प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 जनवरी p. १
  • यहोवाको सेवामा व्यस्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको सेवामा व्यस्त
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • राज्य सेवाको धन बढाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • तपाईंको सेवकाई विस्तार गर्ने तरिकाहरू
    हाम्रो राज्य सेवकाई—१९९९
  • अग्रगामी सेवा—तपाईंको लागि?
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 जनवरी p. १

यहोवाको सेवामा व्यस्त

१ यहोवाको सेवागर्न पाउन हामी वास्तवमा नै विशेषाधिकारप्राप्त व्यक्‍तिहरु हौं। उहाँबारे अनि उहाँको एकमात्र-जन्मेका पुत्र, येशूबारे सही ज्ञान पाएको हुनाले, प्रेमले हामीलाई उहाँको इच्छा गर्नको लागि आफूलाई पूर्णतया उपयोग गर्न भनिकन डोऱ्‍याउँछ। (यूहन्‍ना. १७:३) हामी थाकौंला, तर यहोवाले हामीलाई शक्‍ति दिनु हुनेछ जसबाट हामी पूर्णशक्‍तिमा प्रचुर हुन सक्नेछौं।—यशै. ४०:२९.

२ हामी प्रति यहोवा र येशू ख्रीष्टले व्यक्‍त गर्नुभएका महान प्रेमको निम्ति मूल्याङ्‌कन सबैभन्दा उत्तम रीतिमा हामीले कसरी देखाउन सक्छौं? (२ कोरि. ५:१४, १५) एउटा मूख्य तरिका हुनेथ्यो येशूको अनुकरण गरेर, जसले आफ्नो पिताको नाउँ र राज्यबारे अथक साक्षी दिनुभयो। (१ पत्रु. २:२१) यदि हामीमा बलियो विश्‍वास छ भने, हाम्रा जीवन सुसमाचार प्रचारगर्ने परमेश्‍वर-प्रदत्त कार्य वरिपरि घुमेको हुनेछ।—मत्ती २४:१४.

३ क्षेत्र सेवकाइमा हामीले लगाउनै पर्ने समयको कुनै अल्पतम अवधि छ होला? परिस्थिति बेग्लाबेग्लै हुन्छन्‌। बढ्‌दो उमेर, बिग्रेको स्वास्थ्य, वा पारिवारिक दायित्वहरुले गर्दा हामीहरुको सीमा बाँधिएको हुन सक्छ। तरैपनि, हामी सबैलाई यहोवाको सेवामा पूर्णहृदयको हुन भनि माग गरिन्छ। यसको अर्थ यो कि सेवकाइमा यथाशक्य गरेर हामीले आफ्नो भक्‍तिको गहिराइ र आफ्नो समर्पणको निष्कपटताको व्यक्‍तिगत प्रदर्शन गर्नुपर्छ। (२ तिमो. २:१५) हाम्रा व्यक्‍तिगत स्थितिअनुसार हामी प्रत्येकको निम्ति अवसरहरु खूला छन्‌। यी मध्ये कतिपय के के हुन्‌?

४ हाम्रो सेवकाइलाई विस्तृतगर्ने कायदाहरु: अव्वल ता हामीलाई आफ्नो सेवकाइको गुणस्तरमा तरक्की ल्याउने चासो हुनुपर्छ। यसलाई सम्पन्‍न गर्नको लागि एउटा शिक्षकको रुपमा हामीले आफ्नो कौशलमा अझ बढ्‌ता उन्‍नति ल्याउनु पर्छ। ईश्‍वरशासित सेवकाइ पाठशालाको एउटा मुख्य उद्देश्‍य क्षेत्र सेवकाइमा हामीलाई अझ बढ्‌ता असरदायक हुनको लागि मदत दिनु हो। हामीले पाठ तयारी गर्दा के हामीले क्षेत्र सेवालाई ध्यानमा राखेर विचार गर्ने गर्छौं कि? पाएको सल्लाहलाई प्रयोगमा लगाएर के हामीले आफ्नो व्यक्‍तिगत सेवकाइमा उन्‍नति ल्याउन खोज्छौं कि? (sg pp. 96-9) यसै अनुरुप, सेवाको सभामा पनि क्षेत्र सेवकाइको निम्ति धेरै सुझावहरु दिने गरिन्छन्‌। यिनीहरुलाई यथासंभव चाँडोभन्दा चाँडो चलाउने गरौं।

५ यस पछि, सहायक वा नियमित अग्रगामी काममा भाग लिनको लागि आफ्नो परिस्थितिमा छाँटकाँट गर्ने संभावनामाथि विचार गर्नुहोस्‌। यसो गर्नाले वास्तवमा हाम्रा पिता, यहोवाको सेवामा तपाईं व्यस्त हुनुहुने छ। (१ कोरि. १५:५८) तर यदि तपाईं अग्रगामी हुन सक्नुभएन भने नि? सेवकाइको निम्ति सकली प्रेमको खेती गरेर अनि क्षेत्रमा भएका मानिसहरुप्रति गहिरो फिक्री राखेर तपाईंले अग्रगामीको आत्मा देखाउन सक्नु हुन्छ। साथै इमानदार जनहरुलाई यहोवाबारे र उहाँका उदेकलाग्दो कामहरु बारे थाहा दिनको लागि पूनःभेट द्वारा र गृह बाइबल अध्ययन सञ्चालन गरेर तपाईंले प्रत्येक उपयुक्‍त अवसरको प्रयोगगर्न सक्नुहुन्छ।

६ खाँचो परेको ठाँऊमा सेवागर्नको निम्ति पाएको आव्हानलाई मान्‍न पनि हाम्रा अग्रगमनको अंश हुन सक्छ। (यशै. ६:८) दास गणमा मदतको खाँचो परेको वा त्यसको क्षेत्रलाई ढाक्नको लागि सहायता खोजिरहेका मण्डलीहरुमा सरुवा भएका ती सबै जनहरुले धेरै आशिषहरुको कटनी गरेका छन्‌।

७ पहिलो पटक जब हामीले सत्य सिक्यौं, यहोवा अनि ख्रीष्टको प्रेमले हामीलाई आफ्नो जीवनमा ठूलो छाँटकाँट गर्न डोरायो। अब, जसै हाम्रा स्वर्गीय पिता र उहाँको छोरोले हाम्रो निमित्त गर्नुभएका कुरोहरुको लागि हाम्रो मूल्याङ्‌कनमा बढ्‌दै जान्छ, हाम्रो सेवकाइलाई विस्तीर्ण पार्नको लागि हामीले छाँटकाट गर्न सक्ने अरु केही छ कि? हामी सबैले नै आफूलाई यहोवाको सेवामा व्यस्त राखेर आफूलाई पूर्णतया प्रयोग गरी रहौं।—रो. १२:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने