प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be अध्या. १९ पृ. १४५-पृ. १४६ अनु. ५
  • बाइबल खोलेरै पढ्‌न प्रोत्साहन दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल खोलेरै पढ्‌न प्रोत्साहन दिनुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२०००
  • बाइबल पद प्रभावकारी ढङ्‌गमा प्रस्तुत गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • श्रोताका लागि जानकारीमूलक
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • अनुहार हेरेर कुरा गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be अध्या. १९ पृ. १४५-पृ. १४६ अनु. ५

अध्याय १९

बाइबल खोलेरै पढ्‌न प्रोत्साहन दिनुहोस्‌

तपाईंले के गर्नुपर्छ?

बाइबल पद पढ्‌दा श्रोतालाई पनि आ-आफ्नो बाइबल पल्टाएर पछ्याउन प्रोत्साहन दिनुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

देखेको कुरा हतपती बिर्सिंदैन। विशेषगरि आफ्नै बाइबलमा लेखिएको कुरा देख्दा अमेट छाप पर्छ।

हामी सबै मानिसको ध्यान परमेश्‍वरको वचन बाइबलमा खिच्न चाहन्छौं। हामीले प्रचार गर्ने सन्देशको आधार त्यही पवित्र किताब हो। हामीले आफ्नै विचार होइन परमेश्‍वरको कुरा बताइरहेका छौं भनी मानिसहरूले बुझेको चाहन्छौं। मानिसहरूले बाइबलमा भरोसा गर्न सिक्नुपर्छ।

प्रचारमा: सुन्‍न चाहने मानिसहरूलाई देखाउन प्रचारको लागि तयारी गर्दा नै सधैं एक-दुइटा पद छान्‍ने गर्नुहोस्‌। छोटो-मीठो तरिकाले बाइबल साहित्य प्रस्तुत गर्ने विचार गर्दै हुनुहुन्छ भने बाइबलबाट एउटा उपयुक्‍त पद देखाउँदा राम्रो प्रभाव पर्छ। हामीले आफ्नै विचारले भनेको जस्तोसुकै कुरामा भन्दा पनि भेडाखाले नम्र मानिसलाई यहोवातर्फ खिच्ने शक्‍ति बाइबलमा धेरै छ। बाइबलबाटै पढ्‌न सक्ने अवस्था छैन भने त्यसमा भएका कुरा बताउनुहोस्‌। प्रथम शताब्दीमा धर्मशास्त्रका मुठाहरू सर्वसुलभ थिएनन्‌। तैपनि येशू र उहाँका प्रेषितहरूले धर्मशास्त्रबाट बारम्बार बताउनुभयो। हामीले पनि पदहरू कण्ठ गर्नुपर्छ र प्रचारमा बाइबल पद सक्दो प्रयोग गर्न कोसिस गर्नुपर्छ। अवस्थाअनुसार कहिलेकाहीं हामीले ती पदमा लेखिएको कुरामात्र बताउनुपर्ने हुन सक्छ।

तपाईंले बाइबलबाट पढेर सुनाउन सक्ने अवस्था छ भने घरधनीले पनि तपाईंको बाइबलमा हेर्न सक्ने गरी बाइबल समात्नुहोस्‌। घरधनीसितै बाइबल छ र तिनले आफ्नै बाइबलबाट पढे भने झनै राम्रो असर पर्न सक्छ।

तर बाइबलका कुनै-कुनै अनुवादकले परमेश्‍वरको वचनमा केही हेरफेर गरेको हुनाले बाइबल अनुवादहरू फरक-फरक छन्‌ भन्‍ने तथ्य पनि नबिर्सनुहोस्‌। बाइबल लेख्दा मूल भाषामा जुन शब्द प्रयोग गरिएको थियो तिनीहरूले त्यस्तै अर्थ लाग्ने शब्द राखेका छैनन्‌। तिनीहरूले आधुनिक समयका थुप्रै बाइबल अनुवादबाट परमेश्‍वरको नाम हटाएका छन्‌। मृत्युबारे मूल भाषामा जुन कुरा प्रस्ट बताइएको थियो, त्यसलाई अस्पष्ट पारेका छन्‌। साथै पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍यबारे बाइबलमा जस्तो लेखिएको थियो, त्यसलाई ओझेलमा पारेका छन्‌। बाइबल अनुवाद गर्दा शब्दहरूमा के-कस्तो फेरबदल गरिएको छ भनेर कुनै व्यक्‍तिलाई देखाउन तपाईंले एउटै भाषाको फरक-फरक अनुवादबीच तुलना गर्नुपर्छ अथवा त्यही भाषाको सुरुतिरको अनुवाद देखाउनुपर्छ। अक्सर प्रयोग गरिने शास्त्रपदका मुख्य शब्दहरूलाई विभिन्‍न अनुवादमा कसरी फरक-फरक तरिकाले अनुवाद गरिएको छ, धर्मशास्त्रबाट तर्क गर्ने (अङ्‌ग्रेजी) किताबमा उदाहरण दिइएको छ। बाइबल सत्यलाई प्रेम गर्ने व्यक्‍तिले यस्ता तथ्य बुझ्न पाउँदा त्यसको कदर गर्छ।

सभामा: सभामा आएका सबैलाई आ-आफ्नो बाइबल खोलेर हेर्न प्रोत्साहन दिनुपर्छ। यसरी प्रोत्साहन दिंदा धेरै फाइदा पुग्छ। जुन कुरा छलफल गरिंदैछ त्यसमा श्रोताको ध्यान खिच्न यसले मदत गर्छ। वक्‍ताले मौखिक रूपमा कुनै निर्देशन दिंदा श्रोताले बाइबलमा नै हेरेका छन्‌ भने, त्यो अझै प्रभावकारी हुन्छ। यसरी प्रोत्साहन दिंदा बाइबल वास्तवमै हाम्रो विश्‍वासको आधार हो भनेर सभामा भर्खरै आएका चासो दिने व्यक्‍तिहरूलाई पनि प्रभाव पर्छ।

तपाईंले बाइबलबाट पढ्‌दा श्रोताले आफ्नो बाइबल पल्टाएर हेर्छन्‌ कि हेर्दैनन्‌ भन्‍ने कुरा तपाईं तिनीहरूलाई बाइबल पल्टाएर हेर्न कत्तिको प्रोत्साहन दिनुहुन्छ, त्यसैमा भर पर्छ। बाइबल पल्टाएर हेर्न सीधै प्रोत्साहन दिनु सबैभन्दा राम्रो तरिका हो।

तपाईं भाषण दिंदै हुनुहुन्छ भने जोड दिन चाहेको पद पल्टाएर हेर्न श्रोतालाई प्रोत्साहन दिने जिम्मा पनि तपाईंकै हो। तपाईंले बताउन चाहेको मुख्य बुँदा विस्तार गर्न मदत दिने पद पढ्‌दा बेस हुन्छ। समय पुग्छ भने तपाईंको तर्कलाई जोड दिने अरू केही पद पढ्‌नुहोस्‌।

बाइबल पद बताएर वा श्रोतालाई बाइबल पल्टाउन आग्रह गरेर मात्र पुग्दैन। तपाईंले एउटा पद पढ्‌नुभयो र श्रोताले त्यो पद आफ्नो बाइबलमा भेट्टाउनुअघि तुरुन्तै अर्को पद पनि पढिहाल्नुभयो भने तिनीहरूको मन मर्छ र वक्‍तासँगसँगै बाइबल खोलेर हेर्नै छोड्‌छन्‌। श्रोताले पद भेट्टाए कि भेट्टाएनन्‌ भनेर हेर्नुहोस्‌। धेरैजसोले पद भेट्टाएपछि मात्र पढ्‌नुहोस्‌।

पहिल्यै विचार गर्नुहोस्‌। पद पढ्‌नुअघि नै त्यसबारे उल्लेख गरेर श्रोतालाई पद पल्टाउन पर्याप्त समय दिनुहोस्‌। यसो गर्दा श्रोताले पद नभेट्टाउन्जेल पर्खिरहनुपर्दैन, समय पनि जोगिन्छ। श्रोतालाई बाइबल पद भेट्टाउन समय दिएकोले धेरै कुरा बताउन त नसकिएला तर श्रोताले भने धेरै फाइदा उठाउँछन्‌।

कसरी गर्न सकिन्छ?

  • बाइबल पद पढ्‌न थाल्दा घरधनीलाई पनि बाइबल देखाउनुहोस्‌ वा तिनलाई आफ्नै बाइबल पल्टाउन आग्रह गर्नुहोस्‌।

  • सभामा श्रोतालाई मुख्य पद पल्टाउन सीधै आग्रह गर्नुहोस्‌ र पद भेट्टाउन पर्याप्त समय दिनुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- पुनःभेट गर्दा यसो गर्ने कोसिस गर्नुहोस्‌: (१) पढ्‌न चाहेको पद पल्टाएर घरधनीलाई तपाईंको बाइबल दिनुहोस्‌ र उक्‍त पद पढ्‌न आग्रह गर्नुहोस्‌। (२) घरधनीलाई तिनको आफ्नै बाइबलबाट मुख्य पद पढ्‌न आग्रह गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने