प्रश्न पेटी
▪ के मण्डलीले हाम्रो राज्य सेवकाइ–का अङ्कहरुको लागि फाइल राखे हुन्छ?
सन् १९७२ मे महिनाको हाम्रो राज्य सेवकाइ–को अङ्कमा, यो कुरोलाई सुस्पष्ट देखाइएको थियो कि जानकारी लिने उद्देश्यको निमित्त राज्य सभाको पुस्तकालयमा हाम्रो राज्य सेवकाइ–का मासिक संस्करणहरुको लागि फाइल राख्ने कार्य अनुमति योग्य छ। यसर्थ प्राचीनहरु तथा प्रकाशकगणको प्रयोगका लागि यसप्रकारको फाइल प्रत्येक राज्य सभामा राखेर यसमा थप्ने कार्य जारी राख्नु अझसम्म पनि उचित नै छ।
यसप्रकारको फाइल उपलब्घ भएको खण्डमा, विगत समयमा क्षेत्र सेवाका लागि दिएका प्रस्तुतीहरु, बाइबल अध्ययन कसरी सञ्चालन गर्ने, पुनः भेटहरु कसरी गर्ने तथा यस्तैयस्तै सामग्रीलाई प्रकाशकहरुले जाँच गर्न सक्छन्। सेवकाइको लागि चलाउँन सकिने राम्रा राम्रा विचार त्यसमा पाइन्छन्। समय समयमा, वर्तमान हाम्रो राज्य सेवकाइ–का अङ्कहरुले कुनै समयमा प्रकाशित भएका अङ्कहरुलाई उल्लेख गर्दछ जुन समयमा मण्डलीसँग कतिपय भाइहरुको सम्पर्क भएकै थिएन। फाइल बनाइएको छ भने यसबाट नौलो जनहरुले पनि लाभ उठाउँन सक्ने छन्। प्रतिहरुलाई सिनित्त राख्नका लागि उपयुक्त फोल्डर चलाउँनु होला।
यसलाई चल्ती बनाउनको लागि प्राचीनहरुले किता ईश्वरीय सेवकाइ पाठशालाका ओभरसियरलाई अथवा सुयोग्य सेवकाइ दासलाई खटाउँने छन् जसले प्रत्येक महिना यो फाइलमा अरु अङ्कहरु थप्दै जानेछन्। जबकि हाम्रो राज्य सेवकाइ–मा प्रस्तुत गरिएका जानकारीहरु कडा आज्ञा सरह नभएर, सुझावहरुको रुपमा टक्राइन्छ, तैपनि जानकारी प्राप्त गर्नको लागि विषय सामग्रीको यो एउटा असल स्रोत हो जुन प्रत्येक राज्य सभाको पुस्तकालयको एउटा भाग हुनु पर्छ। तथापि, हाम्रो राज्य सेवकाइ–का पुरानो अङ्कहरुलाई ब्रुक्लिन्बाट मगाइ पठाउँनु मिल्दैन।