साँचो आनन्दको कुञ्जी
१ लूका ११:२८ मा लिपिबद्ध येशूका शब्दहरू हाम्रो निम्ति सुसमाचार हो किनकि उहाँले साँचो आनन्द कसरी प्राप्त गर्ने भन्ने विषयमा बताउनुभएको छ। उहाँले यसो भन्नुभयो: “तिनीहरू पो धन्य हुन्, जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्।” पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ र मेकिङ योर फ्यामिली लाइफ ह्याप्पि (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) (नेपालीमा उपलब्ध छैन) पुस्तकहरूले धेरैलाई निकै आनन्दित हुन सहयोग पुऱ्याएको छ। त्यसकारण यी पुस्तकहरू अरूसमक्ष प्रस्तुत गर्ने असल कारणहरू हामीसित छन्।
२ बढ्दो अपराध र हिंसाले गर्दा धेरै मानिसहरू चिन्तित छन्, त्यसकारण यसले केही चासो जगाउनसक्छ होला:
▪“तपाईंको विचारमा हामीलाई चाहिने अत्यावश्यक कुरा के हो? [जवाफ दिने मौका दिनुहोस्।] शान्त जीवन यापन गर्न हामीलाई सुरक्षा चाहिन्छ भनेर विश्वस्त हुने मानिसहरू निकै छन्।” सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको पृष्ठ १४ पल्टाउनुहोस् र अनुच्छेद १६ को पहिलो वाक्य पढ्नुहोस्। त्यसपछि यसो भन्दै कुरा जारी राख्नुहोस्: “जे होस्, परमेश्वरले दुष्टतालाई नाश गरेर पृथ्वीमाथि शासन गर्ने र विश्वभरि शान्ति कायम गर्ने प्रतिज्ञा गर्नुभएको छ। यो विनाशकारी परिवर्तनबाट जोगिन हामीलाई साँचो ज्ञान चाहिन्छ। तर के को ज्ञान?” बाइबल वा त्यस पुस्तकको अर्को पृष्ठमा अनुच्छेद १९ बाट यूहन्ना १७:३ पढ्नुहोस् र परमेश्वरको ज्ञानले अनन्त जीवनतर्फ कसरी डोऱ्याउँछ, व्याख्या गर्नुहोस्। पुस्तक प्रस्तुत गर्नुहोस्। अनि परमेश्वरले मानवजातिका सम्पूर्ण आवश्यकताहरू सन्तुष्ट पार्ने आफ्नो उद्देश्यलाई पूरा गर्नुहुने विषयमा यस पुस्तकले दिने अद्भुत जानकारी फेरि आएर देखाउँछु भन्नुहोस्।
३ संसारमा विद्यमान निराशाजनक परिस्थितिले गर्दा धेरै मानिसहरू चिन्तित छन्, त्यसकारण यसो भने कसो होला:
▪“मैले भेटेजति सबै मानिसहरू भविष्यप्रति चिन्तित देखिन्छन्। हामी शान्तिको नयाँ युगको सँघारमा छौं भनेर केही नेताहरूले महसुस गरेका छन्। यस विषयमा तपाईंको के विचार छ? [जवाफ दिने मौका दिनुहोस्।] मानिसहरूले गरेको सम्पूर्ण प्रयासको बावजूद विश्वभरि नै निराशाजनक परिस्थिति धमाधम बढ्दैछ। यी समस्याहरूको एक मात्र चिरकालीन समाधान बाइबलले बताउँछ। [२ पत्रु ३:१३ पढ्नुहोस्। त्यसपछि पृष्ठ १५६ देखि १६२ सम्मका चित्रहरू देखाउनुहोस् र परमेश्वरको स्वर्गीय राज्यले यस पृथ्वीमा चिरकालीन शान्ति र सुरक्षा कसरी ल्याउनेछ व्याख्या गर्नुहोस्।] परमेश्वरको राज्य शासनअन्तर्गत अनन्त जीवनको आनन्द उठाउने मानिसहरूको यस नयाँ समाजमा तपाईं पनि कसरी सामेल हुनसक्नुहुन्छ, त्यो बुझ्ने मदत यो प्रकाशनले दिनेछ।”
४ अत्यन्त व्यस्त मानिस भेट्नुहुँदा छोटकरीमा बताउनु पऱ्यो भने, तपाईं यस्तै केही भन्न सक्नुहुन्छ:
▪“तपाईंसित समय नभएकोले म तपाईंलाई यो पर्चा [वा पत्रिका] दिन चाहन्छु। यसको शीर्षक यस्तो छ [उपयुक्त पर्चा वा लेख छान्नुहोस्]। म तपाईंलाई यो राखेर पढ्नुहोस् भन्ने आग्रह गर्छु। अनि अर्को पटक तपाईंकहाँ आउँदा यस विषयमा तपाईंको विचार बताउनु होला।”
५ “मेकिङ योर फ्यामिली लाइफ ह्याप्पि” (तपाईंको पारिवारिक जीवन सुखी बनाउने) पुस्तक प्रयोग गरिरहनुभएको छ भने, तपाईं यस्तै केही भन्न सक्नुहुन्छ:
▪“पहिलेका पुस्ताहरूले थाह नपाएका चुनौतीहरू आधुनिक परिवारहरूले भोगिरहेका छन् भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्।] तपाईंको विचारमा यसो किन भइरहेको होला? [जवाफ स्वीकार्नुहोस्। दोस्रो तिमोथी ३:१-३ पल्टाउनुहोस् र पढ्नुहोस्।] ‘आमाबाबुको आज्ञा नमान्ने’ र ‘स्वाभाविक प्रेम रहितका’ भन्ने यी वाक्यांशहरूले हाम्रो समयबारे निकै कुरा सही ढंगमा वर्णन गर्छ। तथापि, यी समस्याहरूको अग्रिमवाणी गर्ने परमेश्वरले नै परिवारलाई घनिष्ठ बनाउने निर्देशन पनि दिनुभएको छ।” पृष्ठ २ को “प्रकाशक” भन्ने अंशबाट अनुच्छेद पढ्नुहोस्। चन्दास्वरूप रु. १५ मा पुस्तक दिनुहोस् (यस पुस्तकको तेलगु संस्करण विशेष दरमा प्रस्तुत गर्न सकिन्छ)।
६ फेब्रुअरी महिनामा यी प्रकाशनहरूमध्ये एउटा वा दुवै प्रस्तुत गरेर बाइबलमा पाइने साँचो आनन्दको कुञ्जीबारे दिइएको असल सल्लाह सिक्ने मौका अरू मानिसहरूलाई पनि देऔं।—भज. ११९:१०५.