प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ७/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२०००
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००५
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ७/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

विश्‍व बजार “विश्‍व बजार—यसले तपाईंलाई कसरी प्रभाव पार्छ” नामक लेखमा प्रस्तुत गरिएका स्पष्ट जानकारीको निम्ति म धेरै धन्यवाद दिन चाहन्छु। (सेप्टेम्बर ८, १९९९, अंग्रेजी अंक) गरिब र धनी देशहरूबीच किन यस्तो भिन्‍नता छ भनेर मैले बल्ल बुझें।

एम. जी., इटाली

म कलेजमा अर्थशास्त्र विषय लिएर पढ्‌दैछु र भर्खरै अन्तरराष्ट्रिय व्यापार पढ्‌न सिद्धियो। तपाईंको लेखमा हामीले कक्षामा छलफल नगरेका बुँदाहरू पनि थिए। अर्को महिना हुने जाँचमा म ती बुँदाहरू चलाउनेछु।

एच. एन., जिम्बावे

गलत लेजर? “विश्‍वदर्शन” अन्तर्गत (अक्टोबर २२, १९९९, अंग्रेजी अंक) “दुखाइरहित दन्त चिकित्सा?”-मा “दन्त चिकित्साको निम्ति वाइ ए जी लेजर: इर्बियम” चलाउनेबारे बताइएको थियो। तर “नियोडाइमियम: वाइ ए जी” हुनुपर्ने, होइन र?

डि. बी., क्यानाडा

एकेडेमी अफ लेजर डेन्टिस्ट्रि-ले “नियोडाइमियम: वाइ ए जी” “दन्तचिकित्सामा सबैभन्दा प्रयोग गरिएको वेभलेन्थ” भने तापनि “द जर्नल अफ द अमेरिकन डेन्टल असोसिएसन”-को (अगस्त १९९७, खण्ड १२८, पृष्ठ १०८०-७) एउटा लेखले इर्बियम: वाइ ए जी लेजरलाई “एफ डि ए कन्जुमर” भनेर बताएको छ।—सम्पादक।

कोठेपद तपाईंहरूले कोठेपदको उत्तर अर्को अंकमा दिनसक्नु हुन्छ कि? म सधैं पत्रिका पहिला पढ्‌छु र कोठेपद पछि गर्छु। त्यसैले उत्तर दिइएको पृष्ठचाहिं उत्तर नहेरी पढ्‌न चुनौतीपूर्ण हुन्छ।

जे. एल., संयुक्‍त राज्य

हामी तपाईंको सल्लाहको मूल्यांकन गर्छौं। तथापि, “ब्यूँझनुहोस्‌!” घरघरमा वितरण गरिने भएकोले हाम्रा थुप्रै पाठकहरूले सबै अंक पाउँदैनन्‌। त्यसैकारण हामीलाई त्यही अंकमै उत्तर दिनु उत्तम लाग्छ। अर्को पटक पहिल्यै उत्तर चियाउने प्रयास नगरे कसो होला!—सम्पादक।

बोक्सीविद्या म १३ वर्षकी भएँ र मैले स्कूलमा एक जना बोक्सीविद्यामा विश्‍वास गर्ने केटी भेटें। एक दिन तिनले वोक्सीविद्याबारे मेरो विचार सोधिन्‌। मैले तिनलाई आफू यहोवाको साक्षी भएको र टुनामुनामा विश्‍वास नगर्ने कुरा बताएँ। तिनी मसित रिसाइन्‌ र पटक पटक त्यही कुरा ल्याउँथिन्‌। मैले यहोवासित मदत मागें र मदत “बाइबलको दृष्टिकोण: “बोक्सीविद्या भनेको के हो?” लेखको रूपमा पाएँ। (डिसेम्बर ८, १९९९) मैले उनलाई त्यो लेख दिएँ र त्यहाँदेखि मलाई उनले त्यस विषयबारे मेरो विचार सोधेकी छैनन्‌।

के. ई., संयुक्‍त राज्य

गनाउने स्वादिष्ट भोजन “सुर्सस्ट्रोमिङ—गनाउने स्वादिष्ट भोजन” लेखको निम्ति धन्यवाद। (जुलाई ८, १९९९, अंग्रेजी अंक) हामीले यसबारे पहिला कहिल्यै सुनेका थिएनौं। त्यसैले हामीले स्वीडेनबाट आएका सँगी विश्‍वासीलाई यसबारे सोध्यौं। यसबारे बयान गर्दा उनको अनुहार नै उज्यालो भयो र केही समयपछि हामीलाई यसको दुई पोका दिएर छक्क पारिन्‌। स्थानीय मण्डलीका हामी एक दुई जना सँगै मिलेर खाने निर्णय गऱ्‍यौं। त्यस लेखमा दिइएको चेताउनीलाई मनमा राख्दै हामीले टिन बाहिर बगैंचामा लगेर खोल्यौं। हामीले त्यसो गरेको असाध्यै बेस भयो। त्यसको गन्ध त हामीले कल्पना गरेभन्दा कता हो कता कडा थियो! हाम्रोलागि त्यसको खास स्वाद पत्ता लगाउनु असम्भव थियो! तर जे होस्‌, लेखको निम्ति धन्यवाद। यस लेख नपढेको भए हामीले अविस्मरणीय खानाको अनुभव गर्न पाउँदैनथ्यौं!

सि. बी., जर्मनी

आर एस डि “आर एस डि—अचम्मको पीडादायी रोग” लेखको निम्ति धन्यवाद ज्ञापन गर्न मलाई दुई वर्ष लाग्यो। (सेप्टेम्बर ८, १९९७, अंग्रेजी अंक) मेरो आफ्नै बायाँ हातमा यस रोग नलागेसम्म मैले यसबारे कहिल्यै सुनेको थिइनँ। मेरो चिकित्सकले तिनले कलेजमा भन्दा त्यस लेखबाट बढी सिकेको बताइन्‌। जे होस्‌, लेखको निम्ति धन्यवाद। मेरो निम्ति यो साँच्चै मदतकारी साबित भयो।

एल. एम. के., संयुक्‍त राज्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने