प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अप्रिल pp. २०-२१
  • नम्रता मानिसको कमजोरी हो या बल?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नम्रता मानिसको कमजोरी हो या बल?
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • घमन्ड र नम्रतालाई राम्ररी केलाएर हेर्दा
  • नम्रता बल हो
  • तपाईं कस्तो हुनुहुन्छ — नरम माटोजस्तो वा कडा माटोजस्तो?
  • नम्रता किन धारण गर्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • अनुकरणकालागि विनम्रताका उदाहरणहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • तपाईं कसरी नम्रता प्रदर्शित गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 अप्रिल pp. २०-२१

बाइबल के भन्छ

नम्रता मानिसको कमजोरी हो या बल?

घमन्डी र अति आत्म-विश्‍वासी व्यक्‍तिलाई मानिसहरूले अक्सर अनुसरण गर्न योग्य आदर्श व्यक्‍तिको रूपमा लिन्छन्‌। नम्र व्यक्‍तिलाई कमजोर, डरछेरुवा र चाकडीबाज ठान्छन्‌। तर के साँचो नम्रता वास्तवमै मानिसको कमजोरी हो त? अनि घमन्डचाहिं उसको बल हो? यसबारे बाइबल के भन्छ?

सुरुमै के बुझिराख्नु उचित होला भने, बाइबलले सबै किसिमको घमन्डलाई नराम्रो ठानेको छैन। उदाहरणका लागि, यहोवा मेरो परमेश्‍वर हुनुहुन्छ र उहाँले मलाई चिन्‍नुहुन्छ भन्‍ने कुरामा यहोवाका जनहरूले घमन्ड गर्नुपर्छ। (भजन ४७:४, NRV; यर्मिया ९:२४; २ थिस्सलोनिकी १:३, ४) छोराछोरीले असल आचरणको राम्रो उदाहरण बसाल्दा अनि साँचो उपासनाको पक्षमा दृढ अडान लिंदा आमाबाबुहरूले आफ्ना छोराछोरीमा घमन्ड गर्न सक्छन्‌। (हितोपदेश २७:११) तर घमन्डको नकारात्मक पाटो पनि छ।

घमन्ड र नम्रतालाई राम्ररी केलाएर हेर्दा

घमन्डलाई चाहिंदोभन्दा बढी आत्म-सम्मान भनेर पनि व्याख्या गर्न सकिन्छ। यस्ता व्यक्‍तिहरूमा आफ्नो सौन्दर्य, जात, ओहदा, दक्षता वा धनसम्पत्तिको कारण मपाईं मनोवृत्ति पलाउँछ। (याकूब ४:१३-१६) बाइबलले “अहंकारले फुलेका” मानिसहरूबारे बताउँछ। (२ तिमोथी ३:४, NRV) अर्को शब्दमा भन्‍ने हो भने, तिनीहरूले आफूलाई के-के न हुँ भन्ठान्छन्‌ तर त्यस्तो ठान्‍नुको कुनै उचित कारण भने हुँदैन।

अर्को तर्फ, नम्रहरूले तिनीहरू वास्तवमा जस्तो छन्‌ त्यसलाई इमानदार भई स्वीकार्छन्‌ अनि आफूलाई त्योभन्दा बढ्‌ता ठान्दैनन्‌। त्यसको साथै, तिनीहरूले आफ्नो असिद्धता स्वीकार्छन्‌ र परमेश्‍वरसामु आफूहरू अति नै तुच्छ छौं भन्‍ने कुरा पनि बिर्संदैनन्‌। (१ पत्रुस ५:६) त्यति मात्र नभएर, तिनीहरूले अरूमा भएका राम्रा गुणहरू ठम्याउँछन्‌ र त्यस्ता गुणहरू भएकोमा खुसी समेत हुन्छन्‌। (फिलिप्पी २:३) तिनीहरूको मन डाहले पोल्दैन अर्थात्‌ तिनीहरू ईर्ष्यालु हुँदैनन्‌। (गलाती ५:२६) त्यसैले, यस्तो निष्कर्षमा पुग्न सकिन्छ: साँचो नम्रता देखाउँदा अरूसितको सम्बन्ध राम्रो हुन्छ र आफूलाई पनि मनोशान्ति हुन्छ।

येशूको उदाहरण विचार गर्नुहोस्‌। पृथ्वीमा आउनुअघि, उहाँ स्वर्गमा बस्ने शक्‍तिशाली आत्मिक प्राणी हुनुहुन्थ्यो। अनि पृथ्वीमा हुनुहुँदा पनि उहाँ पापरहित सिद्ध व्यक्‍ति हुनुहुन्थ्यो। (यूहन्‍ना १७:५; १ पत्रुस २:२१, २२) उहाँसित जति क्षमता, बुद्धि र ज्ञान कसैसित थिएन। तैपनि उहाँले कहिल्यै धाक लगाउनुभएन बरु सधैं नम्र रहनुभयो। (फिलिप्पी २:६, NRV) एक पटक उहाँले आफ्ना चेलाहरूको खुट्टा समेत धोइदिनुभयो अनि साना बच्चाहरूमा पनि साँचो चासो लिनुभयो। (लूका १८:१५, १६; यूहन्‍ना १३:४, ५) सानो बालकलाई नजिक राखेर येशूले यसो भन्‍नुभयो: “जसले यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ।” (मत्ती १८:२-४) हो, येशू र उहाँको पिताको नजरमा घमन्डी व्यक्‍ति नभई नम्र व्यक्‍ति नै वास्तविक अर्थमा महान्‌ व्यक्‍ति हो।—याकूब ४:१०.

नम्रता बल हो

येशू नम्रताको राम्रो उदाहरण हुनुहुन्थ्यो तर यसको मतलब उहाँ अरूलाई खुसी पार्न जे पनि गर्ने चाकडीबाज वा डरछेरुवा हुनुहुन्थ्यो भन्‍ने होइन। उहाँ मानिसहरूसित फिटिक्कै डराउनुभएन, बरु साहसका साथ सत्य कुरा बोल्नुभयो। (मत्ती २३:१-३३; यूहन्‍ना ८:१३, ४४-४७; १९:१०, ११) त्यसैले त उहाँका कोही-कोही विरोधीहरूले उहाँलाई आदर समेत गर्थे। (मर्कूस १२:१३, १७; १५:५) तर येशूले कहिल्यै हैकम भने जमाउनुभएन। बरु, घमन्डी व्यक्‍तिले कहिल्यै गर्न नसक्ने काम उहाँले गर्नुभयो: नम्रता, दया र प्रेमद्वारा उहाँले मानिसहरूको मन जित्नुभयो र तिनीहरू उहाँप्रति आकर्षित भए। (मत्ती ११:२८-३०; यूहन्‍ना १३:१; २ कोरिन्थी ५:१४, १५) त्यसरी नै आज पनि लाखौं व्यक्‍तिहरू वफादार भई ख्रीष्टको अधीनमा बस्छन्‌ किनकि तिनीहरूमा उहाँप्रति साँचो प्रेम र गहिरो आदर छ।—प्रकाश ७:९, १०.

परमेश्‍वरको वचनले नम्र हुन प्रोत्साहन दिन्छ किनभने हृदयदेखि नै नम्र व्यक्‍तिहरूले सजिलै सल्लाह स्वीकार्छन्‌ र तिनीहरूलाई सिकाउन मजा आउँछ। (लूका १०:२१; कलस्सी ३:१०, १२) प्रथम शताब्दीका कुशल मसीही शिक्षक, अपोल्लस नयाँ अनि सही जानकारी पाउँदा आफ्नो दृष्टिकोणमा काँटछाँट गर्न इच्छुक भए जस्तै नम्रहरू पनि आफ्नो दृष्टिकोणमा काँटछाँट गर्न इच्छुक हुन्छन्‌। (प्रेरित १८:२४-२६) अनि तिनीहरू प्रश्‍न सोध्न पनि हिचकिचाउँदैनन्‌। तर घमन्डीहरू भने अरूले आफूलाई अबुझ ठान्लान्‌ भनेर प्रश्‍न सोध्न डराउँछन्‌।

प्रथम शताब्दीका इथियोपियाली नपुंसकको उदाहरण विचार गर्नुहोस्‌। धर्मशास्त्रको एउटा खण्ड बुझ्न नसकेर तिनी रनभुल्लमा परिरहेका थिए। येशूका चेला फिलिपले तिनलाई सोधे: “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ?” तिनले यस्तो जवाफ दिए: “कसैले नबताईकन म कसरी बुझौंला र?” ती नपुंसक आफ्नो देशमा प्रतिष्ठित व्यक्‍तिहरूमध्ये गनिन्थे होला, तर पनि कत्ति नम्र! नम्रताको कारण तिनले शास्त्रको गहिरो अर्थ बुझ्न पाए।—प्रेरित ८:२६-३८.

यी इथियोपियाली र आफूलाई व्यवस्थाको धुरन्धर विद्वान्‌ ठान्‍ने यहूदी शास्त्री तथा फरिसीहरूबीच हामी आकाश-पातालको भिन्‍नता पाउँछौं। (मत्ती २३:५-७) नम्र भई येशू र उहाँका अनुयायीहरूको कुरा सुन्‍नुको सट्टा तिनीहरूले उनीहरूलाई हाँसोमा उडाए र उनीहरूको गल्ती भेट्टाउन खोजे। घमन्डको कारण तिनीहरू परमेश्‍वरको इच्छा र उद्देश्‍यबारे अन्धकारमै रहनुपऱ्‍यो।—यूहन्‍ना ७:३२, ४७-४९; प्रेरित ५:२९-३३.

तपाईं कस्तो हुनुहुन्छ — नरम माटोजस्तो वा कडा माटोजस्तो?

बाइबलले यहोवालाई कुमालेसित र मानिसहरूलाई माटोसित तुलना गरेको छ। (यशैया ६४:८) नम्रताले मानिसहरूलाई परमेश्‍वरको हातमा भएको नरम माटोजस्तो बन्‍न मदत गर्छ। त्यस्तो व्यक्‍तिलाई परमेश्‍वरले काम लाग्ने भाँडो बनाउन सक्नुहुन्छ तर अहंकारीहरू कडा र सुख्खा माटोजस्तो हुन्‌, जो फुटाएर धूलो पार्नबाहेक अरू केही गर्न सकिन्‍न। प्राचीन मिश्रको घमन्डी राजा फिरऊन कडा माटोजस्तो थियो। उसले यहोवालाई ललकाऱ्‍यो र आफ्नै ज्यान गुमायो। (प्रस्थान ५:२; ९:१७; भजन १३६:१५) फिरऊनको पतनले यो हितोपदेशको सत्यता पुष्टि गर्छ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”—हितोपदेश १६:१८.

तथापि, यसको मतलब परमेश्‍वरका जनहरूले कहिल्यै पनि घमन्डी मनोवृत्तिसित संघर्ष गर्नु पर्दैन भन्‍ने होइन। उदाहरणका लागि, येशूका चेलाहरू आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर बारम्बार विवाद गर्थे। (लूका २२:२४-२७) तर उनीहरू सधैंभरि घमन्डी रहिरहेनन्‌। पछि गएर उनीहरूले येशूको सल्लाह सुने अनि आफ्नो मनोवृत्तिमा परिवर्तन ल्याए।

सुलेमानले यस्तो लेखे: “नम्रताको फल परमप्रभुको भय हो, धन, मान र जीवन पनि साथ हुन्छन्‌।” (हितोपदेश २२:४) नम्रता खेती गर्ने कस्तो उचित कारण! नम्रता मानिसको बल र आकर्षक गुण मात्र नभएर यसले हामीलाई परमेश्‍वरको निगाहका साथै अनन्त जीवनको इनाम पाउन पनि मदत गर्छ।—२ शमूएल २२:२८; याकूब ४:१०. (g 3/07)

के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?

◼ के सबै किसिमका घमन्ड गलत हुन्‌?—२ थिस्सलोनिकी १:३, ४.

◼ नम्रताले सिक्न मदत गर्छ। कसरी?—प्रेरित ८:२६-३८.

◼ परमेश्‍वरका सेवकहरूले नम्रता खेती गर्नुपर्छ कि पर्दैन?—लूका २२:२४-२७.

◼ नम्रहरूसामु कस्तो भविष्य छ?—हितोपदेश २२:४.

[पृष्ठ २०-मा भएको चित्र]

येशू नम्र हुनुभएको कारण बच्चाहरूले उहाँलाई मन पराउँथे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने