प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ८५
  • येशू गोठमा जन्मिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू गोठमा जन्मिनुहुन्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • ‘यिनी मेरो छोरा हुन्‌’
    महान्‌ शिक्षकबाट सिकौं
  • येसुको जन्म—कहाँ र कहिले?
    येसु—बाटो, सत्य र जीवन
  • स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येशूको जन्म—कहाँ र कहिले?
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ८५
यूसुफ, मरियम र बालक येशू गोठमा

कथा ८५

येशू गोठमा जन्मिनुहुन्छ

यो सानो बालक को हो, तिमीलाई थाह छ? हो, उहाँ येशू हुनुहुन्छ। उहाँ भर्खरै गोठमा जन्मिनुभएको छ। गोठ भनेको जनावर राख्ने ठाउँ हो। गधा अनि अरू जनावरका लागि खानेकुरा राख्ने डुँडमा मरियमले येशूलाई सुताउँदैछे। तर मरियम र यूसुफ यहाँ जनावर राख्ने ठाउँमा किन छन्‌? यो पनि बच्चा जन्माउने ठाउँ हो र?

होइन। तर उनीहरू यहाँ बस्नुपरेको कारण छ। रोमको राजा, सिजर अगस्टसले सबैले आफू जन्मेको सहरमा गएर आ-आफ्नो नाउँ लेखाउनुपर्छ भन्‍ने हुकुम गरेको थियो। यूसुफ बेतलेहेममा जन्मेको थियो। तर ऊ र मरियम बेतलेहम पुग्दा त उनीहरूले बस्ने कोठै पाएनन्‌। यसकारण, उनीहरू यहाँ जनावर राख्ने ठाउँमा बस्नुपऱ्‍यो। मरियमले गोठमै येशूलाई जन्माई! तर हेर, उहाँ स्वस्थ देखिनुहुन्छ।

गोठालाहरू येशूलाई हेर्न बेतलेहेम आइपुग्छन्‌

चित्रमा येशूलाई भेट्‌न आउने गोठालाहरूलाई पनि तिमीले देख्यौ कि? उनीहरू राती चौरमा भेडा कुरेर बसिरहेका थिए। अचानक वरिपरि उज्यालो भयो। एक जना स्वर्गदूत उभिरहेको देखेर गोठालाहरू धेरै डराए। तर स्वर्गदूतले यसो भने: ‘नडराओ! किनभने हेर, म तिमीहरूलाई आनन्दको सुसमाचार सुनाउँछु। आज बेतलेहेममा प्रभु ख्रीष्ट जन्मिनुभएको छ। उहाँले नै मान्छेहरूलाई बचाउनुहुनेछ! तिमीहरूले उहाँलाई कपडाले बेह्रेर डुँडमा सुताइरहेको भेट्टाउनेछौ।’ अचानक अरू थुप्रै स्वर्गदूत देखा पर्छन्‌ र परमेश्‍वरको प्रशंसा गाउन थाल्छन्‌। त्यसपछि तुरुन्तै यी गोठालाहरू येशूलाई खोज्न जान्छन्‌। उनीहरूले स्वर्गदूतले भनेकै ठाउँमा येशूलाई भेट्टाउँछन्‌।

येशू किन विशेष व्यक्‍ति हुनुहुन्छ, तिमीलाई थाह छ? उहाँ वास्तवमा को हुनुहुन्छ, तिमी भन्‍न सक्छौ? यस किताबको पहिलो कथामा हामीले परमेश्‍वरको जेठो छोरोको विषयमा पढेका थियौं नि। के तिमीलाई याद छ? यहोवाले स्वर्ग र पृथ्वी अनि अरू सबै कुरा बनाउनुहुँदा उहाँले पनि सँगै मिलेर काम गर्नुभएको थियो भनेर हामीले पढेको थियौं। हो, परमेश्‍वरको त्यो जेठो छोरो नै येशू हुनुहुन्छ!

यहोवाले आफ्नो छोरोको जीवनलाई स्वर्गबाट मरियमको गर्भभित्र सार्नुभयो। त्यसपछि अरू शिशुहरूजस्तै येशू पनि मरियमको शरीरभित्र बढ्‌न थाल्नुभयो। अन्तमा, हामीले भर्खरै पढेजस्तै उहाँ बेतलेहेमको गोठमा जन्मिनुभयो। येशू जन्मिनुभयो भनेर अरूलाई बताउन स्वर्गदूतहरू किन त्यति धेरै खुसी भएका रहेछन्‌, तिमीले बुझ्यौ त।

लूका २:१-२०.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने