प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ८/१५ pp. ३०-३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • पावल जहाज चढेर रोम गए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • पावल विपत्तिमाथि विजयी हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “समुद्रका जोखिममा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ८/१५ pp. ३०-३१

पाठकहरूका प्रश्‍नहरू

कसै-कसैले पावलको जहाज सिसिलीको दक्षिणमा पर्ने माल्टा टापुमा नभई अर्कै टापुमा दुर्घटना भएको थियो भनी दाबी गरेका छन्‌। उनको जहाज कहाँ दुर्घटना भएको थियो?

यस प्रश्‍नले प्रेरित पावलको जहाज माल्टाको टापुमा नभई ग्रीसको पश्‍चिमी तटको आयोनियन समुद्रको कोर्फु नजिकै सेफालोनियामा (वा केफालिनिया) दुर्घटनाग्रस्त भएको हुन सक्ने भनी हालै प्रस्तुत गरिएको विचारलाई सङ्‌केत गर्छ। रोमी अफिसर जुलियसको हिरासतमा रहेका पावलले अन्य सिपाही तथा आफ्ना सहयात्रीहरूसँगै सिजरियाबाट यात्रा सुरु गरेका थिए भनी प्रेरित रेकर्डले बताउँछ। मानचित्रमा देखाएझैं तिनीहरू सायडन र माइरातर्फ लागे अनि मिश्रको अलेक्जेन्ड्रिया पुगेपछि अन्‍न बोकेको ठूलो जहाज चढेर पश्‍चिममा स्नाइडसतिर यात्रा गरे। तथापि, पूर्वयोजनाअनुसार एजियन सागरबाट ग्रीस हुँदै रोम पुग्ने मार्गमा तिनीहरूले यात्रा गर्न सकेनन्‌। बेस्सरी चलेको हावाले तिनीहरूलाई दक्षिणमा क्रेटतिर पुऱ्‍यायो र त्यहाँ किनारमा ओत लाग्नुपऱ्‍यो। तिनीहरू त्यहाँ सुबन्दर भन्‍ने बन्दरगाहमा रोके। “क्रेटबाट जहाज” चलाएपछि “प्रचण्ड आँधीको वेगमा उत्तर-पूर्वी कहलाइने तूफान[को]” (नयाँ संसोधित संस्करण) मारमा ‘जहाज पऱ्‍यो।’ अन्‍न बोकेको त्यो गह्रौं जहाज १४ औं रातसम्म ‘समुद्रमा यताउता’ हुत्तिरहेको थियो।’ अन्ततः जहाजमा भएका २७६ जना सबै पवित्र धर्मशास्त्रको युनानी पदमा भनिएको मिलेट्टे भन्‍ने टापुमा दुर्घटनाग्रस्त भयो।—प्रेरित २७:१–२८:१.

विगतमा मिलेट्टे भन्‍ने यो टापु कुन हो भन्‍ने सन्दर्भमा विभिन्‍न विचारहरू प्रस्तुत गरिएका छन्‌। कसै-कसैले एड्रिया समुद्रको क्रोएसियाको तटमा पर्ने अहिले मिल्येट भनेर चिनिने मिलेट्टे इलेरिकामा डुबेको थियो भन्छन्‌। तर यो सम्भव देखिंदैन किनभने मिल्येटको उत्तरी भाग पावलको यात्राको अर्को चरण विशेष गरी सिराक्युस, सिसिली अनि इटालीको पश्‍चिमी तटसँग मेल खाँदैन।—प्रेरित २८:११-१३.

थुप्रै बाइबल अनुवादकहरूले मिलेट्टे भन्‍ने टापुले मिलेट्टे अफ्रिकानस्‌ टापु जसलाई अहिले माल्टा भनेर चिनिन्छ, त्यसलाई नै सङ्‌केत गर्छ भन्‍ने निष्कर्षमा पुगेका छन्‌। पावल चढेको जहाजको तालिकाअनुसार रोकिनुपर्ने सबैभन्दा अन्तिम बन्दरगाह क्रेटमा सुबन्दर बन्दरगाह थियो। त्यसपछि प्रचण्ड आँधीले जहाजलाई पश्‍चिममा क्लौदातिर पुऱ्‍यायो। हावाले धेरै दिनसम्म जहाजलाई हुत्याइरह्‍यो। बेस्सरी चलेको हावाले हुत्याएको जहाज सुदूर पश्‍चिममा माल्टासम्म पुग्न सकिने कुरा बिलकुलै मनासिब छ।

त्यहाँ अक्सर चल्ने हावा र जहाज बगेको “दिशा र रफ्तार”-लाई विचार गर्दै कोनिबियर र हाउसनले द लाइफ एण्ड एपिसल्स अफ सेन्ट पल नामक आफ्नो पुस्तकमा यस्तो उल्लेख गरे: “क्लौदा र माल्टाबीचको दूरी ७७० किलोमिटरभन्दा कम छ। संयोगको कुरा यति उल्लेखनीय छ कि चौधौं रातमा नाविकहरू माल्टाबाहेक अन्य कुनै ठाउँमा पुगे भनी कल्पना गर्न पनि गाह्रो छ। त्यो ठाउँ माल्टा नै थियो भन्‍ने सम्भावना एकदमै धेरै छ।”

अन्य ठाउँमा दुर्घटनाग्रस्त भएको हुन सक्ने सम्भावना प्रस्तुत गरिए तापनि सँगै मानचित्रमा देखाइएको माल्टामा जहाज दुर्घटना बाइबल रेकर्डसँग मिल्दो छ।

[पृष्ठ ३१-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

यरूशलेम

सिजरिया

सायडन

माइरा

स्नाइडस

क्रेट

क्लौदा

माल्टा

सिसिली

सिराक्युस

रोम

मिल्येट

ग्रीस

सेफालोनियामा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने