प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g ४/०६ pp. ३-४
  • हाम्रा पाठकहरूका लागि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रा पाठकहरूका लागि
  • ब्यूँझनुहोस्‌!—२००६
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलमा अझ बढी जोड!
    हाम्रो राज्य सेवकाई—२००५
  • “यसको जवाफ के होला?”
    हाम्रो राज्य सेवकाई—२००७
  • घरघर जाँदा हाम्रा पत्रिकाहरूको प्रयोग गर्न
    हाम्रो राज्य सेवकाई—१९९३
  • प्रहरीधरहरा र अवेक! —सत्यका समयसापेक्ष पत्रिकाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००६
g ४/०६ pp. ३-४

हाम्रा पाठकहरूका लागि

यस अंकदेखि ब्यूँझनुहोस्‌! पत्रिकाको ढाँचा परिवर्तन गरिएको छ। तर यी परिवर्तनहरू नगण्य छन्‌।

ब्यूँझनुहोस्‌! पत्रिकाको लक्ष्य दशकौंअघि जस्तो थियो, अहिले पनि त्यस्तै छ। पृष्ठ ४ मा बताइएझैं “यो प्रकाशित गर्नुको उद्देश्‍य सम्पूर्ण परिवारको ज्ञान बढाउनु हो।” विश्‍व घटनाहरू नियालेर, विभिन्‍न संस्कृतिहरू चिनाएर, अद्‌भुत सृष्टिबारे वर्णन गरेर, स्वास्थ्यसम्बन्धी जानकारी दिएर अनि विज्ञानबारे त्यति गहिरो ज्ञान नभएका आम जनतालाई सरल भाषामा विज्ञानबारे व्याख्या गरेर ब्यूँझनुहोस्‌! पत्रिकाले पाठकवर्गलाई विश्‍व गतिविधिबारे निरन्तर जानकारी दिइरहेको छ।

अगस्त २२, १९४६ अंकको अवेक! (ब्यूँझनुहोस्‌!) पत्रिकामा यस्तो वाचा गरिएको थियो: “यो पत्रिकाको मुख्य लक्ष्य सत्यको पक्षमा बलियो अडान लिनु हो।” यही वचनबद्धताअनुसारै ब्यूँझनुहोस्‌! पत्रिकाले सधैं सत्यतथ्य प्रकाशित गर्ने अथक प्रयास गरेको छ। हरेक लेखको यथार्थता पक्का गर्न विस्तृत अनुसन्धान गरिन्छ। तथापि, यो पत्रिकाले अर्कै महत्त्वपूर्ण तरिकामा पनि “सत्यको पक्षमा बलियो अडान” लिएको छ।

ब्यूँझनुहोस्‌! पत्रिकाले पाठकहरूको ध्यान सधैं बाइबलतिर खिचेको छ। अनि यसै अंकदेखि ब्यूँझनुहोस्‌! पत्रिकामा बाइबल आधारित लेखहरू पहिलेभन्दा अझ धेरै प्रकाशित हुनेछन्‌। (यूहन्‍ना १७:१७) सुखी परिवार अनि आनन्दित जीवनको लागि बाइबलले दिने व्यावहारिक सल्लाहले हामीलाई कसरी मदत गर्न सक्छ भन्‍ने लेखहरू यस पत्रिकामा निरन्तर पढ्‌न पाइरहनुहुनेछ। “युवाहरू सोध्छन्‌ . . . ” अनि “बाइबल के भन्छ” जस्ता यस पत्रिकाका नियमित लेखहरूले बाइबलमा आधारित सर-सल्लाहहरू दिइरहनेछ। यसबाहेक, परमेश्‍वरले ल्याउनुहुने शान्तिमय नयाँ संसारले अब छिट्टै अधर्मले ग्रस्त वर्तमान समाजलाई हटाउनेछ भन्‍ने बाइबलको प्रतिज्ञातर्फ पाठकहरूको ध्यान खिच्न यो पत्रिका सदाझैं प्रयत्नरत रहनेछ।—प्रकाश २१:३, ४.

उसो भए, यस पत्रिकामा कस्ता नयाँ परिवर्तनहरू हुनेछन्‌ त? यसै अंकदेखि नेपाली भाषाको ब्यूँझनुहोस्‌! पत्रिका त्रैमासिक हुनेछ। अंग्रेजीलगायत अन्य भाषाका पाक्षिक पत्रिकाहरू भने मासिक हुनेछन्‌।a सन्‌ १९४६ देखि प्रायजसो सबै संस्करणमा छापिंदै आएको नियमित स्तम्भ “विश्‍वदर्शन” अबदेखि दुई पानाको साटो एक पाना हुनेछ। अर्को आकर्षण “पाठक प्रतिक्रिया” चाहिं एक पानामा प्रकाशित भइरहनेछ। पृष्ठ ३१ मा “यसको जवाफ के होला?” शीर्षकको रमाइलो सामग्री हुनेछ। यस लेखको के-कस्तो विशेषता हुनेछ?

त्रैमासिक संस्करणमा बेला-बेलामा प्रकाशित हुने यो नौलो आकर्षणमा विभिन्‍न प्रश्‍नहरूको पेटारो हुनेछ। एक पानामा प्रकाशित हुने यस आकर्षणका कुनै-कुनै पक्ष सानासाना केटाकेटीहरूलाई असाध्यै मन पर्नेछ भने कुनै-कुनै अंशको गाँठो फुकाउन बाइबलबारे अलि गहिरो ज्ञान भएकाहरूलाई समेत हम्मे-हम्मे पर्नेछ। “लौ भन्‍नुहोस्‌, कहिले भयो?” भन्‍ने अर्को अंशले बाइबलका पात्रहरू कुन समयका हुन्‌ वा बाइबलमा उल्लिखित महत्त्वपूर्ण घटनाहरू कहिले भए भनेर इतिहासका विभिन्‍न मितिहरू सम्झेर राख्न मदत दिनेछ। “यो पत्रिका पढेर” भन्‍ने भागको जवाफ पत्रिकाकै लेखमा खोज्नु पर्नेछ। बाँकी प्रश्‍नहरूको जवाफ भने प्रश्‍न सोधिएकै पृष्ठमा हुनेछ। सीधै जवाफ हेर्नुभन्दा अनुसन्धान गरेर जवाफ पत्ता लगाए कसो होला? “यसको जवाफ के होला?” भन्‍ने शीर्षकको यो नयाँ प्रस्तुतिलाई परिवार वा साथीहरूसित मिलेर छलफल गर्न पनि चलाउन सक्नुहुन्छ।

लगभग ६० वर्षअघि ब्यूँझनुहोस्‌! पत्रिकाले यस्तो वाचा गरेको थियो: “छलफल गरिएका विषयवस्तुहरू व्यक्‍तिगत धारणामा नभई विश्‍वभरिकै धारणामा आधारित हुनेछ। सबै मुलुकका मानिसहरूलाई यस पत्रिकामा प्रस्तुत गरिएको जानकारी मन पर्नेछ। . . . पत्रिकाको विषयवस्तु युवायुवती, वृद्धवृद्धालगायत सबैका लागि जानकारीमूलक, शैक्षिक अनि रोचक हुनेछ।” ब्यूँझनुहोस्‌! पत्रिका आफ्नो वचनको पक्का छ भनी विश्‍वभरिका पाठकहरूले स्वीकारेका छन्‌। यो वचनबद्धतालाई भविष्यमा पनि यसरी नै पूरा गरिरहन हामी प्रतिबद्ध छौं। (g 1/06)

प्रकाशकहरू

[फुटनोट]

a मासिक पत्रिकामा छापिएका सम्पूर्ण नियमित स्तम्भहरू त्रैमासिक पत्रिकाहरूमा नहुन सक्छन्‌।

[पृष्ठ ३-मा भएको चित्र]

सन्‌ १९१९ मा “दी गोल्डेन एज” भनिन्थ्यो भने सन्‌ १९३७ मा “कन्सोलेसन” अनि सन्‌ १९४६ देखि “अवेक!” भन्‍न थालियो

[पृष्ठ ४-मा भएको चित्र]

“ब्यूँझनुहोस्‌!” पत्रिकाले सुरुदेखि नै बाइबलतर्फ पाठकहरूको ध्यानाकर्षण गर्दै आएको छ

[स्रोत]

Guns: U.S. National Archives photo; starving child: WHO photo by W. Cutting

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने