प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 सेप्टेम्बर p. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल खोलेरै पढ्‌न प्रोत्साहन दिनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • श्रोताका लागि जानकारीमूलक
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • अनुहार हेरेर कुरा गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • जनभाषण तयारी गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 सेप्टेम्बर p. ७

प्रश्‍न पेटी

▪ वक्‍ताले भाषणको दौडान शास्त्रपद पढ्‌न आग्रह गर्दा, स्रोतागणले ती पदहरू पढ्‌नु किन लाभदायक छ?

स्रोतागणलाई कतिवटा बाइबल पद पढ्‌न आग्रह गर्नुपर्छ भन्‍ने कुरा भाषणको विषयवस्तु अनि भाषण परमेश्‍वरको वचनको कुनै अध्यायको एक एक पद छलफल गरिने किसिमको हो वा होइन, त्यसैमा निर्भर हुन्छ।

शास्त्रपद पढ्‌नुको एउटा उद्देश्‍य भाषणमा भनिएका बुँदाहरू बाइबलबाटै लिइएको हो भनेर पुष्टि गर्नु हो। (प्रेरि. १७:११) अर्को उद्देश्‍य छलफल भइरहेको विषयलाई पुष्टि गर्ने धर्मशास्त्रीय प्रमाण केलाउनु हो। यसले गर्दा हामी सबैको विश्‍वास अझ बलियो हुन्छ। मुख्य शास्त्रपद पढेर बाइबलले के भन्दो रहेछ भनी थाह पाउँदा, मनमा त्यो ठप्प बस्छ। शास्त्रपद पढ्‌नुको साथसाथै टिपोट लिएमा र भाषणले बुझाउन खोजेको कुरामा ध्यान दिएमा अझ लाभदायक हुन्छ।

सोसाइटीले दिएको आउटलाइनमा धेरै बाइबल पदहरू उद्धृत गरिएका हुनसक्छन्‌। यी बाइबल पदहरू भाषण तयारी गर्न मदत होस्‌ भनेर वक्‍ताको फाइदाको लागि उद्धृत गरिएका हुन्‌। यसले वक्‍तालाई विषयवस्तुको पृष्ठभूमिबारे जानकारी दिनुका साथै धर्मशास्त्रीय सिद्धान्त राम्ररी बुझ्न र विषयवस्तु कसरी अगाडि बढ्‌दैछ, सो ठम्याउन मदत गर्छ। भाषणलाई अगाडि बढाउँदै लैजान कुन पद अत्यावश्‍यक छ त्यो वक्‍ता आफैले निर्णय गर्छन्‌ अनि ती पदहरू स्रोतागणलाई आफूसँगै पढ्‌न आग्रह गर्नुका साथै त्यसको अर्थ पनि बुझाउँछन्‌। वक्‍ताले विषयवस्तु बुझाउन केही थप बाइबल पद उल्लेख गर्न र त्यसलाई आफ्नै शब्दमा बताउन सक्छन्‌ तर यस्तो बेला स्रोतागणले ती पदहरू पल्टाएर हेर्न आवश्‍यक छैन।

वक्‍ताले शास्त्रपद पढ्‌दा कम्प्युटरबाट प्रिन्ट गरेर ल्याएको कागजबाट होइन, सीधै बाइबलबाटै पढ्‌छ। स्रोतागणलाई बाइबल पढ्‌न आग्रह गर्दा, पढिने बाइबलको पुस्तक, अध्याय र पद स्पष्टसँग बताएको हुन्छ। पद पढ्‌नुभन्दा अगाडि एक छिन रोकी त्यसबारे प्रश्‍न उठाएर वा पद पढ्‌नुको कारण छोटकरीमा बताएर, उनले स्रोतागणलाई बाइबल पद पल्टाउने समय दिन्छन्‌। उद्धृत पदहरूलाई दोहोऱ्‍याएर भन्दा स्रोताहरूले सम्झिन सक्नेछन्‌। स्रोतागणले प्रयोग गर्ने बाइबलको संस्करण फरक फरक हुन सक्ने भएकोले पृष्ठ संख्या उल्लेख नगर्न सल्लाह दिइएको छ। भाषणको दौडान शास्त्रपदहरू पढ्‌न आग्रह गर्दा, ती पदहरू पढेमा परमेश्‍वरको वचनको शक्‍तिले स्रोतागणलाई धेरै फाइदा पुऱ्‍याउनेछ।—हिब्रू ४:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने