प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 फेब्रुअरी p. ४
  • घरपट्टीहरुलाई सुन्‍न कर लगाउनको निम्ति परिचयहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घरपट्टीहरुलाई सुन्‍न कर लगाउनको निम्ति परिचयहरु
  • हाम्रो राज्य सेवकाई—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—परिचयको भाग तयारी गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्ने
    हाम्रो राज्य सेवकाई—१९९५
  • पत्रिका प्रस्तुत गर्न कसरी तयारी गर्ने
    हाम्रो राज्य सेवकाई—२००६
  • भेटलाई हाम्रो प्रस्तुतीकरणसित जोडने
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९२
km92 फेब्रुअरी p. ४

घरपट्टीहरुलाई सुन्‍न कर लगाउनको निम्ति परिचयहरु

१ तपाईंको घर-घर प्रस्तुतीकरणमा सबैभन्दा महत्त्वपूर्ण भाग के चाहिं होला? हामीमध्ये धेरै जना यो कुरोमा सहमत हुनेछौं कि त्यो चाहिं परिचय दिने कार्य हो। यदि यस्तै प्रथम ३० सेकेण्ड भित्रैमा तपाईंले घरपट्टीको चासो जगाउन सक्नुभएन भने, संभवत: तिनले वार्तालापलाई बन्द गर्नेछन्‌।

२ एउटा असरदायक परिचयको तयारी गर्दा तपाईंलाई कुनकुन कुराहरुमाथि विचार गर्नुपर्नेछ? तपाईंले भेट्‌ने संभावनाभएका मानिसहरुको प्रथा र खाँचोहरुको विश्‍लेषण गर्नुहोस्‌। के कूशलक्षेमको आदानप्रदान गर्नु त्यहाँको दस्तुर हो, किंवा उद्देश्‍यमा झट्टै पुग्न भनि तपाईंबाट आशा गरिन्छ? के तपाईंको इलाकामा धेरै जवान दम्पतीहरु छन्‌? तिनीहरुका चिन्ताहरु के के हुन्‌? के तपाईंको छिमेकमा भएका मानिसहरु प्राय: मानवजातिले सामना गर्नुपर्ने सर्वसाधारण समस्याहरुप्रति संवेदनशील छन्‌?

निम्न प्रकार जस्ता कुरो भनेर तपाईंले तिनीहरुलाई सुन्‍न कर लगाउनु सक्नुहुन्छ:

▪ “नमस्कार, मेरो नाउँ ———— हो। जब म मानिसहरु भोकले पीडित भएको र युद्धहरुमा मरेको सुन्छु तब मलाई निकै पिर लाग्छ। यी कुरोहरु सुनेर के तपाईंलाई पनि पिर लागेर आउँछ?” वार्तालाप थाल्नको लागि मदत पुऱ्‍याउन सक्ने अन्य अरु प्रश्‍नहरु यसप्रकार छन्‌: “विश्‍वमाभएका समस्याहरुको समाधान के होला? तपाईंको विचारमा आज भएका समस्याहरुलाई पृथ्वीबाट हटाउन कसैले सक्छ होला?” “यसो कल्पना गर्नुहोस्‌ न यदि यशैया ९:६, ७ मा दिएका यस्ता योग्यताहरु कुनै शासकमा भई दिएको भए? [पढ्‌नुहोस्‌ र शास्त्रपदमाथि टिप्पणी गर्नुहोस्‌।]”

३ कुनै कुनै इलाकाहरुमा, विश्‍व शान्ति जस्ता विश्‍व मामिलाहरुका कुरोहरूभन्दा पनि मानिसहरु आफ्नो घर अनि परिवारबारे धेरै चिन्ता देखाउँन सक्छन्‌।

यस्ता कुरोहरु तपाईंले सोध्नुभए पनि चासो जागने संभावना हुनसक्छ:

◼ दश वर्षभित्रमा तपाईंले आफ्नो र तपाईंको परिवारको निम्ति कस्तो प्रकारको जीवन थाहा लगाउन सक्नुहुन्छ? भविष्यबारे बाइबलको दृष्टिकोण अति प्रोतसाहजनक छ किनकि यसले एउटा शासकको आगम बारे बताउँछ जस्ले ठीक स्तर अनुसार शासन चलाउने छ। यशैया ९:६, ७ ले उहाँबारे के भन्दछ भन्‍ने कुरोमाथि यसो ध्यान दिनुहोस्‌ न।”

४ के तपाईं त्यो क्षेत्रमा बस्नुहुन्छ जहाँ दिनदिनको विषयनै अपराध अनि सुरक्षा हुनेगर्छ? यदि तपाईंले रीʹजनीङ्‌ पुस्तकको पृष्ठ १० मा भएको “क्राइम्‌/सेफʹटि” अन्तत पहिलो परिचय चलाउनु भयोभने कसैकसैले कान थाप्न सक्छन्‌।

तपाईं यसो भन्‍नु सक्नुहुन्छ:

◼ “तपाईं कस्तो हुनुहुन्छ। व्यक्‍तिगत सुरक्षाको विषयबारे हामी मानिसहरुसँग कुरो गर्दैछौं। हाम्रा वरिपरि धेरै अपराध छ, र यस्ले हाम्रो जीवनलाई प्रभाव पारेको हुन्छ।” तत्पश्‍चात “यस्को समाधान के होला?” किंवा “के यी समस्याहरु बाट पृथ्वीलाई छुट्‌कारा कसैले दिन सक्छ होला?” किंवा “यस्ता गुणहरु कुनै शासक मा हुँदो हो ता?” जस्ता प्रश्‍नहरुले वार्तालाप थाल्न मदत दिनसक्छ। तत्पश्‍चात यशैयाह ९:६, ७ लाई तपाईं पढ्‌न सक्नुहुन्छ।

५ स्कूलजाने उमेरभएका जवान मानिसहरु लगायत, हामी सबैले, यी सरल एउटा-शास्त्रपदिय प्रस्तुतीकरण चलाउन सक्नेछौं। र वास्तवमा, पत्रिका टक्राउनुहुँदा तपाईंलाई पनि एउटा चलाउने इच्छा हुनसक्छ। स्मरण रहोस, हाम्रो लक्ष्य चाहिं पत्रिका टक्राउनुभन्दा अगावै घरपट्टीको चासो जगाउनु हो। हाम्रा सुन्‍नेहरुमा सकली चासो जगाउनको लागि यस्ता शास्त्रीय प्रस्तुतीकरण एउटा असल काइदा हुन्‌ भनेर तपाईं को पनि सहमति छ होला, होइन र? हामी निश्‍चित छौं कि फेब्रुअरी अनि मार्चमा पत्रिकाहरु टक्य्राउनुहुदाँ र महिनाको लागि नियमित भेट प्रस्तुतगर्ने काम दुवै मा, यी प्रस्तुतीहरुलाई चलाउन पाएकोमा धेरै जना आनन्दित हुनेछन्‌।

६ तपाईंको व्यवहार अनि तपाईंको परिचय दुवैद्वारा, यदि तपाईंले आफ्नो भेटको प्रथम ३० सेकेण्डको असरदायक प्रयोग गर्नुभयो भने संभवत: तपाईंले घरपट्टीलाई सुन्‍न कर लगाउने महत्त्वपूर्ण लक्ष्य हासिल गर्नुहुने छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने