उहाँलाई कुनै मानव राजाले पाउन सक्नेभन्दा धेरै अधिकार दिनुभएको छ। (मत्ती २८:१८) येशूले अरूको भलाइको लागि मात्र यो अधिकार प्रयोग गर्नुहुन्छ किनकि उहाँ भरपर्दो र करुणाले भरिएको शासक हुनुहुन्छ भनेर प्रमाणित गरिसक्नुभएको छ। (मत्ती ४:२३; मर्कूस १:४०, ४१; ६:३१-३४; लूका ७:११-१७) परमेश्‍वरको निर्देशनबमोजिम येशूले सबै राष्ट्रबाट मानिसहरू रोज्नुभएको छ र यिनीहरूले उहाँसितै स्वर्गमा रहेर “राजाको रूपमा पृथ्वीमाथि शासन” गर्नेछन्‌।—प्रकाश ५:९, १०.

  • समयावधि। मानव सरकारहरू आउँछन्‌ र जान्छन्‌ तर परमेश्‍वरको राज्यचाहिँ “सदासर्वदै रहिरहनेछ।”—दानियल २:४४.

  • प्रजा। परमेश्‍वर जे चाहनुहुन्छ, त्यही गर्ने जो-कोही मानिस परमेश्‍वरको राज्यको प्रजा हुन सक्छन्‌ चाहे तिनको पारिवारिक पृष्ठभूमि जस्तोसुकै होस्‌ अथवा तिनी जुनसुकै ठाउँमा जन्मेका किन नहोऊन्‌।—प्रेषित १०:३४, ३५.

  • कानून-व्यवस्था। परमेश्‍वरको राज्यको कानून-व्यवस्थाले (वा आज्ञाहरूले) गर्न नहुने कामबारे मात्र बताउँदैन। यसले आफ्नो प्रजालाई नैतिकवान्‌ हुन मदत गर्छ। उदाहरणको लागि, बाइबल भन्छ: “‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।’ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो। दोस्रोचाहिं यही हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ ” (मत्ती २२:३७-३९) परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले यस राज्यको प्रजालाई अरूको हित हुने काम गर्न उत्प्रेरित गर्छ।

  • शिक्षा। परमेश्‍वरको राज्यले आफ्ना प्रजाहरूका लागि उच्च स्तर निर्धारण गर्नुका साथै ती स्तर कसरी पालन गर्ने भनेर पनि सिकाउँछ।—यशैया ४८:१७, १८.

  • उद्देश्‍य। परमेश्‍वरको राज्यले प्रजाको सम्पत्ति खर्च गर्न लगाएर आफ्नो शासकलाई धनी बनाउँदैन। बरु यसले परमेश्‍वरको इच्छा पूरा गर्छ, जसमा उहाँलाई माया गर्नेहरू नयाँ संसारमा सधेँभरि बाँच्ने प्रतिज्ञा पनि पर्छ।—यशैया ३५:१, ५, ६; मत्ती ६:१०; प्रकाश २१:१-४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने