प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ४/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ४/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

मानवजातिको भविष्य कस्तो छ?

अर्कै जातिको एउटी वृद्ध स्त्रीको ख्याल राख्दै गरेको परिवार

एकअर्काको चासो राख्ने मानवसमाज निर्माण गर्न येशूको मृत्युले कसरी सम्भव तुल्याएको छ?

मानिसहरूले दिनप्रतिदिन वैज्ञानिक प्रगति गर्दै जानेछन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर के तिनीहरूले एक आपसमा गहिरो चासो राख्ने मानवसमाजको निर्माण गर्न सक्नेछन्‌ त? छैनन्‌। यो संसार लोभ र स्वार्थमा चुर्लुम्म डुबेको छ। तर ईश्‍वरले मानिसहरूका लागि एउटा राम्रो उद्देश्‍य राख्नु भएको छ।—२ पत्रुस ३:१३ पढ्‌नुहोस्‌।

भविष्यमा विश्‍वभरिका मानिसहरूले एकअर्कालाई साँच्चै माया गर्ने समय आउनेछ भनेर ईश्‍वरको वचनमा उल्लेख गरिएको छ।मानिसहरू कुनै डरत्रासमा बाँच्नुपर्ने छैन, तिनीहरू पूर्ण रूपमा सुरक्षित हुनेछन्‌। साथै तिनीहरूलाई कसैले हानिनोक्सानी पुऱ्‍याउने छैन।—मीका ४:३, ४ पढ्‌नुहोस्‌।

स्वार्थी झुकावको अन्त कसरी गरिनेछ?

सुरुमा मानिसलाई सृष्टि गरिंदा तिनीहरूमा कुनै पनि स्वार्थी झुकाव थिएन। तर पहिलो मानव अनाज्ञाकारी भएकोले तिनले त्रुटिरहित जीवन गुमाउनु पऱ्‍यो। त्यसैले हामीमा पनि स्वार्थी झुकाव वंशानुगत रूपमा सऱ्‍यो। तर ईश्‍वरले येशूमार्फत मानिसहरूलाई फेरि त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ।—रोमी ७:२१, २४, २५ पढ्‌नुहोस्‌।

ईश्‍वरको इच्छा अनुसारै येशूले फिरौतीको बलिदान दिनुभएर प्रथम मानिसको अनाज्ञाकारीताले ल्याएका असरहरूलाई अन्त गरिदिनुभएको छ। (रोमी ५:१९) यसरी येशूले मानिसजातिका लागि सुन्दर भविष्य सम्भव तुल्याइदिनुभयो। भविष्यमा यो सुन्दर पृथ्वीमा खराब काम गर्ने र स्वार्थी झुकाव भएका कोही पनि मानिस हुनेछैन।—भजन ३७:९-११ पढ्‌नुहोस्‌।

थप जानकारीका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय ५ हेर्नुहोस्‌

www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने