प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ १०/८ पृ. ५-८
  • घृणा गर्न सिकाइएको संसार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घृणा गर्न सिकाइएको संसार
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नानीदेखि लागेको बानी
  • धर्मले के सिकाउँछ?
  • डर, रीस वा हानिको भय
  • के घृणा कहिल्यै अन्त हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • घृणा निर्मूल पार्ने एउटै मात्र तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ १०/८ पृ. ५-८

घृणा गर्न सिकाइएको संसार

मानिसहरू स्वभावैले स्वार्थी हुन्छन्‌। अनि स्वार्थलाई वशमा नराखे त्यो बिस्तारै घृणामा परिवर्तन हुन्छ। मानिसहरू स्वभावैले स्वार्थी त हुन्छन्‌ नै अझ त्यसमाथि पनि समाजले स्वार्थकै पाठ सिकाउँछ!

निस्सन्देह, सबै मानिसहरूको एउटै मनोवृत्ति हुन्छ भन्‍नु मिल्दैन। तर कसै कसैको मनोवृत्ति यत्ति व्याप्त छ, त्यसलाई असामान्य भन्‍नै सकिन्‍न। के आफ्ना मतदाताहरूलाई सहयोग गर्नुभन्दा चुनाव जित्नुमा नै राजनीतिज्ञहरूले बढी ध्यान दिंदैनन्‌ र? के व्यापारीहरू पनि हानिकारक वस्तुहरूको बेचबिखन प्रतिबन्ध गर्नुभन्दा बेइमान गरेरै भए पनि पैसा कमाउनमा नै जुटेका हुँदैनन्‌ र? पादरीहरूले आफ्नो बगाललाई नैतिकता र प्रेमको सुमार्गमा डोऱ्‍याउनुपर्ने हो। तर के तिनीहरू लोकप्रिय बन्‍न तथा धनसम्पत्तिको भकारी भर्नमा नै मस्त हुँदैनन्‌ र?

नानीदेखि लागेको बानी

केटाकेटीको खुशीअनुसार तिनीहरूलाई हुर्कन दिनु भनेको तिनीहरूलाई स्वार्थी हुन सिकाउनु हो। किनकि तिनीहरूको खुशीअनुसार हुर्कनुदिंदा, विचारशीलता र निःस्वार्थता हुनुपर्छ भन्‍ने कुरा तिनीहरूलाई सिकाउन नसकिरहेका हुन्छौं। पढाइको क्षेत्रमा मात्र नभई, खेलकुदमा पनि सबैलाई उछिन्‍न कडा परिश्रम गर्न स्कूल तथा कलेजमा विद्यार्थीहरूलाई सिकाइन्छ। त्यहाँ यस्तो आदर्श वाक्य हुन्छ, “तिमीहरू दोस्रो भयौ कि खेर गयौ!”

हिंस्रक भिडियो गेमहरूले केटाकेटीहरूलाई स्वार्थी तरिका अंगालेर समस्याहरू समाधन गर्न सिकाउँछ। त्यो हो, शत्रुलाई नामेट गर्नु! यस्तो मनोवृत्तिले कदापि प्रेमलाई बढावा दिंदैन! केटाकेटीहरूको निम्ति भिडियो गेमहरू खतरा हो भनी संयुक्‍त राज्यको चिकित्सक अधिकृतले एक दशकअघि चेताउनी दिए। तिनले यसो भने: “ती गेमहरूको मुख्य ध्येय नै शत्रुलाई नाश गर्नु हो। त्यसमा रचनात्मक कुरा पटक्कै छैन।” भिडियो गेमहरूले “मानिसमा भएका दुर्गुणहरूको नाजायज फाइदा उठाउँछ” भनेर टिप्पणी गर्दै द न्यु योर्क टाइम्स्‌-मा प्रकाशित एक पत्रले यसो भन्यो: “यसले गर्दा बुद्धिहीन र कलहप्रिय किशोरकिशोरीहरूको पीढी विकास भइरहेछ।” भिडियो गेममा असाध्यै लग्गू भएका जर्मनीको एक व्यक्‍ति यो सत्य बताउन हिचकिचाएनन्‌: “ती गेमहरू खेल्दा म काल्पनिक संसारमा हराउँथे, जहाँ प्राचीन समयको ‘सके मार, नसके मर’ भन्‍ने नारा लागू हुन्थ्यो।”

जातिवाद पनि मुछिंदा त घृणाले झनै विकराल रूप लिन्छ। त्यसैकारण, जर्मनीमा विदेशीहरू र विशेषगरि टुर्कीहरू विरुद्ध मारकाट गरेको दृश्‍यहरूले भरिभराउ भएको भिडियो चलचित्र देखाउँदा जर्मनीहरूलाई चिन्ता लाग्नु अस्वाभाविक होइन किनभने जनवरी १, १९९४ सम्ममा जर्मनीमा रहेका ६८,७८,१०० विदेशीहरूमध्ये २७.९ प्रतिशत त टुर्कीहरू नै थिए।

आफ्नो राष्ट्रका शत्रुहरूलाई घृणा गर्नु अनुचित होइन भनेर देशभक्‍तबारे बच्चाहरूलाई सिकाउँदा नै रंगभेदको भावना जन्मन्छ। टाइम-को निम्ति लेखेको निबन्धमा जर्ज टेबरले यस्तो टिप्पणी गरे: “राजनैतिक इतिहासका तमाम वादहरूमध्ये राष्ट्रवाद नै सबैभन्दा प्रबल रहेको छ।” तिनी अझै यसो भन्छन्‌: “धर्मबाहेक राष्ट्रवादकै कारणले सबैभन्दा धेरै रक्‍तपात भएको छ। छिमेकीहरूले गर्दा अनेकन्‌ दुःख भोगिरहेका छौं भनेर शताब्दीयौंदेखि जन नेताहरूले कट्टर समूहहरूलाई उक्साएका छन्‌।”

जनजातीय समूहहरू, जातिहरू तथा अन्य राष्ट्रहरूबीच निकै अघिदेखि चल्दै आएको घृणा नै धेरैजसो वर्तमान समस्याहरूको जड हो। अपरिचित मानिसहरू वा विदेशीहरूप्रति डर दिनप्रतिदिन बढ्‌दो छ। तर चाखलाग्दो कुरा के छ भने, फाट्टफुट्ट मात्र विदेशीहरू भएका ठाउँका मानिसहरू नै विदेशीहरूसँग अधिक डराउँछन्‌ भन्‍ने कुरा जर्मनीका समाजशास्त्रीहरूले थाह पाए। यसले व्यक्‍तिविशेषको अनुभवले भन्दा पूर्वाग्रहले गर्दा विदेशीहरूप्रति डर उत्पन्‍न हुन्छ भनी औंल्याउँछ। “मुख्यतः साथीहरू र आमाबाबुले गर्दा नै जवानहरूमा पूर्वाग्रह विकास हुन्छ” भनी समाजशास्त्रीहरूले पत्ता लगाएका छन्‌। यथार्थमा, अन्तरवार्ता लिइएका ७७ प्रतिशत व्यक्‍तिहरूसँग विदेशीहरूप्रति पूर्वाग्रह भए तापनि विदेशीहरूसँग तिनीहरूको प्रत्यक्ष सम्पर्क भने थिएन वा कमै थियो।

हामी सजिलैसित स्वार्थी हुन सक्छौं। किनभने हामी सबैले असिद्ध आमाबाबुबाट वंशानुगत केही स्वार्थी गुण पाएका छौं। तर प्रेम र घृणाबीचको अमेलमा धर्मले कस्तो भूमिका खेल्छ?

धर्मले के सिकाउँछ?

साधारणतया, धर्मले प्रेमलाई बढावा दिन्छ भनी मानिसहरू सोच्छन्‌। त्यसो भए, उत्तरी आयरल्याण्ड, मध्यपूर्वी देशहरू र भारतमा किन धार्मिक मतभेदकै कारण यत्ति बिघ्न तनाउ भएको त? यी त केवल तीन उदाहरण मात्र हुन्‌। निस्सन्देह, केही व्यक्‍तिहरू दंगाफसाद हुनुको कारण धार्मिक भिन्‍नताले नभई राजनैतिक भिन्‍नताले हो भन्‍ने दावी गर्छन्‌। यो तर्कवितर्कको कुरा हो। तर जे होस्‌, संगठित धर्मले मानिसहरूमा राजनैतिक र जनजातीय पक्षपात हटाउन सक्ने प्रेम सृजना गर्न नसकेको कुरा स्पष्ट छ। वास्तवमा भन्‍ने हो भने, क्याथोलिक र अर्थोडक्स अनि अन्य धर्मावलम्बीहरूले पूर्वाग्रहप्रति आँखा चिम्लन्छन्‌ र त्यसले अन्ततः हिंसालाई उक्साउँछ।

कुनै पनि धर्मको चित्त नबुझ्दो शिक्षा तथा चलनहरू खण्डन गर्नसकिन्छ र यसो गर्नु गलत पनि होइन। तर यसो भन्दैमा के उक्‍त धर्म वा त्यसका सदस्यहरूप्रति हिंसात्मक कदम चाल्ने अधिकार छ भन्‍नु मिल्छ र? धर्मको विश्‍वकोश-ले (अंग्रेजी) स्पष्टसँग बताउँछ: “दक्षिणपूर्वी एसियाली देशहरू तथा युरोपेली देशहरूमा धार्मिक अगुवाहरूकै कारण अन्य धार्मिक समूहहरूमाथि लगातार हिंस्रक हमला भएका छन्‌।”

उक्‍त विश्‍वकोशले यसो भन्दै हिंसा धर्मको अभिन्‍न अंग हो भनी देखायो: “सामाजिक र मनोवैज्ञानिक विकासको निम्ति द्वन्द्व हुनैपर्छ भन्‍ने डार्विनवादीहरू मात्र होइनन्‌। धर्मले विकासको नाममा अनगन्ती द्वन्द्व र हिंसाको उत्पात मच्चाएको छ।”

विकासको निम्ति हिंसा अत्यावश्‍यक छ भन्‍नु कदापि न्यायोचित हुनेछैन, किनकि यो त पत्रुसले येशूलाई बचाउने प्रयास गर्दा उहाँले बसाल्नुभएको प्रसिद्ध सिद्धान्त विपरीत हुनेछ। पत्रुसले “हात पसारेर आफ्नो तरवार थुत्यो, र मुख्य पूजाहारीको दासलाई हानेर त्यसको कान च्वाट्ट काटिदियो। तब येशूले तिनलाई भन्‍नुभयो, ‘तिम्रो तरवार फेरि त्यसकै ठाउँमा हाल, किनभने तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्‌।’ ”—मत्ती २६:५१, ५२; यूहन्‍ना १८:१०, ११.

असल वा खराब, कुनै पनि मानिसहरूप्रति गरिएको हिंसाले प्रेम झल्काउँदैन। तसर्थ, हिंसाको शरण लिने मानिसहरू आफूले मायालु परमेश्‍वरको अनुकरण गरिरहेछौं भन्दै झूटो दावी गर्छन्‌। लेखक आमोस ओजले हालै यसो भने: “यो त धार्मिक हठधर्मीहरूको आदर्श नै भएको छ . . . तिनीहरूले परमेश्‍वरबाट पाएका ‘आज्ञाहरू’ सधैं एउटै हुन्छ, अर्थात्‌ अरूलाई मार। सबै हठधर्मीहरूको परमेश्‍वरै शैतानजस्तो देखिन्छ।”

उक्‍त कुरासँग मिल्दोजुल्दो कुरा बाइबलले पनि भन्छ: “परमेश्‍वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रष्ट हुन्छ, उचित काम नगर्ने र आफ्नो भाइलाई प्रेम नगर्ने हरेक परमेश्‍वरबाटको हुँदैन। आफ्नो भाइसँग दुश्‍मनी गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारामा अनन्त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ। यदि कसैले ‘म परमेश्‍वरलाई प्रेम गर्छु’, भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई प्रेम गर्नसक्‍तैन। औ हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि परमेश्‍वरलाई जसले प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गरोस्‌।”—१ यूहन्‍ना ३:१०, १५; ४:२०, २१.

साँचो धर्मले प्रेमको आदर्श पछ्याएको हुनैपर्छ र आफ्ना शत्रुहरूलाई समेत प्रेम गर्नुपर्छ। यहोवाबारे हामी पढ्‌छौं: “उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।” (मत्ती ५:४४, ४५; १ यूहन्‍ना ४:७-१० पनि हेर्नुहोस्‌।) शैतान अर्थात्‌ घृणाको देवभन्दा कत्ति भिन्‍न! त्यसले मानिसहरूलाई फसाएर अश्‍लील, अपराध र स्वार्थपूर्ण जीवन बिताउन बहकाउँछ र तिनीहरूको जीवन पीडा र दुःखको सागरमा डुबाइदिन्छ। यस्तो पथभ्रष्ट जीवनशैलीले ती मानिसहरूलाई पतनको मार्गतर्फ धकेल्छ भनेर जान्दाजान्दै पनि त्यसले यस्तो काम गर्न छोड्‌दैन। के आफ्ना जनहरूको सुरक्षा गर्न नसक्ने वा सुरक्षा गर्न नै नचाहने देवताको सेवा गर्नु उचित छ त?

डर, रीस वा हानिको भय

उक्‍त कुराहरूद्वारा उत्प्रेरित भएका घृणाका प्रमाणहरू प्रशस्त छन्‌। टाइम-को एउटा रिपोर्टले यसो भन्यो: “युरोपमा १९३० को दशकमा दक्षिणपन्थी र रंगभेदको आन्दोलन चल्यो। अहिले पनि स-साना मौकाहरूको फाइदा उठाएर दक्षिणपन्थी आन्दोलन मच्चिन्छ। जागिर खोसिने डरले मानिसहरू सरकार विरुद्ध चुइँक्क बोल्दैनन्‌। तर विदेशीहरूलाई चाहिं तिनीहरूको रीसको अचानो बनाउँछन्‌।” गत दुइ वर्षमा जर्मनीमा थुप्रिएका लाखौं राजनैतिक शरणार्थीहरूबारे योर्ग सिन्डलरले राइनिशर मर्कर/ख्रीष्ट उन्ड भेल्ट-मा ध्यानाकर्षण गराए। द जर्मन ट्रिब्युन यस्तो चेताउनी दिन्छ: “सम्पूर्ण युरोपमा जातिवादको तुफान मच्चिरहेछ।” यति धेरै आप्रवासीहरूको आगमनले घृणाको भावना उत्पन्‍न भइरहेछ। मानिसहरूले यस्तो गुनासो गरेको सुनिन्छ: ‘तिनीहरूको लागि हामीले खर्च गर्नुपर्छ, हामीले पाउनुपर्ने जागिर तिनीहरूले पाउँछन्‌। तिनीहरू हाम्रो छोरीहरूको निम्ति पनि खतरा हुन्‌।’ अक्सफर्डस्थित सेन्ट एन्टोनी कलेजका सदस्य थिओडर जेल्डीनले यसो भने, “हप्कीदप्की र अपमानको चोट महसुस गरेकोले नै मानिसहरू हिंस्रक बनेका हुन्‌। उक्‍त कारणहरूले गर्दा तिनीहरू मुरमुरिएका छन्‌ र यसप्रति सचेत रहनु आवश्‍यक छ।”

टेलिभिजन पत्रकार जोन बेकवेलले यी अत्यन्तै उपयुक्‍त शब्दहरूद्वारा आफ्ना नागरिकहरूलाई घृणाको पाठ सिकाउने वर्तमान संसारको वर्णन गर्छिन्‌: “म कुनै कट्टर मसीही होइन। तर येशूले दिनुभएको गहन र पूर्णतः सत्य शिक्षालाई म मानिलिन्छु। त्यो शिक्षा हो, प्रेमको अभाव नै खराबीको जड हो। हो, हामी प्रेमको सिद्धान्तलाई महत्त्वै नदिने समाजमा बाँचिरहेका छौं। साँच्चै, यो खस्किएको समाजले लाभ र स्वार्थलाई अघि राखेर निःस्वार्थ विचारधारालाई हाँसोमा उडाउँछ। अनि प्रेमको सिद्धान्तलाई अति गँवार, भावुक, सपनाको कुरा ठान्छ। ‘व्यवहारिक होऔं’ भनेर समाजले भन्‍न त भन्छ तर आफ्नो कारोबार र दायित्वप्रति भने व्यवहारिकता झल्काउँदैन। यसले गर्दा समाजको भनाइ र गराइ फरक छ भन्‍ने प्रस्ट हुन्छ। यस्तो संसारले मानिसहरूलाई असफल र एकलकाँटे बनाएको छ। अनि समाजले प्राथमिकता दिने सफलता, आत्मसम्मान र सुखद परिवारजस्ता कुराहरूबाट तिनीहरू वञ्चित भएका छन्‌।”

कुरा स्पष्ट छ, यस संसारको देव, शैतानले मानिसजातिलाई घृणा गर्न सिकाइरहेको छ। तर व्यक्‍तिगत तवरमा हामीले एकअर्कालाई प्रेम गर्न सिक्नसक्छौं। यसो गर्न सकिन्छ भनेर यसपछिको लेखले बताउनेछ।

[पृष्ठ ७-मा भएको चित्र]

भिडियो गेमले तपाईंको केटाकेटीहरूलाई घृणा गर्न सिकाइरहेको छ कि?

[पृष्ठ ८-मा भएको चित्र]

युद्धको उत्पात त अज्ञानता र घृणाको लक्षण हो

[स्रोत]

Pascal Beaudenon/Sipa Press

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने