प्रस्तुतीहरु जसले प्रत्युत्तर पाउँछन्
१ प्रस्तुतीहरु जसले प्रत्युत्तर पाउँछन् ती हुन् जसले घरपट्टिलाई स्पष्ट गरि देखाउँछ कसरी त्यो विषयसँग तिनको सरोकार छ, कि त यो तिनलाई चाहिएकै थोक हो किवा यसलाई तिनले चलाउँन सक्छन्। आफ्नो वार्तालाप भरि, घरपट्टिलाई “यसमा म मुछिएको छु” भन्ने बुझेर स्वीकार गर्नको लागि मदत् दिनु होस्। कुनै प्रस्तुतीलाई तयार गर्दा, हामीले आफैलाई सोध्नु पर्छ: ‘मेरो इलाकामा बस्ने मानिसहरुको लागि सबै भन्दा ठूलो चिन्ताको विषय के हो? तिनीहरुको खाँचो के के हुन्? तिनीहरुका खाँचोहरुबारे यहोवालाई थाहा छ भनेर देखाउँनका लागि यो समाचारलाई कुन तरिकामा प्रस्तुत गरे बेस होला?’ आज मानिसको लागि गहन चासोको कुरोहरु मध्ये केही निम्न सूचीबद्ध गरिएका छन्। के तपाईंले यी मध्ये एक वा झन्डाझन्डै यस्तै केही आफ्नो प्रस्तुतीमा चलाउँन सक्नु हुन्छ? ध्यान दिनु होला यङ पिपल आस्क् पुस्तकमा उल्लेखित केही बुँदाहरुलाई यीसँग कसरी बाँध्न सकिन्छ।
२ सुखको अभावबारे चिन्ता: “हाम्रो समाजमा रहेको जीवनको गुणस्तरबारे वास्तविक चिन्ता हुने मानिसहरुसँग हामीहरु कुराकानी गर्दैछौं। हुनः त मानिसकहाँ भौतिक आवश्यकताको लागि साधनहरु हुन सक्छ, धेरै जना आफ्नो जीवनमा पाएका कुरोहरुबाट वास्तवमा खुसी छैनन्। आणविक युद्धको संभावना र मूद्रा स्फीतिले गर्दा सबैको भविष्य अन्धकारमय देखिन्छ। एउटा सुखमय भविष्यको निमित्त के हामी मानिसमाथि भर पर्न सक्छौं? जसै हामी यर्मिया १०:२३ पढनेछौं, ध्यान दिनुहोला मानिस सफल हुने योग्यको छैन भन्ने विषयमा बाइबलले के भन्दछ। (पढी दिनु होला।) भविष्यबारे परमेश्वरले के भन्नु हुन्छ बुझेमा यसले तपाईंलाई खुसी ल्याउँनेछ। उहाँले गर्नु भएका प्रतिज्ञाहरु मध्ये एउटा माथि ध्यान दिनु होला।” प्रकाशको पुस्तक २१:३, ४ पढी दिनु होला र तत्पश्चात यङ पिपल आस्क् पुस्तकको पृष्ठ ३०७–को अनुच्छेद २ पढी दिनु होस्।
३ भविष्यबारे चिन्ता: “आफ्ना छिमेकीहरुसँग भविष्यबारे एउटा सकारात्मक दृष्टि बाँड्ने प्रयत्न हामी गरिरहेका छौं। तपाईंको विचारमा कुन कुरोले बाटो रोकिरहेको छ होला? जसै हामी यर्मिया १०:२३ पढ्ने छौं ध्यान दिनु होला एउटा बाधाको रुपमा बाइबलले कुन थोकलाई सङ्केत गर्दछ। (पढी दिनु होला।) अर्को पदले देखाउँछ कि सुखमय भविष्यको लागि मानिसलाई उसको सृष्टिकर्ताले डोहोऱ्याउँनु आवश्यक छ।” पद २४ पढी दिनु होला।
४ राम्रो सुस्वास्थ्य कायम राख्नेबारे चिन्ता: “हाम्रो छिमेकमा भएका धेरै जना राम्रो सुस्वास्थ्य कायम राख्ने विषय प्रति संवेदनशील छन्। पूर्वोपायको रुपमा धेरै पाइलाहरु चाले तापनि, हामीलाई रोग त लागि नै हाल्छ। के तपाईं यस्तो संसारमा जीउन इच्छुक हुनुहुन्छ जस्मा हामी सबैले उत्तम सुस्वास्थ्य तथा प्राणशक्तिको आनन्द उठाउँन सक्छौं? यो अविश्वासनीय लागे तापनि, बाइबलको प्रकाशको पुस्तकले यस्तै समयबारे बताउँछ साथै यो पनि बताउँछ कि यो अब नजिकको भविष्यमा हुनेछ। (प्रकाश २१:३, ४ पढी दिनु होला।) यस्ता सुखमय अवस्थालाई अनुभव गर्नका लागि हाम्रो भागमा के को खाँचो पर्छ होला?” तत्पश्चात तपाईंले यङ पिपल आस्क् पुस्तकको पृष्ठ ३०८–को अनुच्छेद २ पढ्न सक्नु हुन्छ यो देखाउँदै कि परमेश्वरबाट अनन्त जीवन पाउँनको लागि विश्वास कसरी अत्यावश्यक छ।
५ प्रदूषण तथा पर्यावरणबारे चिन्ता: “आफ्नो छिमेकीहरुसँग कुराकानी गर्दा, हामीले पाएका छौं कि कतिपय त हाम्रा वायु, पानी, तथा भोजन कसरी प्रदूषित भइरहेछ विषयबारे चिन्तित छन्। तपाईंको विचारमा सरकारहरुले यसको अन्त कहिल्यै गर्न सक्लान्? [टिप्पणी दिनको लागि समय दिनुहोस्।] पृथ्वीका नष्टकारीहरुलाई के हुनेछ विषयबारे बाइबलले भनेको कुरो माथि ध्यान दिनु प्रोत्साजनक हुनेछ।” प्रकाशको पुस्तक ११:१८ख पढी दिनु होला। यस बाहेक भजनसघ्र्ह ३७:१०, ११ अथवा यशैया ६५:२१, २२–मा सङ्केत गरे अनुसार, परमेश्वरको उद्देश्य पृथ्वीका नष्टकारीहरुलाई हटाउनु मात्र नभएर, नम्रहरुले पृथ्वीलाई एउटा प्रमोदवन बनाउन् भन्ने उद्देश्य पनि रहेको छ भनेर सङ्केत गर्नु होस्।
६ धार्मिक झुकाउ भएका मानिसहरुको लागि: “हाम्रा छिमेकीहरुलाई हामीले एउटा प्रश्न सोध्दैछौं: “तपाईंको विचारमा जुनै रीतिमा एउटा व्यक्ति विशेषलाई परमेश्वरको उपासना गर्नु उत्तम लाग्छ त्यै रीति अनुसार उहाँको उपासना गरेको के परमेश्वर चाहनु हुन्छ? (टिप्पणी दिनको लागि समय दिनु होस्।) यर्मिया १०:२३–मा बाइबलले भनेको कुरो माथि ध्यान दिनु होला।”
७ जसै तपाईंले आफ्नो सुन्नेहरुको हृदयमा पुग्नको लागि तत्परता साथ प्रयास गर्नु हुनेछ, सत्य अनि धार्मिकताका निमित्त भोकाएकाहरुले प्रत्युत्तर दिनेछन्।—मत्ती ५:३, ६.