प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ५/१ pp. ३-४
  • बाइबल परमेश्‍वरको वचन हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल परमेश्‍वरको वचन हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबललाई हेर्ने मनोवृत्तिमा भएका परिवर्तन
  • बाइबल वास्तवमै परमेश्‍वरबाट प्रेरित वचन हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • बाइबल—“परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको” किताब हो?
    ब्यूँझनुहोस्‌!—२०१७
  • उत्कृष्ट बुद्धिको अनुपम स्रोत
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने साँचो शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ५/१ pp. ३-४

बाइबल परमेश्‍वरको वचन हो?

“परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवनयापन गर्नलाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”—२ तिमोथी ३:१६, १७.

बाइबलको सर्वश्रेष्ठताबारे प्रेरित पावलको कस्तो सशक्‍त भनाइ! तिनले विशेषगरि त्यसबेला उपलब्ध बाइबलको अंशबारे यसो भन्दै थिए, जसलाई मानिसहरू प्रायः पुरानो नियम वा पुरानो करार भन्‍ने गर्छन्‌। तर पावलको यस भनाइमा भएको सिद्धान्त बाइबलका ६६ वटै पुस्तकको सन्दर्भमा पनि उत्तिकै लागू हुन्छ। यिनमा येशूका विश्‍वासी चेलाहरूले प्रथम शताब्दीमा लेखेका पुस्तक पनि पर्छन्‌।

के तपाईं पनि बाइबललाई पावलले जस्तै महत्त्वपूर्ण ठान्‍नुहुन्छ? बाइबलका लेखकहरूले परमेश्‍वरबाट साँच्चै नै प्रेरणा पाएका थिए भनेर के तपाईं विश्‍वास गर्नुहुन्छ? प्रथम शताब्दीका ख्रीष्टियानहरूले विश्‍वास गरेका थिए। यस कुरामा साँचो ख्रीष्टियानहरूले कहिले पनि शंका गरेनन्‌। उदाहरणका लागि १४ औं शताब्दीका इङ्‌गल्याण्डका पादरी जोन विक्लिफले बाइबललाई “सत्यको भरपर्दो नियम” भने। पावलको माथि उल्लिखित भनाइबारे बाइबलसम्बन्धी एउटा शब्दकोशले ( The New Bible Dictionary) यस्तो टिप्पणी गरेको छ: परमेश्‍वरबाट “प्रेरणा हुनुले बाइबलका सम्पूर्ण तथ्य सत्य हुन्‌ भन्‍ने ग्यारेन्टी दिन्छ।”

बाइबललाई हेर्ने मनोवृत्तिमा भएका परिवर्तन

तर आजकल मानिसहरू बाइबललाई भरोसा गर्न छोड्‌दैछन्‌। धर्मसम्बन्धी एउटा पुस्तक ( The World’s Religions) भन्छ: “सैद्धान्तिक कुरा गर्ने हो भने सबै ख्रीष्टियान [अहिले पनि] आफ्नो कामकुरामा होस्‌ वा आफ्नो विश्‍वास बढाउनमा, बाइबललाई आधिकारिक मान्छन्‌। तर व्यवहारमा भने ठ्याक्कै उल्टो भएको छ। आजकल थुप्रै मानिस बाइबललाई “भर पर्न नसकिने मानव परम्पराले भरिएको” मात्र ठान्छन्‌। यिनीहरूले बाइबलका लेखकहरू गहिरो विश्‍वास भएका मानिसहरू थिए भनेर स्वीकारे तापनि तिनीहरू असिद्ध मानिस मात्र हुन्‌ जसले बाइबलका गहिरा तथ्यहरू व्याख्या गर्न संघर्ष गरे तर तिनीहरूसित अहिले हामीसित भएजस्तो ज्ञान र समझ भने थिएन भन्‍ने धारणा राख्छन्‌।

वास्तवमा एकदम थोरै मानिस मात्र आजकल बाइबलको डोऱ्‍याइअनुसार सोच्छन्‌ र काम गर्छन्‌। उदाहरणका लागि नैतिकतासम्बन्धी बाइबलका स्तरहरू पुराना भइसके र अव्यावहारिक छन्‌ भन्‍ने गरेको तपाईं बारम्बार सुन्‍नुहुन्छ नि, होइन र? थुप्रैले बाइबलका नियमहरूलाई तुच्छ ठान्छन्‌। अझै मान्दै मान्दैनन्‌ भन्दा पनि हुन्छ; मानिहाले भने पनि तिनीहरूलाई सजिलो हुँदा मात्र। “ख्रीष्टियान भनौदा” कतिपय मानिसले व्यभिचार, अनैतिक यौन सम्बन्ध, बेइमानी र पियक्कडजस्ता विषयमा बाइबलको स्तरलाई ठाडै तिरस्कार गर्छन्‌।—१ कोरिन्थी ६:९, १०.

किन यस्तो भएको? २० औं शताब्दीको सुरुतिर पुरातत्त्वविद्‌ सर चार्ल्स मार्स्टनले आफ्नो पुस्तकमा ( The Bible Is True) एउटा कारण उल्लेख गरे। तिनको भनाइअनुसार बाइबलको विश्‍वसनीयतामा आक्रमण गर्ने “आधुनिक समयका लेखकहरूको विचारधारालाई” मानिसहरू तुरुन्तै “असहमतिबिना नै स्वीकारिहाल्छन्‌।” के अहिले पनि त्यस्तै भइरहेको छ? बाइबलमाथिको भरोसालाई भित्रभित्रै कमजोर पार्ने विद्वानहरूको विचारधारा र सिद्धान्तप्रति तपाईंले कस्तो दृष्टिकोण राख्नुपर्छ? अर्को लेखले के भन्छ, कृपया हेर्नुहोस्‌। ( w10-E 03/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने