प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 २/१ पृ. २५-३०
  • वफादारीका साथ यहोवाको सेवा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादारीका साथ यहोवाको सेवा गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वफादार हुनुको अर्थ के हो
  • सिकेका कुराहरू प्रति मूल्याङ्‌कन
  • मसीही भ्रातृत्वको मूल्याङ्‌कन गर्नुहोस्‌
  • जाने अरू ठाउँ नै छैन
  • ढाडस दिने व्यक्‍ति हुनुहोस्‌
  • दियावलको विरोध गर्नुहोस्‌
  • परमेश्‍वरमाथि प्रार्थनापूर्वक भरोसा गर्नुहोस्‌
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • हेर, वफादार जन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवाको संगठनसँगसँगै वफादारीपूर्वक सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 २/१ पृ. २५-३०

वफादारीका साथ यहोवाको सेवा गर्नुहोस्‌

“भक्‍तसँग [वफादार, न्यु व०] तपाईं [यहोवा] भक्‍त देखा पर्नुहुन्छ।”—२ शमूएल २२:२६.

१. उहाँप्रति वफादार हुनेहरू सित यहोवा कस्तो व्यवहार गर्नु हुन्छ?

आफ्ना जनहरूका लागि यहोवाले जे गरिदिनु हुन्छ, त्यसवापत हामीले उहाँलाई केही दिन सक्‍तैनौं। (भजनसंग्रह ११६:१२) उहाँका आत्मिक र भौतिक उपहारहरू तथा कोमल कृपा कति अद्‌भुत छन्‌! प्राचीन इस्राएलका दाऊद राजालाई थाह थियो कि परमेश्‍वरप्रति वफादार हुनेहरू सित परमेश्‍वरले पनि वफादारीका साथ व्यवहार गर्नु हुन्छ। “जुन दिन परमप्रभुले दाऊदलाई तिनका सबै शत्रुहरू र शाऊलका हातबाट छुटाउनुभयो त्यस दिनमा” आफूले रचेको एउटा गीतमा सो कुरा दाऊदले व्यक्‍त गरे।—२ शमूएल २२:१.

२. दोस्रो शमूएल २२-वौं अध्यायमा उल्लिखित दाऊदको गीतमा प्रस्तुत गरिएका केही बुँदाहरू के के हुन्‌?

२ यहोवाले प्रार्थनाको जवाफ दिनु हुन्छ र उहाँ “उद्धार गर्नु हुने” हुनु हुन्छ भनेर प्रशंसा गर्दै दाऊदले तिनको गीत (१८-वौं भजनसित समानान्तर भएको) आरम्भ गरे। (२ शमू- एल २२:२-७) उहाँको स्वर्गीय मन्दिरबाट, परमेश्‍वरले आफ्नो वफादार सेवकलाई शक्‍तिशाली शत्रुहरूको हातबाट बचाउने काम गर्नु भयो। (८-१९ पद्यहरू) यसप्रकार एउटा धार्मिक जीवन पद्धति र यहोवाका मार्गहरू अनुसार हिंडेका हुनाले दाऊदलाई इनाम प्रदान गरियो। (२०-२७ पद्यहरू) यसपछि चाहिं ईश्‍वर-प्रदत्त शक्‍तिद्वारा गरिएका कार्यहरूको बयान गरिएको छ। (२८-४३ पद्यहरू) अन्तमा, निहुँ खोज्ने आफ्नै मानिसहरू र अन्यजातिका शत्रुहरूबाट पाएको छुटकाराको चर्चा गर्दै दाऊदले यहोवालाई धन्यवाद चढाए किनकि उहाँले “आफ्ना सबै कार्यहरूमा आफूले अभिषेक गर्नुभएको राजाप्रति . . . दृढ प्रेम देखाउनु” हुन्छ। (४४-५१ पद्यहरू) हामीले पनि एउटा धार्मिक मार्गको अनुसरण गर्दै शक्‍तिका लागि यहोवामाथि भरोसा गर्‌यौं भने उहाँले हामीलाई पनि छुटकारा दिन सक्नु हुन्छ।

वफादार हुनुको अर्थ के हो

३. शास्त्रमा आधारित दृष्टिकोण अनुसार, वफादार हुनुको अर्थ के हो?

३ दाऊदले रचेका छुटकाराको यस गीतले हामीलाई यो सान्त्वनापूर्ण आश्‍वासन दिन्छ: “भक्‍तसँग [वफादारसङ्‌ग, न्यु व०] तपाईं [यहोवा] भक्‍त देखा पर्नु हुन्छ।” (२ शमूएल २२:२६) हिब्रू विशेषण चा-सिध-को प्रयोग भएको बेलामा, “वफादार” अथवा “कृपालु [प्रेमपूर्ण दया भएको, न्यु व०]” व्यक्‍ति बोध हुन्छ। (भजनसंग्रह १८:२५, पाद टिप्पणी, न्यु व०]। त्यही शब्दको संज्ञा चि-सेध-को प्रयोग हुँदा एउटा यस्तो दयाको भाव बोध हुन्छ जसले कुनै वस्तु प्रति आफ्नो उद्देश्‍य पूरा नगरुञ्जेल त्यही वस्तुसित प्रेमपूर्ण ढङ्‌गमा टाँसी रहन्छ। यहोवाले आफ्ना सेवकहरूका लागि त्यसै प्रकारको दया देखाउनु हुन्छ र तिनीहरूले पनि उहाँप्रति सोही भाव व्यक्‍त गर्दछन्‌। यस प्रकारको धार्मिक र पवित्र वफादारीलाई “दया [प्रेमपूर्ण दया, न्यु व०]” र “कृपा [वफादार प्रेम, न्यु व०]” भनेर अनुवाद गरिएको छ। (उत्पत्ति २०:१३; २१:२३) युनानी शास्त्रमा, “वफादारी” शब्दद्वारा संज्ञा हो-सि-ओ-टिस र विशेषण हो-सि-ओस्‌-मा व्यक्‍त हुने पवित्रता र श्रद्धाको भाव पनि समावेश गरिन्छ। यस प्रकारको वफादारीमा विश्‍वासिलोपना र भक्‍ति पनि सम्मिलित छन्‌ र यसको अर्थ भक्‍त भएर सावधानीपूर्वक परमेश्‍वरप्रति सारा कर्त्तव्यहरू पूरा गर्नु हो। यहोवाप्रति वफादार हुनुको अर्थ उहाँसित यति बलियो ढङ्‌गमा टाँसिनु हो, मानो कुनै शक्‍तिशाली टाँसिने पदार्थद्वारा टाँसिएको जस्तै गरी।

४. यहोवाको वफादारी कुन कुन ढङ्‌गमा प्रकट भएको देखिन्छ?

४ यहोवाको आफ्नै वफादारी अन्य ढङ्‌गहरूमा प्रदर्शित गरिएको छ। उदाहरणका लागि, आफ्ना जनहरू प्रतिको वफादार प्रेम तथा न्याय र धार्मिकता प्रति वफादारीको कारण उहाँले दुष्टहरूको विरुद्धमा न्यायिक कदम चाल्नु हुन्छ। (प्रकाश १५:३, ४; १६:५) अब्राहामसित बाँध्नु भएको वाचाप्रति उहाँ वफादार भएको हुनाले इस्राएलीहरू प्रति उहाँले धेरै नै धैर्य धारण गर्नु भयो। (२ राजा १३:२३) परमेश्‍वरप्रति वफादार हुने व्यक्‍तिहरूले आफ्नो वफादार जीवन पद्धतिको अन्तसम्मै परमेश्‍वरबाट मद्दत पाउने आशा राख्न सक्छन्‌ र उहाँले तिनीहरूलाई बिर्सनु हुनेछैन भनी तिनीहरू विश्‍वस्त हुन सक्छन्‌। (भजनसंग्रह ३७:२७, २८; ९७:१०) परमेश्‍वरको प्रमुख “पवित्र [वफादार, न्यु व०] जन” हुनु भएको हुनाले, उहाँको प्राण शिओलमा छाडिने छैन भनी थाह पाएर, येशूले यस कुराबाट बल पाउनु भयो।—भजनसंग्रह १६:१०; प्रेरित २:२५, २७.

५. यहोवा वफादार हुनु भएको हुनाले, उहाँले आफ्ना सेवकहरू बाट के चाहनु हुन्छ र कुन प्रश्‍नमाथि विचार पुऱ्‍याइने छ?

५ यहोवा परमेश्‍वर वफादार हुनु हुन्छ र आफ्ना सेवकहरू बाट पनि उहाँले वफादारी चाहनु हुन्छ। (एफिसी ४:२४) उदाहरणका लागि, मण्डलीमा प्राचीन नियुक्‍त हुनका निम्ति योग्य हुन चाहने पुरुषहरू वफादार हुनै पर्छ। (तितस १:८) वफादारीका साथ यहोवाको सेवा गर्न उहाँका जनहरूलाई कुन कुन कुराले प्रेरित गर्नु पर्ने हो?

सिकेका कुराहरू प्रति मूल्याङ्‌कन

६. शास्त्रबाट सिकेका कुराहरू बारे हाम्रो विचार कस्तो हुनु पर्छ, र यस प्रकारको ज्ञानबारे हामीले के याद गर्नु पर्दछ?

६ शास्त्रबाट सिकेका कुराहरूका लागि हाम्रो कृतज्ञताले हामीलाई यहोवाको सेवा वफादारीका साथ गर्न प्रेरित गर्छ। प्रेरित पावलले तिमोथीलाई यसप्रकार आग्रह गरे: “यो कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्‍चय भएका कुराहरूमा लागिरह। तिमीले बाल्यकालदेखि पवित्र लेखोटहरू जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउन सक्‍तछ।” (२ तिमोथी ३:१४, १५) यस प्रकारको ज्ञान परमेश्‍वरबाट “विश्‍वासी र बुद्धिमान दास”-द्वारा आएको हो भनी नबिर्सनु होस्‌।—मत्ती २४:४५-४७.

७. विश्‍वासी दासद्वारा परमेश्‍वरले उपलब्ध गराउनु भएको आत्मिक आहारबारे प्राचीनहरूले के कस्तो मनोवृत्ति राख्नु पर्छ?

७ परमेश्‍वरले विश्‍वासी दासद्वारा उपलब्ध गराउनु भएको पौष्टिक आत्मिक आहारको मूल्याङ्‌कन विशेषगरी नियुक्‍त प्राचीनहरूले गर्नु पर्दछ। वर्षौं अघि केही प्राचीनहरूमा यस प्रकारको मूल्याङ्‌कनको अभाव थियो। यो अभावलाई देख्ने एक जना व्यक्‍ति अनुसार ती प्राचीनहरूले “प्रहरीधरहरा-का लेखहरूको आलोचना गरी रहन्थे र . . . ती लेखहरू हामीलाई सत्य कुराहरू सिकाउने परमेश्‍वरको एउटा माध्यम हो भनी तिनीहरू स्वीकार गर्न चाहन्दैन थिए र सधैं अरूहरूलाई आफ्नै विचारद्वारा प्रभावित पार्न खोजी रहन्थे।” तथापि, परमेश्‍वरले विश्‍वासी दासद्वारा उपलब्ध गराउनु भएको आत्मिक आहारको कुनै पनि भागलाई तिरस्कार गर्न वफादार प्राचीनहरूले अरूहरूलाई उक्साउने कोशिश कहिल्यै गर्दैनन्‌।

८. विश्‍वासी र बुद्धिमान दासद्वारा प्रस्तुत गरिएको कुनै शास्त्रीय बुँदाको हामीले पूर्णरूपमा मूल्याङ्‌कन गर्न सकेनौं भने के गर्ने?

८ यहोवाका समर्पित साक्षीहरूको हैसियतमा, हामी सबैले नै उहाँ र उहाँको सङ्‌गठनप्रति वफादार हुनु पर्दछ। परमेश्‍वरको अद्‌भुत ज्योतिबाट हटेर जाने अथवा धर्मत्यागी भएर वर्तमानमा आत्मिक मृत्यु र अन्ततोगत्वा विनाशमा पुग्ने विचार समेत हामीले गर्नु हुँदैन। (यर्मिया १७:१३) तर विश्‍वासी दासले प्रस्तुत गरेका कुनै शास्त्रीय बुँदा स्वीकार गर्न अथवा त्यसको पूर्णरूपमा मूल्याङ्‌कन गर्न हामीलाई गाह्रो लाग्यो भने के गर्ने? हामीले सच्चाइ कहाँ सिक्यौं, त्यो नम्रतापूर्वक स्वीकार गरौं र नबुझेका कुराको स्पष्टीकरण प्रकाशित नहोउञ्जेलसम्म त्यो परीक्षाको सामना गर्ने बुद्धिका लागि प्रार्थना गरौं।—याकूब १:५-८.

मसीही भ्रातृत्वको मूल्याङ्‌कन गर्नुहोस्‌

९. मसीहीहरू बीच आत्मीयताको भाव हुनु पर्छ भनेर १ यूहन्‍ना १:३-६ बाट कसरी देखिन्छ?

९ हाम्रा मसीही भ्रातृत्वमा पाइने आत्मीयताको भावलाई हृदयबाट मूल्याङ्‌कन गऱ्‍यौ भने यहोवाको सेवा वफादारीका साथ गर्ने अझ एउटा प्रेरणा पाउन सक्छौं। भनौं भने, यस प्रकारको भावना बिना परमेश्‍वर र ख्रीष्टसितको हाम्रो सम्बन्ध आत्मिक तवर्‌मा बलियो हुन सक्‍तैन। अभिषिक्‍त मसीहीहरूलाई प्रेरित यूहन्‍नाले यसो भने: “त्यो, जो हामीले देखेका र सुनेका छौं, सो हामी तिमीहरूलाई पनि बताउँछौं, कि तिमीहरू पनि हाम्रो सङ्‌गतिमा होओ। हाम्रा सङ्‌गति ता पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ . . . यदि उहाँसँग हाम्रो सङ्‌गति छ भनी हामी भन्छौं र अन्धकारमानै हिंड्‌छौं भनेता हामी ढाँटछौं र सत्यमा चल्दैनौं।” (१ यूहन्‍ना १:३-६) यो सिद्धान्त सबै मसीहीहरूमा लागू हुन्छ, चाहे तिनीहरूको आशा स्वर्ग जाने होस्‌ वा पार्थिव।

१०. इयोदिया र सिन्तकेलाई कुनै व्यक्‍तिगत समस्याको समाधान गर्न गाह्रो परेको जस्तो भए तापनि, पावलले यी स्त्रीहरूलाई कुन दृष्टिले हेरे?

१० आत्मीयताको भावलाई कायम राख्नका लागि प्रयासको आवश्‍यकता पर्दछ। उदाहरणका लागि, मसीही स्त्रीहरू इयोदिया र सिन्तकेलाई तिनीहरू बीचको समस्या समाधान गर्नु गाह्रो परेको जस्तो देखिन्छ। यसकारण पावलले तिनीहरूलाई “प्रभुमा एउटै मनका होओ” भनेर आग्रह गरे। तिनले यसो पनि भने: “ए सच्चा जोडीदार, म तिमीलाई पनि आग्रहपूर्वक बिन्ती गर्दछु, कि यी स्त्रीहरूलाई मदत गर। किनभने यिनीहरूले मसँग सुसमाचारमा परिश्रम गरे, क्लेमेण्टको साथमा पनि र मेरा अरू बाँकी सहकर्मीहरूसँग, जसका नाउँ जीवनको पुस्तकमा छन्‌।” (फिलिप्पी ४:२, ३) यी ईश्‍वरभक्‍त स्त्रीहरूले पावल र अरूहरूका साथ काँधमा काँध मिलाएर “सुसमाचार”-का लागि सङ्‌घर्ष गरेका थिए, र यिनीहरू ‘जीवनको पुस्तकमा नाउँ’ हुनेहरू मध्येका हुन्‌ भनी पावल निश्‍चित थिए।

११. एक जना वफादार मसीहीलाई कुनै आत्मिक समस्या आइपरेमा हामीले कुन कुरा मनमा याद राख्नु उचित हुने छ?

११ यहोवाको सङ्‌गठनमा के के गर्ने विशेषाधिकार पाएका छन्‌ र उहाँको सेवा कसरी वफादारीका साथ गर्दै आएका छन्‌ भनी देखाउने कुनै प्रकारको बिल्ला लगाएर मसीहीहरू हिंड्‌ने गर्दैनन्‌। तर तिनीहरूमा कुनै प्रकारको आत्मिक समस्या देखा पर्‌यो भने, तिनीहरूले वफादारीका साथ वर्षौं देखिन्‌ यहोवाको सेवा गर्दै आएको कुरालाई वास्तै नगर्नु कति अप्रिय कुरा हुने छ! यहाँ पावलले जसलाई “ए सच्चा जोडीदार” भनेर सम्बोधन गरे, तिनी सम्भवतः कुनै एक जना भाइ हुन सक्छन्‌ जो अरूहरूलाई मद्दत दिन उत्सुक थिए। तपाईं एक जना प्राचीन हुनु हुन्छ भने, के तपाईं अनुकम्पापूर्ण मद्दत दिने उत्सुकता भएको एउटा “सच्चा जोडीदार” हुनु हुन्छ? विश्‍वासमा हुने हाम्रा सङ्‌गीहरूले गरेका असल-असल कुराहरूको हामी सधैं नै विचार गरौं, र तिनीहरूलाई भार उठाउन प्रेमपूर्ण सहायता दिने गरौं।—गलाती ६:२; हिब्रू ६:१०.

जाने अरू ठाउँ नै छैन

१२. येशूले भन्‍नु भएका कुराहरूको कारण ‘धेरै चेलाहरू पछि हटदा,’ पत्रुसको अडान के थियो?

१२ अनन्त जीवनका लागि जाने अर्को कुनै ठाउँ नै छैन भन्‍ने कुरा हामीले सम्झी राख्यौं भने यहोवाको सङ्‌गठनसित मिलेर वफादारीका साथ उहाँको सेवा गर्न हामी उत्प्रेरित हुने छौं। येशूले भन्‍नु भएका कुराहरूले गर्दा जब उहाँका धेरै चेलाहरू ‘पछि हटे औ उहाँसँग फेरि हिंडडुल गरेनन्‌,’ उहाँले आफ्ना प्रेरितहरूलाई सोध्नु भयो: “के तिमीहरू पनि गइहाल्ने इच्छा गर्दछौ?” पत्रुसले यसप्रकार जवाफ दिए: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌, औ तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले विश्‍वास गरेका र जानेका छौं।”—यूहन्‍ना ६:६६-६९.

१३, १४. (क) प्रथम शताब्दीको यहूदी धर्ममाथि ईश्‍वरीय अनुग्रह किन थिएन? (ख) परमेश्‍वरको दृश्‍य सङ्‌गठनबारे धेरै वर्ष देखिन्‌ साक्षी भएका एक जना व्यक्‍तिले के भने?

१३ “अनन्त जीवनका कुरा” सा० यु० प्रथम शताब्दीको यहूदी धर्ममा पाइन्दैन थियो। त्यो धर्मको मुख्य पाप नै येशूलाई मसीहको हैसियतमा तिरस्कार गर्नु थियो। कुनै पनि रूपमा यहूदी धर्म, हिब्रू शास्त्रमा आधारित थिएन। सदुकीहरू स्वर्गदूतहरूको अस्तित्वलाई मान्‍न तयार थिएनन्‌ र पुनरुत्थानमा पनि विश्‍वास गर्दैन थिए। यी कुराहरूमा फरिसीहरूको सहमति नभए तापनि आफ्ना गैर-शास्त्रीय परम्पराहरूको कारण फरिसीहरूले पनि परमेश्‍वरको वचनलाई बेकम्मा पारिदिएका थिए। (मत्ती १५:१-११; प्रेरित २३:६-९) यहूदीहरू ती परम्पराहरूको दास हुन गए जसले गर्दा येशू ख्रीष्टलाई स्वीकार गर्न तिनीहरूलाई गाह्रो भयो। (कलस्सी २:८) आफ्नो ‘पिता-पुर्खाका प्रथामा असाध्य जोशिलो’ हुँदा, शाऊलले (पावल) अन्जानमा ख्रीष्टका अनुयायीहरूलाई क्रूरताका साथ सताए।—गलाती १:१३, १४, २३.

१४ यहूदी धर्म माथि परमेश्‍वरको अनुग्रह थिएन। तर यहोवाले उहाँका पुत्रका अनुयायीहरूको सङ्‌गठन अथवा ‘सुकर्ममा जोशिलो भएका . . . जाति’-लाई आशिष दिनु भयो। (तितस २:१४) त्यो सङ्‌गठन आज पनि छ, र धेरै वर्ष देखिको एकजना पुरानो साक्षीले यसो भने: “मेरा लागि कुनै एउटा कुरा महत्त्वपूर्ण छ भने त्यो हो यहोवाको दृश्‍य सङ्‌गठन नजिक बस्नु। मानवीय सोच-विचारमा भरपर्नु कति गलत हो भन्‍ने कुरा मैले मेरा सुरु-सुरुका अनुभवहरू बाट नै सिकें। यस निष्कर्षमा आइपुगे पछि सङ्‌गठनप्रति विश्‍वासी भएर बस्ने अठोट मैले गरें। र आखिर, यहोवाको अनुग्रह र आशिष पाउने अर्को कुनै तरिका पनि त छैन।” हो, ईश्‍वरीय अनुग्रह र अनन्त जीवन पाउनका लागि हामी जाने अरू कुनै ठाउँ नै छैन।

१५. यहोवाको दृश्‍य सङ्‌गठन र त्यहाँ जिम्मेवारी उठाउनेहरूलाई किन सहयोग दिनु पर्छ?

१५ यहोवाको सङ्‌गठनलाई सहयोग दिन हामी हृदयबाटै उत्प्रेरित हुनु पर्ने हो। किनभने हामी जान्दछौं कि उहाँको आत्माद्वारा निर्देशित र उहाँको नाउँ र उद्देश्‍यको घोषणा गर्ने यो एक मात्र सङ्‌गठन हो। (रोमी ५:१२) हुनः त हो, यसमा जिम्मेवारी उठाउने व्यक्‍तिहरू असिद्ध छन्‌। तर मरियम र हारूनले पनि मोशाको आलोचना गर्दा, तिनीहरूको विरुद्धमा “परमप्रभुको क्रोध दन्क्यो।” ईश्‍वर-प्रदत्त जिम्मेवारी तिनीहरूलाई होइन मोशालाई सुम्पिएको थियो भन्‍ने कुरा तिनीहरूले बिर्से। (गन्ती १२:७-९) आज पनि “अगुवाहरू”-लाई वफादार मसीहीहरूले सहयोग दिन्छन्‌ किनभने यहोवा यही चाहनु हुन्छ। (हिब्रू १३:७, १७) हाम्रा वफादारीको एउटा प्रमाण नियमित रूपमा मसीही सभाहरू धाउनु हो र अरूहरूलाई ‘प्रेम र सुकर्ममा उत्तेजित’ पार्ने प्रकारका टिप्पणीहरू दिनु हो।—हिब्रू १०:२४, २५.

ढाडस दिने व्यक्‍ति हुनुहोस्‌

१६. अरूहरूका लागि के गर्ने इच्छाले पनि हामीलाई यहोवाको सेवा वफादारीका साथ गर्ने उत्प्रेरणा दिनु पर्ने हो?

१६ अरूहरूलाई ढाडस दिने इच्छाले पनि हामीलाई वफादारी साथ यहोवाको सेवा गर्ने प्रेरणा दिनु पर्दछ। पावलले यसप्रकार लेखे: “ज्ञानले घमण्ड बढाउँछ, तर प्रेमले उन्‍नति [ढाड्‌स, न्यु व०] गराउँछ।” (१ कोरिन्थी ८:१) कुनै एक प्रकारको ज्ञानले मानिसलाई घमण्डले फुलाउँछ भने, पावलको भनाइ अनुसार प्रेम प्रकट गर्ने मानिसले पनि स्वंयलाई ढाडस दिन सक्‍तछ। प्राध्यापकहरू वाय्‌स र इङ्‌ग्लिशको एउटा पुस्तकमा यसो भनिएको छ: “प्रेम गर्ने क्षमता भएका मानिसलाई अक्सर अरूले पनि प्रेम नै गर्छन्‌। जीवनको प्रत्येक क्षेत्रमा . . . शुभेच्छा र विवेक देखाउने क्षमताले यस प्रकारको भावना देखाउने मानिस र यी भावनाहरूको पात्र हुने व्यक्‍ति, दुवै माथि एउटा सकारात्मक असर पार्दछ, र यसप्रकार यो दुवैका लागि आनन्दायक हुन्छ।” प्रेम देखाएर, हामीले अरूहरूका साथै आफ्नो पनि उन्‍नति गर्ने गर्छौं, जस्तो कि येशूका यी शब्दहरूमा सङ्‌केत गरिएको छ: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.

१७. प्रेमले ढाडस कसरी दिन्छ, र यसले हामीलाई के गर्न देखि रोक्नेछ?

१७ पावलले १ कोरिन्थी ८:१-मा युनानी शब्द अगापे प्रयोग गरे जसको अर्थ हो सिद्धान्तमा आधारित प्रेम। यसले ढाडस दिने गर्छ किनकि यो धीरजवन्त र दयालु हुन्छ, सबै कुराको सहन्छ र यो कहिले टल्दैन। यस प्रकारको प्रेमले घमण्ड र डाह जस्ता हानिकारक भावनाहरूलाई हटाउँछ। (१ कोरिन्थी १३:४-८) यस प्रकारको प्रेमले हामीलाई हाम्रा भाइहरूको शिकायत गर्न देखि रोक्ने छ, किनकि जसरी हामी असिद्ध छौं त्यसरी नै हाम्रा भाइहरू पनि असिद्ध छन्‌। यसले हामीलाई प्रथम शताब्दीका साँचो मसीहीहरू बीच “गुप्त रूपले भित्र घुसेका” केही “अधर्मी” मानिसहरू जस्तै हुन दिने छैन। ती मानिसहरूले “प्रभुत्वलाई” तुच्छ ठान्दै “उच्च पदाधिकारीहरूको निन्दा” गरिरहेका थिए, प्रत्यक्षतया केही मात्रामा महिमा प्राप्त अभिषिक्‍त मसीही निरीक्षकहरू बारे पनि तिनीहरूले अपमानजनक ढङ्‌गमा कुरा गरेको हुन सक्छ। (यहूदा ३, ४, ८) हामी चाहिं यहोवाप्रति वफादार होउँ, र त्यस्ता कुनै पनि काम गर्ने परीक्षामा न फसौं।

दियावलको विरोध गर्नुहोस्‌

१८. शैतानको वश चलेमा त्यसले यहोवाका जनहरूलाई के गर्न चाहने थियो, तर त्यसले त्यसो किन गर्न सक्‍तैन?

१८ शैतानले परमेश्‍वरका जनहरूको एकतालाई तोड्‌न चाहन्छ भन्‍ने कुराको ज्ञानले यहोवाको सेवा वफादारीका साथ गर्ने हाम्रो सङ्‌कल्पलाई अझ दृढ पार्नु पर्ने हो। शैतानको वश चले त त्यसले परमेश्‍वरका सबै जनहरूलाई खतम पारिदिने थियो र कहिलेकाहीं दियाबलका पार्थिव सेवकहरूले साँचो उपासकहरूको हत्या गर्दछन्‌। तर ती सबै जनालाई नामेट पार्ने अनुमति परमेश्‍वरले शैतानलाई दिनु हुने छैन। “मृत्युका सामर्थ भएको, अर्थात्‌ शैतानलाई . . . रद्द पार्न” येशू मर्नु भयो। (हिब्रू २:१४) १९१४-मा ख्रीष्ट राजा हुनु भएपछि शैतानलाई स्वर्गबाट तल फ्याँकियो र त्यस बेलादेखिन्‌ त्यसको अख्तियार प्रयोग गर्ने क्षेत्र विशेष मात्रामा सीमित भएको छ। र यहोवाले खटाउनु भएको समयमा, येशूले शैतान र त्यसको सङ्‌गठनलाई नष्ट गरिदिनु हुने छ।

१९. (क) धेरै वर्ष अघि यस पत्रिकामा के चेताउनी दिइएको थियो? (ख) शैतानका जालहरू बाट बच्नका लागि, विश्‍वासमा भएका हाम्रा सङ्‌गीहरू सित व्यवहार गर्दा हामीले कुन कुरालाई विशेष ध्यान दिनु पर्दछ?

१९ यस पत्रिकाले एक पटक यो चेताउनी दिएको थियो: “शैतान अथवा दियावलले परमेश्‍वरका जनहरू बीच गोलमाल उत्पन्‍न गर्न सकेमा तिनीहरूलाई आपसमै झैं-झगडा गराउन लाएर अथवा भाइहरूका लागि प्रेम नष्ट पारिदिने स्वार्थी मनोवृत्तिको प्रदर्शन अथवा विकास गराउन सकेमा, तिनीहरूलाई निल्न त्यो सफल हुने छ।” (द वॅचटावर, मई १, १९२१, पाना १३४) अतः हामीलाई एक अर्काको मानहानि गर्न लाउने अथवा एकअर्कासित झगडा गर्न लाउँदै हाम्रो एकतालाई खतम पार्ने मौका हामी शैतानलाई नदिउँ। (लेवी १९:१६) यहोवाको सेवा वफादारीका साथ गर्नेहरूलाई हामीले व्यक्‍तिगत रूपमा हानि पुऱ्‍याउन अथवा तिनीहरूलाई गाह्रो पारिदिन शैतानले चलाकीसाथ हाम्रो प्रयोग गर्न नपाओस्‌। (२ कोरिन्थी २:१०, ११-सङ्‌ग तुलना गर्नु होस्‌।) बरु, पत्रुसका यी शब्दहरूलाई हामीले प्रयोगमा ल्याउँने गरौं: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड्‌छ। तिमीहरू आफ्नो विश्‍वासमा दह्रो भएर . . . त्यसको विरोध गर।” (१ पत्रुस ५:८, ९) हामीले दृढताका साथ शैतानको विरोध गर्‌यौं भने यहोवाका जनहरू बीच पाइने यो आशिषपूर्ण एकता कायम राख्न सक्ने छौं।—भजनसंग्रह १३३:१-३.

परमेश्‍वरमाथि प्रार्थनापूर्वक भरोसा गर्नुहोस्‌

२०, २१. यहोवामाथि प्रार्थनापूर्वक भरोसा राख्नु र वफादारीका साथ उहाँको सेवा गर्नुमा के सम्बन्ध छ?

२० परमेश्‍वरमाथि प्रार्थनापूर्वक भरोसा राख्यौं भने हामीले वफादारीका साथ यहोवाको सेवा गर्ने मद्दत पाउने छौं। उहाँले हाम्रा प्रार्थनाहरूको जवाफ दिनु भएको अनुभव गर्दा, उहाँसितको हाम्रो आत्मीयता अझ बढ्‌दछ। यहोवा परमेश्‍वरमाथि प्रार्थनापूर्वक भरोसा राख्ने आग्रह गर्दै प्रेरित पावलले यसप्रकार लेखे: “यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर बिना क्रोध र विवादसाथ प्रार्थना गरून्‌ भन्‍ने म चाहन्छु।” (१ तिमोथी २:८) उदाहरणका लागि, परमेश्‍वरमाथि प्रार्थनापूर्वक भरोसा राख्नु प्राचीनहरूका लागि कति महत्त्वपूर्ण छ! मण्डली सम्बन्धी कामकुराको छलफल गर्न एक साथ भेला हुँदा, यहोवाप्रति यस्तो वफादारीको प्रार्थनापूर्ण प्रदर्शनले धेरै समय खाने विवाद र सम्भाव्य झोकाझोक रोक्ने सहायता दिने छ।

२१ यहोवा परमेश्‍वरमाथि प्रार्थनापूर्वक भरोसा राख्यौं भने हामीले पाएका विशेषाधिकारहरूलाई राम्ररी कार्यान्वयन गर्ने मद्दत पनि पाउन सक्नेछौं। कैय्यन्‌ दशकदेखिन्‌ यहोवाको सेवा गरेका एक जना मानिसले यसो भने: “परमेश्‍वरको विश्‍वव्यापी सङ्‌गठनमा हामीलाई दिएको जुनसुकै कार्य स्वीकार गर्न हामी इच्छुक हुँदा, र आफूलाई खटाइएको कर्तव्य पूरा गर्नमा दृढताका साथ लागी रहँदा हाम्रा हार्दिक कोशिशहरू माथि परमेश्‍वरको अनुमोदन र प्रसन्‍नता हुन्छ। हामीलाई सुम्पिएका कार्यहरू हेर्नमा तुच्छ भए तापनि, यस कार्यलाई विश्‍वासिलो भएर सम्पन्‍न नगरूञ्जेल अन्य महत्त्वपूर्ण कार्यहरूमा बाधा पर्न जान्छ। अतः, यदि हामी नम्र छौं र आफ्नो नाउँको सट्टा प्रत्यक्षतया यहोवाको नाउँ महिमित पार्न चाहन्छौं भने, हामी सधैं नै ‘स्थिर र अटल हुनेछौं र यहोवाको काममा प्रशस्त हुँदै जानेछौं।’—१ कोरिन्थी १५:५८.

२२. यहोवाले हामीलाई प्रदान गर्नु भएका अनेकन आशिषहरूले हाम्रो वफादारीमा के असर पार्नु पर्ने हो?

२२ तथापि, हामीले यहोवाको सेवामा जे जति गरे तापनि, उहाँले हाम्रालागि गरिदिनु भएका कुराहरूको साटो फेर्न हामी सक्‍तैनौं। हामी परमेश्‍वरको सङ्‌गठनमा कति सुरक्षित छौं। वरिपरिबाट हामी उहाँका मित्रहरूले घेरिएका छौं! (याकूब २:२३) भ्रातृ-प्रेममा गहिरो गरी जरा गाडेको एकता यहोवाले हामीलाई आशिषको रूपमा प्रदान गर्नु भएको छ। त्यसलाई शैतान स्वयंले पनि उखेल्न सक्‍तैन। यसकारण, स्वर्गमा हुनुहुने हाम्रो वफादार पितासित हामी टाँसी रहौं र उहाँका जनहरूको हैसियतमा एक साथ मिलेर काम गरौं। अहिले र अनन्तकालसम्मै, हामी वफादारीका साथ यहोवाको सेवा गरौं। (w92 11/15)

तपाईं कसरी जवाफ दिनु हुन्छ?

▫ वफादार हुनुको अर्थ के हो?

▫ यहोवाको सेवा वफादारीका साथ गर्दा हामीलाई कुन कुन कुराले प्रेरणा दिनु पर्ने हो?

▫ दियावलको विरोध हामीले किन गर्नु पर्दछ?

▫ यहोवाका वफादार सेवकहरू हुने मद्दत हामीलाई प्रार्थनाले कसरी दिन सक्छ?

[पृष्ठ ३०-मा भएको चित्र]

यहोवाका वफादार सेवकहरूले सिंह जस्तै तिनीहरूको शत्रु, दियावललाई तिनीहरूको एकता तोडनु दिंदैनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने